मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपाल र नेपालीको लागी हरेक बिदेशीने नेपाली देश निर्माणका लागी हातमा हात मिलाएर अघि बढ्ने अठोट राख्दछ । भुटानबाट केहि सयम नेपाल बसी हाल अष्ट्रेलियाको मेलबर्न बसोबास गरिरहनु भएका भुटनिज कम्युनिटी दलाशको तर्फबाट आफ्नी स्वर्गिय हजुरआमा दिकुरा भट्टराईको ४५ दिनको पुण्य नातिनीहरु लिला, जिवा र अम्बिकाले उहांको सम्झनामा एकिकृत नमुना मुसहर बस्ती निर्मँणको निमित्त अष्ट्रेलियादेखी ५०० डलर संयुक्त रुपमा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्नुभएकोमा हामी हृदय देखीनै आभार ब्यत्त गर्न चाहान्छौ ।