Latest Post

सरिताको पढाइका लागि दोस्रो वर्षपनि सहयोग पठाउनुभएकोमा चितवन समाज भिक्टोरियाप्रति हामी आभारी छौं ।

भरतपुर, ४ वैशाख ।
भरतपुर अस्पतालमा प्रमाणपत्र तह नर्सिङ अध्ययनरत विपन्न परिवारकी सरिता चेपाङलाई अष्ट्रेलियाका चितवनवासीले सहयोग गरेका छन् । हाल दोस्रो वर्षमा अध्ययनरत सरितालाई अष्ट्रेलियाको मेलबर्न बस्ने चितवनेहरुको समूह चितवन समाज भिक्टोरियाले ८० हजार रुपैयाँ नगद सहयोग गरेको हो । समाजका तर्फबाट स्थानीय प्रतिनिधि काशीप्रसाद गुरुङ र हेमप्रसाद गुरुङले सरितालाई भेटी सो सहयोग रकम सोमबार हस्तान्तरण गरे । चितवन समाजले यसअघि १ वर्षअघि पनि सरितालाई ८० हजार नगद सहयोग गरेको थियो ।
धादिङ जोगीमाराकी विपन्न चेपाङ परिवारबाट एसएलसीमा सहभागी भई ७५ प्रतिशत अंक ल्याएर पनि उच्च शिक्षा हासिल गर्न आर्थिक अभाव भएकी सरितालाई हामीले नगरे कसले गर्ने ? चितवनले संरक्षण गरी नर्सिङ पढाइरहेको छ । तीनवर्षे नर्सिङ पढ्नका लागि सरिताले पूर्ण छात्रवृत्तिमा पढिरहेकी छन् । छात्रावासमा बसेर अध्ययन गरिरहेकी उनलाई छात्रावास, स्टेशनरी तथा अरु अतिरिक्त खर्च चितवन समाज भिक्टोरियाले व्यहोर्दै आइरहेको छ ।
हालै सीटीईभीटीले सार्वजनिक गरेको पीसीएल पहिलो वर्षको नतिजामा सरिता ८२ प्रतिशत अंकसहित उत्तीर्ण भएकी छन् । उत्कृष्ट नतिजा थाहा पाएलगत्तै समाजका अध्यक्ष सोमप्रसाद गुरुङले अष्ट्र्ेलियाबाट सहयोग पठाएका हुन् । सरिताले राम्रो गर्दै गए उनको उच्च शिक्षामा सहयोग जारी राख्ने उनले बताएका छन् ।
(समाचार:"हामिले नगरे कस्ले गर्ने If not Us then Who?"बाट)

🌹🌹🎁🌹फलफूल वितरण 🌹🌹🌹🌹
मिति २०७४-१-५ गते

भरतपुर ५ निवासी यस अाश्रमकाे अभिभावक आदरणीय श्री पदमपानि खरेल ज्यु तथा श्री घनस्याम भण्डारि ज्यु द्वारा आश्रम भ्रमण गरि विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन
गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा
फलफूल सेवा गर्नु भएको थियो। उहाहरुले गर्नुभएको सहयोग र सद्भाव प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र  उहाहरूकाे सु:स्वस्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिकाे कामना गर्दछाै साथै यस कार्यक्रमलाई समायोजन गर्नु हुने यस अाश्रमकाे अभिभावक श्री पदम पानी खरेल ज्युलाई आश्रम परिवार विशेष धन्यवाद ज्ञापान गर्दछाै

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

मानवसेवा अाश्रम चितवन भरतपुर बाईपासराेडआँखा अस्पताल नजिकै ०५६-५२५८९४       (९८५५०७६००३)                    बार्षिक उत्सवकाे अवसमा आश्रममा दुई छाककाे भाेजनसेवा स्वरुप रु१३०००! स प्रेम अर्पण ।।।          भरतपुर११ मा अवस्थित भाेजाड बचत तथा ऋण सहकारि सस्था लिमिटेडकाे ८ अौ बार्षिक उत्सवकाे अवसरमा मानवसेवा आश्रममा गरिमा बढाइरहनु भएका लक्ष्मि नारायण(बुबा, आमा)हरुलाई दुई छाक बिहान रबेलुकाकाे भाेजन सेवाकाे लागि नगद रु१३०००! स प्रेम अर्पण  गर्नु भएकाे थियाे।                                उक्त भाेजनसेवा कार्यक्रममा सस्थाका अध्यक्ष श्री राजु पाैडेल ज्युले शुभभावना मन्तव् तथा आश्रमले गरेकाे सेवाकाे खुलेरै प्रशंसा गर्नु भएकाे थियाे।साे भाेजनसेवा कार्यक्रममा भाेजाड बचत तथा ऋण सहकारी सस्था लिमिटेडका शेयर सदस्यहरुकाे पनि गरिमामय उपस्थिति  रहेकाे थियाे।                   साथै मानविय भावनाले आेतप्राेत यश सस्थाका सम्पुर्ण  शेयरधनिहरुमा नयाँ बर्ष२०७४ सालकाे हार्दिक  मङ्गलमय शुभभावना व्यक्त गर्न चाहन्छौं । आउदाे दिनहरुमा यश सस्थाकाे अझै उन्नति, प्रगति हाेस्।जन जनमा यश सहकारी सस्थाकाे परिचय,गतिविधि तथा यसका क्रियाकलापहरु बारे जानकारी हाेस भन्न शुभ आशिर्वाद  दिन चाहनंछौ।।                      भाेजाड बचत तथा ऋण सहकारी सस्था परिवारलाई  धेरै धेरै  कृतज्ञता व्यक्त गर्न चाहन्छौ।जसले यश पुनित सद्कर्ममा आफ्नो  महत्त्वपूर्ण  साथ र सहयाेगि हातहरु बढाउनु भयाे।यहाँहरु सम्पुर्णलाई नमन।यहाँहरुकाे सधै उन्नति,प्रगति  भइरहाेस ।।।   धन्यवाद ।धन्यवाद ।धन्यवाद ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.