Latest Post

जापानमा पढेको पुस्तक"सरसर्ती संसार"ले बालापनको स्कुल सम्झायो/सन्तु बैनिले स्कुल लाई ५० प्रती पठाउने

(सन्तु न्यौपाने (जापान) बैनिको आफ्नै शब्द हरु)

शरीरमा थकान , बिचारमाँ परिबर्तन, नया कुरा र नौला ठाउँको अनुभव गर्न पायकोमा मनमा प्रसन्नता यी सबै कुरा मानिसले एउटा लामो वा छोटो भ्रमण गरेर पाउछ । तर  मैले भने आज यी सबै कुरा यउटा किताब पढेर महसुस गरेकि छु ।
जुन किताब  मैले भिनाजु (राजु ढकाल) मार्फत पढ्ने मौका पाए । हजुरलाई धेरै धेरै धन्यवाद छ भिनाजु , साथीले कोसेली स्वरूप दियको यती धेरै रमाइलो, र उपयोगी किताब पढ्ने मौका दिनु भयो ।
छोटो समयमा धेरै देशको बारेमा सरसर्ती बुझ्न सकिने यो किताब आफुले पढिसके पछि मैले अक्षर चिन्न सुरू गरेको विद्यालय (कालिका मा वी पस्चिमटोल कावासोती) मा पढ्ने बिद्यार्थीहरूको लागी विद्यालयको पुस्तकालयमा ५० पर्ती उपलब्ध गराउने निर्णय लियकी छु।

नेपाली क्रिकेट समर्थक समाज ( NCSS ) ले ICC बाट बनाइएको ' सल्लाह्कार समिती ' लाई ग्यापन पत्र

Bhanu Sigdel

नेपाली क्रिकेट समर्थक समाज ( NCSS ) ले आज , बैसाख १३, 2073 , मा एक कार्यक्रम बिच ICC बाट नेपाली क्रिकेटको बर्तमान बिबाद समाधान गर्न बनाइएको ' सल्लाह्कार समिती ' लाई ग्यापन पत्र बुझाएको छ् । ग्यापन पत्र ' सल्लाह्कार समिती ' सदस्य श्री पवन अग्रवाल ज्यु लाई बुझाईएको हो ।

ग्यापन पत्र बुझ्दै पवन अग्रवाल ज्यु भन्नु हुन्छ , " नेपाली क्रिकेट प्रती चिन्तित हुँदै NCSS बाट बुझाईएको यो ग्यापन पत्र प्रती म् लगायत सल्लाह्कार समिती सकारात्मक छ् , हामी सक्दो प्रयास गर्दै छौ बन्ने बिधान र नेपाली क्रिकेट को आगामी सम्रचना सबैलाई मान्य पनि होस् र् त्यसले बर्तमान गतिरोध अन्त्य गर्दै क्रिकेट अघी पनि बढावोस "

ग्यापन पत्र दिदै NCSS अदेक्छ्य श्री भानु सिग्देल , " गतिरोध अन्त्य गर्ने एकै मात्र बैधानिक निकाय हाल ' सल्लाह्कार समिती ' मात्र हो , नेपाली क्रिकेट बोर्ड बन्दै नेपाली क्रिकेटले सफलताको सिढी चढोस् भन्ने आम नेपाली क्रिकेट समर्थक हरुको चाहना माथि दाँया बाँया नहोस् भन्ने उद्देस्य ले , क्रिकेट समर्थकहरुको एक मात्र संस्था NCSS ले सल्लाह्कार समिती समक्छ्य यो ग्यापन पत्र बुझाएको हो , हामी निस्चिनत छौ नेपाली क्रिकेटको सबै भन्दा ठुलो स्टेकहोल्डर नेपाली क्रिकेट समर्थकहरुको यो विश्वाश कायम हुनेछ "

चौरासीको खुशीयालीमा आश्रमलाई मासिक दश हजार सहयोग ।
रु‍. ६०,०००/- सठ्ठीहजार रुपैया स–प्रेम अर्पण
मानवसेवा आश्रम काठमाडौं
.................................................
काठमाडौं, बत्तिसपुतली निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी बुबा कवीर केशरी बस्नेतज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको सेवालाई सहज बनाउन चौरासी वर्ष पुरा भएको शुखद अवसरमा आश्रमलाई छ महिनाको लागि मासिक दश हजार रुपैया बराबर साठ्ठीहजार रुपैया सहयोग प्रदान गर्नुभएको हो ।

अादरणीय बुबा कवीर केशरी बस्नेतज्यूले मानवसेवा आश्रमको स्थापनाकालदेखि नै अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहनुभएको छ ।

सहयोग रकम मानवसेवा आश्रमका संरक्षक तथा परोपकारी व्यक्तित्व रसना टण्डनज्यूले आश्रमलाई हस्तान्तरण गर्नुभएको थियो ।

मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने आदरणीय व्यक्तित्व श्री कवीर केशरी बस्नेतज्यू एवं सम्पुर्ण परिवारका सदस्यहरुमा सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना । सदैव रमेर जीउन पुगोस्, हाँसेर दिन पुगोस् ।

२०८२ सालभित्र कसैलाई पनि खुल्ला आकाशमूना कष्टकर रात विताउन नपर्ने राष्ट्रको रुपमा नेपाललाई विकास गराउदै मानवीयताको राष्ट्र नेपाल निर्माणको मिसनको साथ मानवसेवा आश्रम अघि बढिरहेको छ ।

२०६९ सालमा मकवानपुरको हेटौंडाबाट सल्किएको यस मानवीयताको दियालो हाल चितवन, काठमाडौं, ललितपुर, गोरखा, लम्जुङ्ग हुदैं वीरगञ्ज र बागलुङ्गमा समेत पुगिसकेको छ ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
मानवसेवा आश्रम मुख्य कार्यालयः मकवानपुर, हेटौंडा : ०५७–५२७३९४, ९८५५०७६००१
शाखा कार्यालय : काठमाडौं नेपाल : ०१–४३५७५६३, ९८५५०७६००४
अन्य शाखाहरु : चितवन : – ९८५५०७६००३, ललितपुर :– ९८५५०७६००५, गोरखा : – ९८५५०७६००६, लमजुङ्ग : – ९८५५०७६००७, वीरगंज : – ९८५५०७६००८

Contact Form

Name

Email *

Message *

Powered by Blogger.