Latest Post

"मानवसेवा अाश्रम लमजुङमा सहयाेगी हातहरु जुटदै "
मानवसेवा अाश्रमकाे सेवालाई थप सरल र सहज बनाउनकाे लागि अतिअावश्यक  जिन्सी सामाग्री सह- प्रेम याेगदान गर्नुभएकाे छ बेशिसहर १२ मनाङे चाैतारा निवासी अादरणिय साेमती अधिकारी ज्युले १थान  किल्ती,अादरणिय बिमला अधिकारी ज्युले १कपसेट १ थान किस्ती,अादरणिय विष्णुमति बस्नेत ज्युले १थान डिक्ची ,अादरणिय ईश्वरी रिमाल ज्युले १ थान तापके, बेशिसहर ११ निवासी अादरणिय मधु अधिकारी ज्युले १ थान वाल्टिन र १ थान जग,बेशिसहर ९ सेरा निवासी अादरणिय काेपिला धमला ज्युले १ थान कराई र १ थान पनियाे मानवसेवा अाश्रमलाई अर्पण गर्नुभएकाे छ।सम्पूर्ण सहयाेगी मानवताप्रेमी मनहरुमा हार्दिक नमन गर्दछौ।" सुखले खान पुगाेस् खुशि खुशिका साथ दिन पुगाेस् !!"मानवसेवा अाश्रम लमजुङ परिवार ।

     थप जानकारीकाे लागि 9855076007,9846368416,9856045270

विवाह बर्षगाँठमा आश्रमका लक्ष्मीनारायणहरुको लागि एकिदनभरीकाे भोजनसेवा ।
०२ फागुन २०७३/ मानवसेवा अाश्रम काठमाडौं
------------------------
काठमाडौं–२२, न्यूरोड निवासी आदरणीय परोपकारी दोय श्रीमान् श्री सुनिल स्थापितज्यू एवं श्रीमती करुणा स्थापितज्यूले विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गरीरहेको मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको लागि एकिदनभरीकाे भोजनसेवा गराउनुभएको छ ।

३५ औं विवाह वर्षगाँठको शुभ अवसरमा मानवसेवा आश्रममा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको लागि एकदिनभरीको भोजनसेवाको लागि रु. १०,०००/– अक्षरुपी दश हजार रुपैया सहयोग गर्नुभएको हो ।

यहाँहरुको दाम्पत्य जीवन अझै सुनौलो बनोस, जीवनको हरेक यात्रा र पहलुहरुमा उदाहरणीय जोडीको रुपमा प्रस्तुत गर्न सक्नुहोस् यहाँहरुलाई विवाह वर्षगाँठको लाखौं लाख शुभ भावना ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि : ०१४३५७५६३, ९८५५०७६००४

आज फेन्सि ब्यबसायि संघ नारायणगढ चितवनका पधाधिकारि ज्युहरु बाट मन्जुश्री असहाय संरक्षण केन्द्रलाई नगद सहयोग।।

आज फेन्सि ब्यबसायि संघका पुर्व अध्यक्ष हेमराज पोैडेल ज्युको प्रमुख अातिथ्यतामा फेन्सि ब्यवसायि संघ नारायणगढ चितवनका सम्पूर्ण कार्य समिति सदस्यहरु सल्लाहकार ज्युहरु एंव सम्पूर्ण शुभचिन्तक ज्युहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम रहेको थियो त्यस कार्यक्रम फेन्सि ब्यबसायि संघका वरिष्ठ उपाध्यक्ष खेमलाल अर्याल ज्युले रु ५,०५०(पाच हजार पचास)सहयोग गर्नुभएको थियो भने फेन्सि ब्यबसायि संघ प्रथम उपाध्यक्ष चक्रबहादुर कुवर ज्युले रु२०,०००(बीस हजर)१६अोै विवाह वर्षगाठको अवसर पारि कृण कडेल ज्युले मन्जुश्री असाहय संरक्षण केन्द्रमा संरक्षित छोराछोरी र दिदिबहिनीहरुको लागि मीठो भोजन गराउनका लागि रु ५,५००(पाच हजार पाचसय)हस्तान्तरण गर्नुभयो उहाँहरुको सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा उहाँहरुले मन्जुश्री असहाय संरक्षण केन्द्रम संरक्षित छोराछोरीहरु तथा दिदिबहिनीहरुसंगै आफ्नो विवाहको १६ अोै वर्षगाठ मनाउदै उनीहरुको भोजनको लागि नगद सहयोग। यो महत्वपूर्ण सहयोगको लागि वरिष्ठ उपाध्यक्ष खेमलाल अर्याल ज्यु प्रथम उपाध्यक्ष चक्रबहादुर कुवर ज्यु कृण कडेल ज्यु यहाँहरु सम्पूर्णलाई संस्थाको परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा यस मन्जुश्री असहाय संरक्षण केन्द्रका अभिभावक फेन्सि ब्यबसायि संघका अध्यक्ष ज्यु कार्यसमिति सदस्य ज्युहरु र सम्पूर्ण पधाधिकारि ज्युहरु सल्लाहकार ज्युहरु पत्रकार ज्युहरु लगायतको उपस्थिति रहेको थियो ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.