मुसहर बस्ती बनाउन आर्थिक अभाव रहेको कुरा थाहा पाएर निकै टाढा चितवन बाट निर्माण स्थलमा आएर सहयोग
नेपालीहरु सधैं मनकारी र सहयोगी हुन्छ । यो भनाई विश्वलाई थाहा छ । महोत्तरीको बर्दिबास २ स्थित धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माणधिन एकिकृत नमुना मुसहर बस्ती बनाउन आर्थिक अभाव रहेको कुरा थाहा पाएर निकै टाढा चितवन नारायणघाटबाट निर्माण स्थलमा आएर कपडा व्यवसायी श्री राजकुमार श्रेष्ठले धर्मुस सुन्तली फाउण्डेशनलाई मेरो तर्फबाट पनि सानो सहयोग होस् भन्दै उहाँले फाउण्डेशनलाई नगद रु. १५ हजार ५ सय सहयोग प्रदान गर्नु भएको छ । हामीलाई उहाँको सहयोगले थप हौसल्ला बढाएको छ । उहाँलाई लाख लाख धन्यवाद l