Latest Post

जन्मदिनको खुशीमा पुरै दिन भरिको भोजनसेवा मानवसेवा आश्रममा।
रुपा,

मानवसेवा आश्रम भरतपुर-१० बाईपास रोड (आँखा अस्पताल नजिक)

भक्तपुर काठमाण्डौ निवासी परोपकारी भावनाका धनी आदरमणिय मधुवन लक्ष्मी कायस्थ ज्यूको ९१अौ जन्मदिन तथा भुमिका कायस्थ ज्यूको २३ अौ जन्मदिनको शु-अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुको लागि पुरै दिनभरिको भोजन सेवा वापत रु १५०००।-(पन्ध्र हजार) स-प्रेम सहयोग गर्नु भएको छ।
यस पवित्र कार्यको लागी मधुवन लक्ष्मी कायस्थ ज्यूको नाति भरतपुर-३ निवासी आदरणिय राजन खयरगोली ज्यू तथा पनाती आदरणिय मृनभराज खयरगोली ज्यूको उपस्तिथि रहेको थियो।
जन्मदिनको अवसर पारेर आश्रमको सेवा कार्यलाई थप सहज र सरल बनाउन तथा आफ्नो परिवारको खुशी मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुसँग रमाएर आश्रमको सहयोगी परिवारको भुमीका निर्वाह गर्नु हुने सम्पुर्ण उदार तथा परोपकारी मनहरुलाई आश्रम परिवारको तर्फबाट लाख-लाख धन्यबाद सहित आदरणिय मधुवन लक्ष्मी कायस्थ ज्यू तथा भुमिका कायस्थ ज्यूलाई जन्मदिनको लाख-लाख शुभ-भावना सहित सु-स्वास्थ्य,दिर्घायू तथा उत्तरोत्तर प्रगतिको प्रार्थना।।।
हजुरहरुको सदैव जय होस्।

प्रसंग केही दिन अधि मनाईयको ढाकाटोपी दिवसको
- दीपा सिंखडा

यहाँ ढाका टोपीमा सजिएर देशको स्वाधिनता बिक्री गर्नेहरु टन्नै छन् अनि साच्चै  ढाका टोपी को संरक्षण त ती गरिब गर्छन् जस्को थाप्लोमा दिनहुँ नाम्लो हुन्छ,आँफुले एक दिन लगायर बाँकी ३६४ दिन ढाका टोपी लाउने लाई पाखे को दर्जा दिने काम चाहिँ नगरौं।
हाम्रो सान, हाम्रो पहिचान सगरमाथाको प्रतीक ढाकाटोपी जिवनभर शिरमा राखेर हर दम बल पाखुरा को मेहनत ले नेपालको माटो मा नै परिवार पाल्न संघर्षरत सम्पुर्ण लाई मेरो सम्मान सहितको नमन।

सुरुको वाक्यमा "गरिब" भन्ने शब्द सबैलाई बुझाउन को लागि मात्रै प्रयोग गरियको हो , मेरो बुझाईमा त म हरेक ती ब्यक्ती हरुलाई धनी मान्छु, जो आफ्नो परिवार सँग छ, जो आफ्नै मातृभुमिमै छ,चाहे जुन सुकै काम गरेको किन नहोस। Feeling:MissYouNepal

YouTube कलाकार दीपा सिंखडाले बाबाको जन्मदिनमा लेखेका यी मिठा कुरा।

मन्दिरमा ती भगवान छन्, जसलाई हामीले बनायौ।
घरका आमाबुवा त ती भगवान हुन् जसले हामीलाइ बनाउनुभयो !! आमा बाबाको अर्थ:
आ- आँखा नचिम्लुन्जेल
मा- माया गर्ने
बा- बाचुन्जेल
बा- बाटो देखाउने ।
त्यसैले बुवा आमालाइ सधै खुशी राख्ननुहोस तपाइलाई चार धाम जाने आवश्यकता नै पर्दैन । Happy Birthday to My King ..My world..My Dad 🎁💞

www.missyounepal.com परिवारको तर्फ बाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना। साथै प्रतिभाकी धनी एवं असल संस्कार को अनुसरण गरेकी छोरी पाउनुभयकोमा हार्दिक बधाई।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.