Latest Post

आज चितवन समाज इजरायल द्वारा संस्थाको स्थापना दिवसको अवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रलाई नगद सहयोग।।

आज जिल्ला बिकास कार्यलयका प्रमुख कृष्ण प्रसाद सुवेदि ज्युको प्रमुख अातिथ्यतामा मन्जुश्री असहाय संरक्षण केन्द्रलाई अार्थिक सहयोग हस्तान्तरण कार्यक्रम तथा स्वागत एव सम्मान कार्यक्रम रहेको थियो युवा समाज चितवनका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्यु जिल्ला बिकास प्रमुख श्री कृष्ण प्रसाद सुवेदी ज्यु सिमा सुरक्षा बल आपटाडिका प्रमुख प्रहरी उपरीक्षक श्री श्याम कोइराला ज्यु जिल्ला ट्राफिक कार्यलयका कार्यलय प्रमुख श्री  सन्तोष पन्थ ज्यु जिल्ला बिकास का श्री  प्रकाश चन्द्र पोैडेल ज्युहरुको संयुक्त उपस्थितिमा चेक रु२०,०००(बीस हजर)हस्तान्तरण गर्नुभयो र जिल्ला बिकास प्रमुख ज्युलाइ सिमा सुरक्षा आपटाडिका प्रहरी उपरीक्षक ज्युलाइ ट्राफिक कार्यलयका कार्यलय प्रमुख ज्युहरुलाइ संयुक्त रुपमा स्वागत र सम्मान पनि गर्नुभयो हाम्रो मन्जुश्री असाहय संरक्षण केन्द्रले पनि उहाहरुलाइ स्वागत सम्मान गर्ने अवसर पायो उहाँहरुको सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा उहाँहरुले मन्जुश्री असहाय संरक्षण केन्द्रम संरक्षित छोराछोरीहरु तथा दिदिबहिनीहरुको महत्वपूर्ण सहयोगको लागि अध्यक्ष मुक्ति प्रसाद अधिकारी दाजु हाम्रो सुभचिन्तक हाम्रो सल्लाहकार सोम सापकोटा ज्यु र सम्पूर्ण पदाधिकारी ज्युहरुलाइ संस्थाको परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं। साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा जिल्ला विकास प्रमुख कृष्ण प्रसाद सुवेदी ज्यु सिमा सुरक्षा आपटाडिका प्रहरी उपरीक्षक श्याम अधिकारी ज्यु जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्थ ज्यु जिल्ला विकासका प्रकाश चन्द्र पोैडेल ज्यु र सम्पूर्ण चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका पधाधिकारि ज्युहरु सल्लाहकार ज्युहरु पत्रकार ज्युहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रवास मा छरिएर रहेको पुंजी लाई एकत्रित गरी आफ्नै जन्मभुमी नेपाल मा बिभिन्न छेत्रमा लगानी गरी बैदेशिक रोजगारी को क्रममा विदेश गएका नेपाली जनशक्ति लाई आफुले सिकेको सिप र कार्य अनुभव को आधारमा आफ्नै देश र समाज मा फर्किएर स्वरोजगार को बातावरण बनाउने शिलशिला मा हाम्रो एस युथ भिजन इन्भेस्टमेन्ट  कम्पनीको प्रयास स्वोरुप पहिलो लगानी चितवन जिल्लामा रहेको युनाईटेड बेभरेज प्रा ली मार्फत उत्पादन भएको पल्पी जुस उधोग को बिस्तार र नेपाली उत्पादन लाई अन्तरास्ट्रिय बजार मा लैजाने प्रयास !
International market expansion को क्रम मा चाईना र भारतमा बिक्री  बिस्तार गरियको छ। धेरै धन्यबाद सबै जना सहयोगी तथा लगानीकर्ता हरु लाई !

युथ भिजन इन्भेस्टमेन्ट कम्पनी

चितवन समाज इजरायलको जन्मदिनको शुभ अवसरमा सहयोग हस्तान्तरण तथा स्वागत कार्यक्रम सम्पन्न |
मिति २०७३/११/०३  तदनुसार १४  फेब्रुअरी २०१७ )चितवन समाज इजरायल तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा, प्रेम दिवसको अवसर पारेर चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको आयोजना तथा चितवन समाज इजरायलको सहयोगार्थ मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बेसहरा महिला तथा बालबालिकाहरुलाई आर्थिक सहयोग मन्जुश्री असहाय संरक्षण केन्द्रकि अध्यक्ष श्री मन्जु खाण ज्युलाई हस्तान्तरण गरिएको थियो l साथै नवनियुक्त जिल्ला बिकास समिति चितवनका स्थानीय विकास अधिकारी श्री कृष्ण प्रसाद सुबेदीलाई स्वागत पनि गरिएको थीयोl साथै सशस्त्र प्रहरी बल आपटारीका प्रमुख श्याम कोइराला र जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख सन्तोष पन्तलाई पनि स्वागत कार्यक्रम राखिएको थियो l
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष श्री मुक्तिप्रसाद अधिकारी ज्युको सभापतित्व तथा जिल्ला बिकास समिति चितवनका स्थानीय विकास अधिकारी श्री कृष्ण प्रसाद सुबेदी ज्युको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा सशस्त्र प्रहरी बल आपटारीका प्रमुख श्री श्याम कोइराला ज्यु र विशिष्ट अतिथि जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख श्री सन्तोष पन्त रहेका थिए  | जिल्ला बिकास समिति चितवनका योजना प्रमुख प्रकाश पौडेल, चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका सल्लाहकार श्री शोभा कान्त पौडेल , चितवन युवा समुह दोहा कतारका अध्यक्ष भूमिराज कार्की , चितवन समाज इजरायलका प्रतिनिधि श्री दिपक सुबेदी, सरस्वती युवा क्लबका अध्यक्ष श्री शेरबहादुर बि.क. ज्युको आतिथ्यमा, सस्थाका अन्य पदाधिकारीहरु लगायत समाजसेवी, पत्रकारहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो l क्रमको संचालन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका सचिव श्री राजन घिमिरेले गरेका  थिय |
सामाजिक परोपकारी गतिबिधिमा सदा अग्र स्थानमा रहन सफल चितवन समाज इजरायलले गृह जिल्ला चितवनको सामाजिक बिकासमा काँधमा काँध मिलाएर सहकार्य सद्भाव र समन्वय गर्दै संसारभरका चितवनवासीहरूको साझा सस्था चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिमा आवद्द रहदै समाजीक र परोपकारी गतिबिधि अगाडी बढाउन उदाहरणीय कार्य गरेको सबैमा सर्बबिधित नै छ  , चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समिति नेपाल सपरिवारको तर्फ देखि धन्यबाद सहित आगामी दिनहरुमा पनि सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढीरहोस भन्दै शुभकामना व्यक्त गरिएको थियो l
कार्यक्रम सभापति  श्री मुक्ति प्रसाद अधिकारी ज्यु ,जिल्ला बिकास प्रमुख श्री कृष्ण प्रसाद सुवेदी ज्यु सिमा सुरक्षा बल आपटाडिका प्रमुख प्रहरी उपरीक्षक श्री श्याम कोइराला ज्यु जिल्ला ट्राफिक कार्यलयका कार्यलय प्रमुख श्री सन्तोष पन्थ ज्यु जिल्ला बिकास का श्री प्रकाश चन्द्र पोैडेल ज्युहरुको संयुक्त उपस्थितिमा चेक रु २०,०००(बीस हजर) मन्जुश्री असहाय संरक्षण केन्द्रकि अध्यक्ष श्री मन्जु खाण ज्युलाई हस्तान्तरण गरिएको थियो l
सामाजिक परोपकारी कार्यका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिन हरुमा जिल्ला बिकास समिति संग पनि मिलेर सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता प्रमुख अतिथि श्री कृष्ण प्रसाद सुबेदी ज्युले व्यक्त गरेका थिए | सो कार्यक्रमको समापनको गर्दै सस्थाका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारीज्युले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई तथा चितवन समाज इजरायलकि अध्यक्ष शान्ता अधिकारी ज्ञवाली साथै सम्पूर्ण टिम, प्रवास संयोजक,लगायत चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल संग आबद्ध सम्पूर्ण देशहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग पुर्याउनु हुने सम्पूर्ण प्रति आभार व्यक्त गरेका थिए l
सहयोग हस्तान्त्रण गरेर सहयोग गरि दिने चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाललाई हार्दिक धन्यवाद दिन चाहन्छौ ,साथै यस कार्यक्रममा उपस्थित हुनु हुने सम्पूर्ण ब्यक्तित्व हरु लाई चितवन समाज इजरायल हार्दिक हार्दिक धन्यवाद,नमन गर्दछ साथै आगामी दिनमा पनि यस्ता कार्य गर्न पुन हामीलाई मौका मिलोस यहि कामना गर्दछौ भन्दै सस्थाकी अध्यक्ष् शान्ता अधिकारी ज्ञवाली ले हामी मार्फत साथ दिनु हुने सबै सबै आजको कार्यक्रममा उपस्थित महानुभावहरुलाई, यस कार्यसमिति पधाधिकारी साथीहरु ,सदस्यहरु,चितवन वासी प्रबासी साथीहरुलाई पनि हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ l हामीलाई यस कार्यक्रमको सम्पूर्ण जानकारी सस्थाका महासचिव नयन सापकोटा तथा सस्थाको सचिव  निलम भुसालले जानकारी दिनु भएको थियो lयस सामाजिक परोपकारि कार्यको हाम्रो मिडिया खुलेर प्रसंसा गर्दछ ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.