Latest Post

बर्षमा एक पटक आउने प्रेमि जोडिहरुको पर्व प्रेम दिबस सबैका लागी बिशेष हुन्छ । कसैले आफ्नी प्रेमिकासंग खुसी साट्दै यस पर्वलाई बिशेष मनाउछन् । संगै हुदा हुने बिशेष प्रेम दिबस भन्दा टाढा बसेरै बनाईने प्रेम दिबस बिशेष हुन्छ । अहिले अधिंकाश नेपाली बिदेशी भुमिका बसोबास गरिरहनु भएको छ । उहांहरुले प्रेम दिबसको अबसर पारेर आफ्नी प्रेमिलाई सम्झदै बिभिन्न सामाजिक कार्यमा सहभागी हुन्छन् । खानीखोला ३ खैरेनी, तनहुं स्थाई घर भई हाल रोजगारीका लागी दोहा कतार रहनुभएका सन्तोष खड्काले भ्यालेन्टाईन डेको अबसरमा आफ्नी श्रीमति जस्मिन खड्कालाई शुभकामना दिदै एकिकृत नमुना मुसहर बस्ती निर्मँणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई १० हजार १५ रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

जन्मदिनमा आश्रमलाई सहयोग.....
काठमाडौं बत्तिसपुतली निवासी आदरणीय परोपकारी तथा मनकारी श्री निरन्जन केशरी बस्नेतज्यूले आफ्नो फगुन १ गते परेको शुभ जन्मोत्सवको अवसर पारेर मानवसेवा अाश्रमकाे  सेवालाई सहज बनाउन रु. १०,०००/- अक्षरुपी रु दश हजार  सहयोग गर्नुभएको छ।

मानवसेवा आश्रम काठमाडौंमा सुरुवातकालदेखि नै विभिन्न अवसरहरुमा आश्रमलाई सहयोग पुर्याउदैँ आउनुहुने आदरणीय परोपकारी श्री निरन्जन केशरी बस्नेतज्यूले आश्रमको गरिमा लक्ष्मीनारायणहरुको लागि भोजनसेवाको लागि सहयोग उपलब्ध गराउनुभएको हो ।

आफ्नो जन्मदिनको खुशीयाली मानवसेवा आश्रम परिवारसँग साटासाट गर्नुहुने आदरणीय परोपकारी व्यक्तित्व श्री निरन्जन केशरी बस्नेतज्यूप्रती हार्दिक आभार तथा सादर धन्यबाद, सु-स्वास्थ्य दिघार्यू एव‍‍ उत्तराेत्तर प्रगतिकाे शुभ भावना ।

बात्ससल्यमयी माता श्री मााेतीमाया देउलाज्यूकाे जन्मिदनमा अामाकाे सम्मानस्वरुप मानवसेवा आश्रममा खाजासेवा ।


(खाजा सौजन्य : परोपकारी छोरी मायादेवी देवलाज्यू,)

२९, माघ २०७३/मानवसेवा आश्रम काठमाडौं

विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्ने अभीष्टकासाथ सञ्चालित मानवसेवा आश्रमको कामठमाडौं शाखामा सेवा लिइरहनुभएका सहयोगापेक्षी मानवहरुको लागि सवलबहाल–२१, टेकु काठमाडौं निवासी आदरणीय परोपकारी आदरणीय मायादेवी देवलाज्यूले माता मााेतीमाया देउलाज्यूकाे जन्मिदनकाे शुभ अवसरमा अामाकाे सम्मानस्वरुप विहानको भोजनसेवा गराउनुभएको हाे ।

मनवसेवा आश्रमका अभिभावक आदरणीय परोपकारी सुवर्णलाल चित्रकारज्यू एवं गायत्री चित्रकारज्यले मानवसेवा आश्रमको बारेमा बताइसकेपश्चात् आफूलाई आश्रममा आएर सेवा गर्ने इच्छा पलाएको परोपकारी छोरी मायादेवी देवलाज्यूले जानकारी दिनुभयो ।

मानवसेवा आश्रमलाई सहयोग पुर्याउनुहुने आदरणीय दिदी मायादेवी देवालज्यू, मानवीय सेवाको कार्यमा उत्प्रेरणा प्रदान गरिदीनुहुने परोपकारी व्यक्तित्व श्री सुवर्णलाल चित्रकारज्यू एवं गायत्री चित्रकारज्यूप्रती सादर नमन् ।

मानवसेवा आश्रमबारे थप जाकारीको लागि :
मानवसेवा आश्रम मुख्य कार्यालय, हेटौंडा, मकवानपुर
सम्पर्क:०५७–५२७३९४, ९८५५०७६००१,९८५५०७६००२
शाखा कार्यालय भरतपुर, चितवन:
०५६–५२५८९४, ९८५५०७६००३
शाखा कार्यालय: काठमाडौं
सम्पर्क: ०१४३५७५६३, ९८५५०७६००४
शाखा कार्यालय: ललितपुर
सम्पर्क: ९८५५०७६००५
शाखा कार्यालय: गोरखा, नेपाल
सम्पर्क: ९८५५०७६००६
शाखा कार्यालय, लमजुङ्ग
सम्पर्क: ९८५५०७६००७
शाखा कार्यालय: वीरगञ्ज पर्सा
सम्पर्क: ९८५५०७६००८









Contact Form

Name

Email *

Message *

Powered by Blogger.