Latest Post

लाखौ खर्च गरेर पनी संस्कार भन्ने कुरा किन्न पाइदैन,यो त घर परीवार बाटै सिक्ने कुरा हो।





तिन जना महीला घास काट्दै थिए!
तेही बेला एक जाना महीलाको छोरा तेही बाटो बाट जान्छ,त्यसको आमाले भन्नुहुन्छ----"त्यो मेरो छोरा हो,Boarding school मा पढ्छ!
एकछीन पछी दोस्रो महीलाको छोरा तेही बाटो बाट आमालाई हेर्दै जान्छ,त्यसको आमाले भन्नुहुन्छ----"त्यो मेरो छोरा हो,BBA पढ्छ!
एकछीनमा तेस्रो महीलाको छोरा पनी तेही बाटो आउछ,उस्ले आफ्नी आमालाई देखेपछी तेही नजीक आउछ...घास भरीएको डोको नाम्लोले बाधेर आफ्नो शिर माथी राख्छ,आमाको हातको हसीयाँ समाउदै भन्छ"हिड्नुस आमा घर जाउ"
ति महीलाले गर्वका साथ भन्छीन्"यो मेरो छोरा हो,सरकारी स्कुलमा पढ्छ"त्यो आमाको खुसी भरीएको मुस्कान देखेर अरु दुई जाना महीलाको शिर निहुरीन्छ।
Moral:लाखौ खर्च गरेर पनी संस्कार भन्ने कुरा किन्न पाइदैन,यो त घर परीवार बाटै सिक्ने कुरा हो।


पार्बति परियार द्वारा अमेरिका बाट पुर्कोटदहका ४ नानी,६१ दिनकी बालिका एवं बाबालाई न्यानो कपडा

२१पौष२०७३,पुर्कोटदह,गुल्मी ।

गुल्मी जिल्ला पुर्कोटदह गाबिस वडा नं.१ जुम्लिचौर निवासी दुर्गाप्रसाद भुसाल कि श्रीमती दुर्गाकुमारी भुसाल को ३ मङ्सिर २०७३ मा भएको निधन पछि मृतकका छोराहरु नभएकोले छोरीहरुले पहिलो पटक छोराहरुले गरिने भनिने  १३ दिनको काजकिरिया  सङ्गिता र रमिता भुसालले  गरि यो समाजमा छोराहरु बिना बाबुआमाको दिबङ्गत आत्माले शान्ति पाउदैन भन्ने अन्धबिश्वास लाई तोड्दै नयाँ कार्यको शुरूवात गरेकोले र यो परिवारको आर्थिक अबस्था कमजोर भएकोले उक्त नानिहरुलाई सहयोग र सम्मान को लागि चलाइएको आर्थिक संकलन अभियान अन्तरगत सामाजिक सञ्जाल फेसबूकको माध्यमबाट चिनजान गरी काठमाण्डौ सीतापाइला स्थायी घर भइ हाल अमेरिकामा कार्यरत पार्बती परियार र उहाँको परिवारबाट ४ जना नानीहरू, ६१ दिनकी बालिका र दाजु दुर्गाप्रसाद भुसालको लागि रु.१५०००।बराबरका लत्ताकपडा र एक बलाङ्केट पठाइ सहयोग गर्नु भएकोमा पार्बती परियार,मिना परियार र बहिनी सुजाता परियार सहित उहाँको सम्पुर्ण परिवारको मन अन्य  दिनदुखी  सम्म पुगिरहोस भन्दै उत्तरोत्तर प्रगतीको  कामना सहित हार्दिक आभारका शब्द सुमन  टक्राउछु ।

शुरुको अबस्थामा नै पार्बती परियारले नगद सहयोग स्वरुप रु.१००००। पठाइदिएको समेत जानकारी गराउन चाहन्छु ।

============================
      स्मरण रहोस,
यो आर्थिक संकलन अभियानलाई हामी बन्द गरिसकेको कुरा मैले मेरो फेसबूकको वाल मार्फत सम्पूर्णमा अनुरोध गरिरहेको हुँदा यस भन्दा अगाडि रकम सन्कलन गरि हाल सम्म पनि नानीहरूलाई उपलब्ध नगराइसक्नु भएका अभियान्ताहरुले सहयोगीको विवरण सहित यथाशीघ्र रकम जम्मा गरिदिनुहुन सबिनय अनुरोध गर्दछु । किनकी आज अभियान शुरु गरेको पनि ४५/४६ दिन पुगिसकेको छ र धेरै लामो समय सम्म यो अभियान चलाउनु राम्रो नहोला भन्ने सुझाव मेरा सहयात्री र अग्रज महानुभाब हरुले दिइरहनु भएको छ।
हजुरको जानकारीका लागि तपशिलको मोबाईल नम्बरमा सम्पर्क  गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
     
                बोमबहादुर कुवर
               मुख्य अभियानकर्ता
         मोबाईल नं.९८५७०६७२४३

शारिरिक रुपमा अपॉगता भएका साथै परिवार बिहिन बाल-बच्चा हरुको लागी सानो सहयोग गर्न पायकोमा  अतियन्तै खुसि छु !

शारिरिक रुपमा अपॉगता भएका साथै परिवार बिहिन बाल-बच्चा हरुको लागी आफ्नो सम्पूर्ण सम्पत्ति सकेर अनि रिण समेत खोजेर बिगत ५ बर्स देखी (घर अागन नेपाल)नामको संस्था संचालन गर्दै अाएका,सस्थाका अध्यक्ष दिपक सिलवाल भाई लाई आज सानो सहयोग गर्न पायेकोमा म अतियन्तै खुसि छु !!यो अभियानले (घर अागन नेपाल) को भवन निर्माण कार्यक्रम सुरुवात हुँदै छ र अाज सिलान्यास कार्यक्रम मा सहभागि हुन पाएँ, समाजसेवाको यस अभियानमा सहयोग गर्नुहुन सबैलाई अधुनुरोध गर्न चाहन्छु । Dipak silwal 9851036419 जती सकेको सहयोग गर्न अपिल गरछु !!
कलाकार कबिता रेग्मी (अनुभव को आमा)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.