स्कुलका बिधार्थी भाई बहिनीहरुले बार्षिक उत्सवको उपलक्ष्यमा मुसहर बस्ती निर्माणका लागि सहयोग
शिक्षाको ज्योती छर्न पाठशाला जाने स-साना नानिहरुलाई पनि देशको चिन्ता छ । भोलिका कर्णधार, ललितपुर १४ रमाईलोटार, टुटेपानी रिजेन्ट ईन्टरनेसनल स्कुलमा अध्ययन गरिरहनु भएका बिधार्थीहरुले स्कुलको बार्षिक उत्सवको उपलक्ष्यमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि २५ हजार ५ सय २५ रुपैया सहयोग गर्नुभएको छ । उक्त स्कुलको कार्यक्रममा बिशेष अतिथीको रुपमा फाउण्डेशनकी कुञ्जना घिमिरे रहनु भएको थियो । धुर्मुस सुन्तली अर्थात सितारम कट्टेल र कुञ्जना घिमिरेकी प्यारी छोरी सुबिहानी घिमिरे सोही स्कुलमा अध्ययन गरिरहनु भएको छ । सम्पुर्ण बिधार्थी भाई बहिनीहरुले देखाउनु भएको यो माया र सदभावले हामीलाई अझै उर्जा थपेको छ । रिजेन्ट ईन्टरनेसनल स्कुलका सम्पुर्ण बिधार्थी, शिक्षक, अभिभावक तथा सुभचिन्तकहरुमा हार्दिक धन्यवाद सहित उत्तर-उत्तर प्रगतिको कामना गर्दछौं ।