Latest Post

Missions taishya
नेपाल प्रवासी तमांग समाज कतारको शिक्षामा लगानी ...
ताईश्या नानाको छोरी ९ बर्शिय माया तामाङको बिद्यालय शिक्षा का निमित्त आवश्यक सम्पूर्ण ख़र्च (कक्षा १० सम्म) सुकु माया फ़ाउंडेसन मार्फ़त उपलब्ध गराउने ...धन्यवाद नेपाल प्रवासी तामाङ.समाज कतार🙏Ktm to sarlai🚓
- नायिका सुकुमाया मोक्तान

सरिताको पढाइका लागि दोस्रो वर्षपनि सहयोग पठाउनुभएकोमा चितवन समाज भिक्टोरियाप्रति हामी आभारी छौं ।

भरतपुर, ४ वैशाख ।
भरतपुर अस्पतालमा प्रमाणपत्र तह नर्सिङ अध्ययनरत विपन्न परिवारकी सरिता चेपाङलाई अष्ट्रेलियाका चितवनवासीले सहयोग गरेका छन् । हाल दोस्रो वर्षमा अध्ययनरत सरितालाई अष्ट्रेलियाको मेलबर्न बस्ने चितवनेहरुको समूह चितवन समाज भिक्टोरियाले ८० हजार रुपैयाँ नगद सहयोग गरेको हो । समाजका तर्फबाट स्थानीय प्रतिनिधि काशीप्रसाद गुरुङ र हेमप्रसाद गुरुङले सरितालाई भेटी सो सहयोग रकम सोमबार हस्तान्तरण गरे । चितवन समाजले यसअघि १ वर्षअघि पनि सरितालाई ८० हजार नगद सहयोग गरेको थियो ।
धादिङ जोगीमाराकी विपन्न चेपाङ परिवारबाट एसएलसीमा सहभागी भई ७५ प्रतिशत अंक ल्याएर पनि उच्च शिक्षा हासिल गर्न आर्थिक अभाव भएकी सरितालाई हामीले नगरे कसले गर्ने ? चितवनले संरक्षण गरी नर्सिङ पढाइरहेको छ । तीनवर्षे नर्सिङ पढ्नका लागि सरिताले पूर्ण छात्रवृत्तिमा पढिरहेकी छन् । छात्रावासमा बसेर अध्ययन गरिरहेकी उनलाई छात्रावास, स्टेशनरी तथा अरु अतिरिक्त खर्च चितवन समाज भिक्टोरियाले व्यहोर्दै आइरहेको छ ।
हालै सीटीईभीटीले सार्वजनिक गरेको पीसीएल पहिलो वर्षको नतिजामा सरिता ८२ प्रतिशत अंकसहित उत्तीर्ण भएकी छन् । उत्कृष्ट नतिजा थाहा पाएलगत्तै समाजका अध्यक्ष सोमप्रसाद गुरुङले अष्ट्र्ेलियाबाट सहयोग पठाएका हुन् । सरिताले राम्रो गर्दै गए उनको उच्च शिक्षामा सहयोग जारी राख्ने उनले बताएका छन् ।
(समाचार:"हामिले नगरे कस्ले गर्ने If not Us then Who?"बाट)

🌹🌹🎁🌹फलफूल वितरण 🌹🌹🌹🌹
मिति २०७४-१-५ गते

भरतपुर ५ निवासी यस अाश्रमकाे अभिभावक आदरणीय श्री पदमपानि खरेल ज्यु तथा श्री घनस्याम भण्डारि ज्यु द्वारा आश्रम भ्रमण गरि विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन
गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा
फलफूल सेवा गर्नु भएको थियो। उहाहरुले गर्नुभएको सहयोग र सद्भाव प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र  उहाहरूकाे सु:स्वस्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिकाे कामना गर्दछाै साथै यस कार्यक्रमलाई समायोजन गर्नु हुने यस अाश्रमकाे अभिभावक श्री पदम पानी खरेल ज्युलाई आश्रम परिवार विशेष धन्यवाद ज्ञापान गर्दछाै

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.