साउथ कोरिया रहनु भएका रबिन बहादुर क्षेत्री ज्यु ले मुसहर बस्ती निर्माणका लागि ११ हजार १ सय ११ सहयोग
नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ । सल्यान ९ नयापुल काँस्की स्थाई घर भई हाल साउथ कोरिया रहनु भएका रबिन बहादुर क्षेत्रीले आफ्नो भाई राजन केसीको सम्झनामा धुर्मुस सुन्तली फाउण्डेशनलाई महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ११ हजार १ सय ११ रुपैया सहयोग दिनुभएको छ । उहांले दिनुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।