Latest Post

राँक प्रवासी सेवा समाज कतार द्वारा राणा परिवार लाई आर्थिक सहयोग।

फाल्गुन २
साउदीमा निधन भएका राणा का परिवार लाई आर्थिक सहयोग । राँक प्रवासी सेवा समाज कतार ले साउदीमा निधन भएका राणा का परिवार लाई आर्थिक सहयोग गरेको छ। वैदेशिक रोजगारिको शिलशिलामा साउदी अरब पुगेका राँक ३ रोल्पा का डण्ड वीर राणाको यहि मिति २०७३ असोज ६ गते साउदी अरबमै निधन भएको थियो।घरको अवस्था कमजोर भएका राणाको परिवार लाई एक कार्यक्रम को आयोजना गरि जीवन ज्योती मा.बि राँक को प्राङ्गणमा सहयोग हस्तान्तरण गरिएको हो। राँक प्रवासी सेवा समाजका निबर्तमान बरिस्ठ सल्लाहकार सुरेन्द्र कुमार वलिको अध्यक्षतामा भएको कार्यक्रममा राँक गा बि स सामाजिक परिचालक रत्न बहदुर पुनमगर ले सस्था र सस्थाले हाल सम्म गरेका काम हरुको बारेमा स्पष्ट पार्नु भएको थियो।कार्यक्रममा बिध्यालयका निमित्त प्र.अ केशब खत्री, बि.ब्य.स अध्यक्ष भक्त बहादुर वलि (सुशील),भुपु गा बि स अध्यक्ष दल बहादुर वलि, पत्रकार राजेन्द्र राणा, बिधालयका शिक्षक बिद्यार्थी हरुको उपस्थिती रहेको थियो।राँक प्रवासी सेवा समाज बाट ३५०००(पैतिस हजार) र अन्य बाट २७ हजार १ सय गरि कुल ६२१०० (बैसठ्ठी हजार एक सय)रुपैया डण्ड वीर को बुवा मानसिह राणा र श्रीमती जैसरा राणा लाई हस्तान्तरण गरिएको हो।२ छोरी र १ छोराको पढाइ लेखाइमा केही राहात पुर्‍याउने उदेश्यले उप्त रकम हस्तान्तरण गरिएको हो।स्थापना काल देखि नै राँक प्रवासी सेवा समाज ले यस्तै किसिमका समस्या हरुमा थोरै भएपनी राहात पुर्‍याउदै आएको छ।

-राँक प्रवासी सेवा समाज

दृष्टिबिहिन परीवारको घर निर्माणका लागि हिजो मैले प्राप्त गरेको सहयोग निम्न अनुसार छ |
1.Shatis Jangam Thapa  - Rs.5000
2.Laxmi Ghising Tamang  -Rs.5000
3.Kp Adhikari  -Rs.2000
सबै सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद | उहाहरुको सहयोग प्रति हामी निकै कृतज्ञ छौ |
- रमेश प्रसाद शाह

 जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृ र धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल


माघ ४, २०७३
भक्तपुर निवासी आदरणीय रजिता रुपाखेतीज्यूले मानवसेवा आश्रम ललितपुरमा सेवा लिरहनु भएका लक्ष्मी नारायणहरुकोलागि आज दिऊँसोको खाजा सेवा गराउनु भएको छ ।
स्व. माता श्री ज्योती देवीज्यूको सम्झनामा बैकुण्ठ वासको कामना गर्दै मानवसेवा आश्रम ललितपुर शाखामा सेवा लिईरहनु भएका लक्ष्मीनारायणहरुकोलागि खाजा सेवा गराउनु भएको हो ।
स्व. माता ज्योतीदेवीको बैकुण्ठ बासकोलागि ईश्वरसँग प्रार्थना ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि ः
मानवसेवा आश्रम ललितपुर
सम्पर्क ः ९८५५०७६००५÷९८५१०९५४७९, ९८५५०७६००१ देखी ९८५५०७६००९ सम्म ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.