Latest Post

जन्मदिनको लाखौ  शुभकामना इच्छा छोरी   ! जीवनका हरेक उत्सव यस्तै  परोपकारी र मानवीय भैरहुन !  तपाईको खाजा खर्च को बचतबाट आज एक जना गरिब बहिनी ( सावित्री तामांग ) लाई कुमार बलराम स्मृति छात्रावासमा आबस्यक बार्षिक $५०० सहयोग  गर्दै  आउनु भएको  छ। भोली  तपाइँ ठुलो भएर बिद्यालय जना नसकेका  धेरै भाई बहिनीहरुलाई  बिद्यालय पठौना सफल हुनुहोस।   मनमा सधै इश्वरको बास होस्  !! जिन्दगीका   हरेक पथमा सफलता प्रप्तहोस !! सधै   स्वस्थ रहनुहोस  !  सधै शुभ होस्  !  सधै जय होस् !!  पुन   १५ औं जन्म दिनको हार्दिक शुभकामना !
- बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान

जन्मदिकाे अवसरमा एकदिन भरिकाे खाना सेवा
        🌹🌹🌹🎁🎁🎁🌹🌹🌹
मिति २०७३/१२/८ गते

अमेरीका निवासी श्री चन्दन राज रूपाखेती तथा मनिला पौडेल रूपाखेती ज्यूको आयूष्मती  सूपूत्रि श्री नोभा रूपाखेती ज्युकाे आज एक वर्ष पूरा भई पहिलो जन्मदिनको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,
अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एकदिन भरिकाे खाना सहयोग गर्नु भएको छ।विदेसमा रहेपनि आफ्नो जन्मभुमि र दीनदुखी असहायहरूलाई माया गरिरहनू भएकोमा उहाहरुलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान
गर्दछौं साथै आज जन्म दिन पर्ने श्री रुपाखेति ज्युको सु:स्वास्थ,दिर्घायु अायु अाराेग्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

सहयोग हस्तान्तरण र श्रमदान सम्बन्धी अत्यन्त जरुरी सुचना।।

काेरियामा रहेका स्वतन्त्र  राष्ट्रप्रेमी जुझारु नेपाली युवाहरुको ऐक्यबद्धता  "स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान" को संयोजन तथा पहलमा कोरियामा रहनु भएका मनकारी सहयोगदाताहरु द्वारा संकलित सहयोग रकम यहि आउदो बिहिबार चैत्र १० गते  धुर्मुस सुन्तलि  फाउण्डेसनलाई सहयोग हस्तान्तरण गरिने ब्यहोरा सबैमा सहर्श जान्कारी गराउदछौ।सहयोग हस्तान्तरणका साथै यस अभियनका नेपालमा रहनु हुने अभियानकर्ताहरुले  मुसहर बस्ति निर्माणमा एक दिन श्रमदान समेत गर्नुहुनेछ।
कोरियाबाट फर्किनु भएका स्वतन्त्र सामाजिक अभियन्ताहरु पनि यस अभियान र सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित जनाउन चाहनु हुन्छ भने तल उल्लेखित सम्पर्क ब्यक्तीसंग सम्पर्क गरेर एक दिन पबित्र कार्यमा श्रम दान गरेर आशिष र पुन्य प्राप्त गर्न सक्नुहुनेछ।
   पर्सि बिहिबार चैत्र १० गते बर्दिबास मुसहर बस्ति जाने अान्तरिक सल्लाह भएकाेले यसलाई पुर्णता दिन केही छलफल अाज बेलुकि गर्न गईरहेकाे हुदा तलकाे समय र स्थानमा यस अभियानका अभियन्ताहरु सबैजना अनिवार्य  उपस्थित जनाइदिनुहाेला। फाउन्डेसनका अध्यक्ष  सिताराम कटेल र
नेपालमा रहनुहुने सबैको समय अनुकुल मिलाउनु पर्ने
भएको हुँदा रकम यस हस्तान्तरण कार्यक्रम केही दिन ढिला हुन गएकोमा क्षमा प्रार्थी छौ । सहयोग हस्तान्तरण पश्यात सम्पुर्ण सहयोगदाताहरुको नामावली र सहयोग  विवरण अन्लाईन मिदिया, राष्ट्रिय पत्र पत्रीका मार्फत पनि स- धन्यवाद प्रकाशित गर्नेछौ।
सम्पुर्ण सहयोगी पबित्र हातहरुमा नमन।हार्दिक आभार प्रकट गर्दछौ।
धन्यवाद।
आजको भेटघात कार्यक्रम:
स्थान:- सुन्धारा,धरहरा मुनि।।
समय:- बेलुकि ५ बजे जसरि अाईपुग्नु पर्ने।।

सम्पर्क
यल वि श्रेष्ठ: 9816631686
विक्रम ठकुरि: 9861866844
#स्वतन्त्र_राष्ट्रप्रेमी_सचेत_नेपालि_एकता_अभियान
(जानकारी नेपालको राम बाट)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.