Latest Post

हरेक समयका रमाईला पलहरुले त्यतिबेला हामीलाई सम्झाउछ, कसैको मन, भावना र ब्यबहार कस्तो थियो भनेर । हजारौ सपना सजाएर, पढेर ठुलो मान्छे बन्छु भन्ने रहर  जगाएर ह्वाईटफिल्ड  सेकेण्डरी स्कुलमा कक्षा १२ मा अध्ययन गर्ने सबिना गुरुङ्ग स्कुलकै प्यारी बिधार्थी थिईन् । सबैको प्रिय सबिनालाई सबै बिधार्थी, उनका साथीहरु तथा शिक्षकहरुले एउटा राम्रो ईमान्दार तथा लगनशिल बिधार्थीको रुपमा हेदै आएका थिए । सायद भगवानले राम्रो र सबैले माया गर्ने मान्छेलाई छिट्टै आफुसंग बोलाउने रहेछन् क्यारे । २०५६ साल ८ महिना अर्थात मंसिर २५ गते यो संसारमा जन्म लिएकि सबिनाले २०७३ साल ११ महिना अर्थात फागुन २८ गते अकालमै यो संसारलाई छाडेर गईन् । सबैकी प्रिय सबिनालाई उक्त स्कुलले कहिल्यै भुल्न सक्दैन् । उनको सम्झनामा उक्त स्कुलले धुर्मुस सुन्तली फाउण्डेशनलाई एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि २२ हजार रुपैया सहयोग गरेको छ । सहयोग प्रति ह्वाईटफिल्ड  सेकेण्डरी स्कुललाई हार्दिक धन्यवाद दिन चाहान्छौ । उनको सम्झनामा मुसहर बस्ती निर्माणका लागि दिनुभएको उहांहरुको यो सहयोगले मुसहर बस्तीमा बन्ने हरेक घरहरुको भित्तामा उनको सम्झना सधै अमर रहनेछ । र सबिनाको असामायिक निधनले उनको परिवारमा परेको शोकमा भगवानले धैर्यधारण गर्ने शक्ति दिउन भन्दै सबिनालाई हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौं ।
धुर्मुस सुन्तली फाउण्डेशन
काठमाडौं, नेपाल

सहयोग यस्तो चिज हो, जसले अरु संगै आफुलाई पनि मिठो खुसी मिल्छ । सहयोग भएर होईन् चाहेर गरिन्छ । एक-एक थोपा मिलेर जसरी समुन्द्र बन्छ, त्यसैगरी तपाईहरु एक एक जनाको सहयोगले सांच्चै यो देश एउटा सुन्दर संसार बन्छ । बिधार्थी हुन् वा शिक्षक, अहिले हरेकलाई आफ्नो देश निर्माणको चिन्ता छ । भरतपुर चितवनको एउटा सफल र प्रतिक्षित शैक्षिक संस्था कलेज अफ मेडिकल साईन्स मा एमबिबिएस पहिलो र दोश्रो बर्षमा अध्यनरत बिधार्थीहरुले सबैबाट उठाएको २८ हजार १ सय ६२ रुपैया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । सम्पुर्ण सहयोगी मन र कलेज अफ मेडिकल साईन्सका सम्पुर्ण बिधार्थिहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

पाल्पा तान्सेन १५ स्थाई घर हुनुभएका चन्द्रमान मलेकुले स्वर्गीय पिता सुर्यमान मलेकको स्मृतिमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि दिल खोलेरै धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांले यसअघिको हाम्रो परियेजना गिराञ्चौर नमुना बस्ती निर्माणका लागि पनि सहयोग प्रदान गर्नुभएको थियो । उहांले दिनुभएको यस सहयोग प्रति हामी नतमष्तक छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.