Latest Post

विक्षिप्त अवस्थाकी मनोरोगी महिलालाई मानसिक अस्पताल, लगनखेलमा भर्ना

---------- हिजो विहान करीब ३:०० बजे मानवसेवा आश्रम,ललितपुरको  मूुल ढोकामा एक्कासी ठूलो आवाज आयो। पछि बुझ्दा नेपाल प्रहरी, सातदोबाटोबाट आउनुभएका प्रहरीहरू हुनुहुँदो रहेछ। वहाँहरूले एकजना  मनोरोगी महिला नाम,ठेगाना बताउन नसक्ने अन्दाजी बर्ष ५५ कि लाई आश्रय दिन अनुरोध गर्नुभयो।तत्पश्चात् मनोरोगी महिला (लक्ष्मी- आश्रममा आश्रित महिलालाई देवी लक्ष्मीको रूपमा सेवा गरिन्छ।) लाई आश्रमको जिम्मामा छोडेर प्रहरीहरू जानासाथ एक्कासीअसमान्य आवाज निकालेर लक्ष्मी चिच्याउन काराउन थाल्नु भयो। करीब ६:३० बजेसम्म यस्तो क्रम चलिरह्यो।त्यसपछि वहाँको अवस्था सामान्य हुँदै गएपछि आफ्नो बारेमा बताउन थाल्नु भयो। सिन्धुली, बरङ् खोला सिस्नेरी घर भई बाबू मानबहादुर माझी तथा पति बुधवीर र आफ्नो नाम शान्तीमाया माझी बताउने वहाँको  दिन भर सामान्य अवस्था रहेको थियो। तर साँझ परेपछि पुन:  वहाँको विक्षिप्त मनोरोग बढ्दै असामान्य भएपछि करीब ८:३० बजेनेपाल प्रहरी र ९:०० बजे मानसीक अस्पतालको चिकित्सक टोलीलाई आश्रममा बोलाइयो। वहाँको अवस्था सामान्य गराउन डाक्टरले लोरी औषधीको सूई लगाउँदा समेत सूधार नआएपछि राती १०:०० बजे अस्पताल भर्नाकोलागि लगनखेल पठाइयो । यस पुनित कार्यमा साथ-सहयोग पुर्याउनुहुने समादरणीय मानसीक अस्पताल, लगनखेलका निर्देशक प्रा.डा.श्री सुरेन्द्र शेरचन लगायत आश्रममा आउनुहुने चिकित्सक टोली र नेपाल प्रहरी, सातदोबाटोका डि.एस.पि. श्री रामेश्वर यादवज्यू र आश्रममा आउनुहुने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धेरै धरै धन्यवाद्! थप जानकारीको लागि मो.नं. ९८५५०७६००५ र ९८५१०९५४७९।

बिराटनगर वार्ड नम्बर १६ स्थाई घर भई हाल दोहा, कतार रहनुभएका जयशंकर शाहले आफ्नो स्वर्गीय हजुरआमा ईन्द्रमुखी देवि शाहको ८ औं पुण्यतिथीको सम्झनामा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ हजार ५ सय ५५ रुपैया सहयोग गर्नुभएको छ । उहांको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

पोखरा १६ कास्किको दिप युनाईटेड क्लबले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख ६ हजार ६ सय ५५ रुपैया सहयोग प्रदान गर्नुभएको छ । सहयोगका लागि दिप युनाईटेड क्लबका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.