Latest Post

किसानी भाई को खेति !!!
================
नाम को अघिल्तिर किसानी भाई को शिर्षक राखेका खेम पौडेल पर्बत बासी हुन् | पोखरा -१८  छिन्ने डाडा नजिक पुरानो भेड़ी फर्म स्थित  उहाको फर्म  करिब ६ रोपनी छेत्रफल मा रहेको छ | उहाको फर्म मा धेरै leafy vegetable  छ | गोलभेडा , धनिया , सलाद पत्ता, पालुंगो , चाइनिज साग( पाक चोय ), चाइनिज बन्दा , सेलेरी, पारसले साग आदि सिजन अनुसार उहाले लगाउदै आउनु भएको छ | नेपाल मा यसप्रकारको साग  लाइ प्रमुख बाली को रुपमा  भन्दा सायक बाली को रुपमा  लगाउने चलन बढी छ | ५ बर्ष को लागि जमिन लिज मा लिएर खेति गर्नु  भएको खेम जी को खेति  गर्ने सैली र उहाको सिकाई हेर्दा उहा सफल किसान हुनुहुन्छ | पोखरा क्षेत्र मा यस प्रकारको साग खपत हुन सक्ने सम्भावना बढी छ किनकि पर्यटन र होटल को संख्या को हिसाब ले | यी अलावा ओरिगानो , रोजमेरी , बेसिल , जेनिथ बन्दा पनि लगाउन सके राम्रो हुनेछ |
भबिस्य मा उहाको खेति अझ  विस्तार होस् , र सफलता मा अझ अघि बढ्न सक्नुस येही छ मेरो शुभकामना ||
- राजेन्द्र देवकोटा विज्ञ कृषि
फोटो शालिक बेलबासे र खेम पौडेल

अमेरिका निवासी सुजु गुरुङज्युले केहि सेवा गरौ भन्ने भावना अनुरुप बिपन्न दृष्टिबिहिन परिवारको घर निर्माणको लागि रु ३१,५८२ सहयोग पठाउनु भएको छ ।उहप्रती आभार व्यक्त गर्न चाहन्छौ  यसरि नै दिन पुगोस , अझै धेरै प्रगती होस उहालाई शुभकामना
अन्य सहयोगी मनहरु बाट पनि यस्तै सहयोगको अपेक्षा गरेका छौ।
- कुमार कट्टेल जिग्री

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

"सागर बोहोरा सहयोग तथा पुनर्उथ्थान अभियान" लाई साथ दियर कलाकारको स्वास्थ्य उपचारमा सहयोग पुर्याउनुहुन अनुरोध।
-नारायण कंडेल
नेपाली गित संगितमा एउटा परिपाटी बनेको छ कि श्रष्टा वा कलाकार उसका रचना बिक्ने बेला सम्म मात्र राम्रा मानिन्छ। नत कलाकार ले कलाकारीता अंगालेकै आधारमा जिवनभर सुखसंग खान लाउन पुग्छ न त जतिसुकै अब्बल कलाकार होस राज्य वा अन्य पक्षबाट उसको हितमा कुनै काम हुन्छ। धेरै त्यस्ता श्रष्टा तथा कलाकार हरु छन जसले नेपाली गितसंगितको ढुकुटि भरे तर आफु फगत रित्तो मरे, न सम्मान न श्रद्धाञ्जली पाए। यस्तै यस्तै घटानाक्रमले नेपाली सांगितिक आकाशका पुर्णचन्द्र हरु कोहि बिदेश पलाएन भए, कतिले पेशा नै परिबर्तन गरे,कति कलाकारहरुले बिरामी हुँदा उपचार खर्च पाएनन्, कति डिप्रेशन को शिकार बने , कतिले त आत्महत्या समेत गरेका छन। पछिल्लो समयमा कमसेकम कुनै कलाकारको मृत्युपछि एकदिन भएपनि उसको नाममा शोक मनाउन थालेका छन कलाकार हरु र कलाकारको हकहितका लागि भनेर गठित संस्थाहरु तर यस्ता घटनाहरु अझै मौलाउदै गएका छन। पछिल्लो एक-दुई बर्षमा यो क्षत्रले निकै राम्रा र आदर्श श्रष्टा, सर्जक, कलाकारहरुलाई गुमायो। यो अतुलनीय क्षति हो सांगितिक क्षेत्रका लागि। साँच्चै एउटा असल कलाकार एक युगमा एकपटक जन्मिन्छ तर त्यसको उचित सम्मान र संरक्षण हुन नसके त्यो त्यत्तिकै हराउन सक्छ। हुन त रहले केहि पैसा खर्च गर्नसक्ने हैसियत हुनेहरु अरुका श्रृजना किनेर पनि कलाकार बन्ने निकै लहर छ पछिल्लो पटक अनि सांगितिक आकाशमा टिकाउ भन्दा बिकाउ कुराहरुको प्रयोग भैरहँदा मौलिक लोक संस्कृति अनि हाम्रो परिचय नै धरापमा परेको छ। त्यसैको फलस्वरुप अधिकांश बरिष्ठ तथा मौलिक श्रष्टाहरु ओझेल परेका छन।
        यस्तै उत्कृष्ट क्षमता र अब्बल मौलिक दोहोरी गायन कला भएका लगभग पछिल्लो पुस्तामा चलेका दोहोरी गायकहरुका मार्गदर्शक अग्रज कलाकार बाग्लुङ्ग बाटाकाचौर का सागर बोहोरा केहि समयदेखी डिप्रेशन को शिकार बनेको कुरा बाहिर आयो र यो देखेपछि धेरै कलाकारहरुले चिन्ता पनि ब्यक्त गरे। बिछोडको चोट, बुटवल पोखरा , ढुङ्गे पानी वारी सालैजो , फुलैको बगैचा,अर्कैले शिन्दुर भरेकोजस्ता चर्चित गितहरु र राष्ट्रिय स्तरका थुपै दोहोरीगित प्रतियोगिता मा उत्कृष्ट गायक बनेका सागर को पछिल्लो अबस्था देखेपछि मान्छेको जिवनमा के के भोग्नुपर्छ होला भन्ने प्रश्न उब्जिन्छ र उनलाई पुरानै ठाँउमा,पुरानै कर्ममा फर्काउनु पर्छ भन्ने साहनुभुति पनि धेरै ठाँउबाट पाईन्छ। तर जिम्मेबारीपुर्बक अग्रसरता लिन कसैले नसकोको अबस्थामा जापानमा रहेका हामी सम्पुर्ण कलाकारहरुले कलाकारको दु:खमा कलाकार काम लाग्नुपर्छ अनि हाम्रो तर्फबाट गरेको सानो सहयोग ले कसैको जिवन परिबर्त हुनुपर्छ भन्ने मान्यताका साथ "सागर बोहोरा सहयोग तथा पुनर्उथ्थान अभियान" सञ्चालन गरेका छौ। जस मध्य पहिलो चरणमा केहि आर्थिक संकलन गरि उपचार तथा अन्य आवश्यक कार्यक्रमका लागि पठाउन लागेको जानकारी गराउँछौँ। जसको सम्पुर्ण बिबरण क्रमश सार्बजनिक गर्दै जाने कुरा पनि जानकारी गराउन चाहन्छौँ। यहाँहरु सबैको साथ सहयोग र प्रतिक्रिया को अपेक्षा पनि गर्दछौँ!!!

अन्य जानकारी तथा सम्पर्कको लागि
रामकृष्ण बम मल्ल-080 3698 1484
युबराज आचार्य- 080 4610 3075
नारायण कंडेल- 08035433879
सुर्य खड्का- 080 4674 3670
ऋषी पौडेल -080 3594 8299

Contact Form

Name

Email *

Message *

Powered by Blogger.