Latest Post

कतार-नेपाल भिजुअल आर्ट कार्यक्रमको सन्दर्भमा आर्ट डाईरेक्टर डा.डिना बाङ्देल सँग जानकारी लिंदै।
- एनआरएनए कतार

कतार फाउन्डेसन अन्तर्गत दुई युनिभर्सिटि भर्जिनिया कमनवेल्थ र युनिभर्सिटि  कलेज लण्डनको आयोजना तथा गैरआवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतारको समन्बयमा नेपाल र कतारका ख्याती प्राप्त भिजुअल आर्टिस्ट सम्मिलित कतार-नेपाल भिजुअल आर्ट कार्यक्रम आयोजनाको पूर्वसन्ध्यामा आज यस कार्यक्रमका परिकल्पनाकार तथा उक्त युनिभर्सिटीका आर्ट डाइरेक्टर डा.डिना बाङ्देल सँग कार्यक्रम बारे जानकारी लिने क्रममा भर्जिनिया कमनवेल्थ युनिभर्सिटी परिसर।

छिट्टै नै सम्पुर्ण जानकारी पब्लिस्ट हुनेछ।

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका प्रतिनिधिहरु पनि "माघेसंक्रान्ति मेलामा स्वमसेवक"को रुपमा सेवा दिने।

नेपालको प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा लाग्ने माघेसंक्रान्ति मेलामा नेपालका बिभिन्न क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनहरु आउने हुँदा उहाँहरुको सेवा सुविधाको लागि नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा संग सहकार्य गरेर चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालले पनि स्वमसेवकको रुपमा सेवा दिने भएको छ | सामाजिक कार्यमा सधै अग्रसर चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल यस पटक पनि सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसात गर्दै सस्थाका प्रतिनिधिहरु स्वमसेवक को रुपमा काम गर्ने हुनुभएको छ |
अध्यक्ष
मुक्तिप्रसाद अधिकारी
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

Teriya लाई जितायर नेपालको सान बढाऔं। भोट गर्ने तरिका हेर्नुहोस ।

भारतको टिभी च्यानल ColorsTV को चर्चित रियालिटी सो कार्यक्रम झलक दिखलाजा सिजन 9 को फाईनल मा पुगेकी नेपालकी छोरी Teriya Magar लाई बिजेता बनाउन सबै मिलेर लागौं।

देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपालि दाजुभाई तथा दिदिबहिनीहरु कृपया यो पोस्टलाई सक्दो सेयर गरिदिनुहोला ! भोटिङ लाइन १४ जनवरी २०१७ अर्थात  २०७३ पुष २७ गते राति १० वजेपछि खुल्नेछ !

भोट गर्ने तरिका: >> यदि इन्डियामा हुनुहुन्छ भने SMS बाट TER type गरि 56882 पठाउनुहोला वा संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.