Latest Post

सामुदायिक बिद्यालयमा नयाँ भर्नाको लागि प्रबेश परिक्षा
- राजु चापागाईं अनन्त
सामुदायिक बिद्यालयमा भर्नाको लागि सुरुमा नै प्रबेश परिक्षा भन्दा अचम्म लाग्ने कुरा नौलो हुन छोडेको छ । नेपाल सरकारले प्रत्येक बर्ष बैशाखमा नयाँ भर्नाको लागि भर्ना अभियान सुरु गरेको हुन्छ र यहीअनुसार नै सबै बिद्यालयहरुले भर्ना अभियान गरेका हुन्छन् तर नवलपरासी जिल्लाको उत्कृष्ट बिद्यालय मध्यको देवचुली नगरपालिकामा अबस्थित भिमसेन माध्यमिक बिद्यालयमा भने शनिबार अभिभावक र बिधार्थीहरु सँगै बिहानै बिद्यालयमा प्रबेश परिक्षाका लागि आएका थिए । कक्षा ६ देखी १२ सम्म पढाई हुने यो बिद्यालयमा अहिले  १२४७ अध्ययनरत रहेका छन् र नयाँ आउने बिधार्थीहरुको हकमाभने एउटा न्युनतमआधारको लागिबि.स. २०६० सालबाट नै प्रबेश परिक्षा सञ्चालन गर्ने  गरेको कुरा बिधालयका प्रधानाध्यापक नरदेब न्यौपानेले बताउनुभयो ।जिल्लामै उत्कृष्ट नतिजा लगातार दिन सफल यस बिद्यालयले बिधार्थीहरुलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै ध्यानदिने र बिधार्थी ,शिक्षक र अभिभावकबिचको सम्बन्धलै नै यो अबस्थामा पुगेको कुुरा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सत्यनारायण भुषालले बताउनुभयो  । आजको प्रबेश परिक्षामा यस क्षेत्रका नीजि बिद्यालय र सामुदायिक बिद्यालयका  १२० जनाको उपस्थिती रहेको थियो ।

एक साथ दुई उद्धार

सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन(साँचो जीवननिर्माण अभियान) द्वारा संचालित मानवसेवा आश्रम, ललितपुरले आज दुई जना लक्ष्मी- नारायणको उद्धार गरेको छ। सडकमा कष्टकर जीवन विताईरहेका महिलालाई लक्ष्मी र पुरुषलाई नारायणको रूपमा आश्रममा सेवा गरिन्छ। उद्धार कार्यमा संलग्न ल.पु. म.न.पा.वडा नं. २३ ऐरावत टोल निवासी मानवसेवा आश्रम, ललितपुरका अभिभावक श्री सीता खनालज्यू तथा महानगरीय प्रहरी परिसरलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। थप जानकारीको लागि फोन नं. ०१५२५१२६२. ९८५५०७६००५.
,

हजुरआमाको तिथीमा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई भोजनसेवा ।
८,बैशाख,२०७४/ मानवसेवा आश्रम काठमाडौं ।
..........................................................
काठमाडौं गौशला स्थाई घर भई अमेरीका रहदै आउनुहुने आदरणीय परोपकारी तथा मनकारी व्यक्तित्व श्री पुनय प्रताप रायमाझिज्यू तथा सुविता खातीज्यूले स्व. हजुरआमाको पहिलो वर्षको तिथीको अवसर पारेर मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको छ ।

मानवीय सेवाको कार्यमा हात बटाउनुहुने आदरणीय मानवताप्रेमी व्यक्ति श्री पुनय प्रताप रायामाझीज्यू, सविता खातीज्यू प्रती सादर नमन् तथा  सम्पुर्ण परिवारमा सुख, शान्ति, समृद्धि तथा प्रगतीको लाई कामना सहित सम्पुर्ण आश्रम परिवार स्व. हजुरआमा अम्बिका श्रेत्रीज्यूको वैकुण्ठ बासको लागि ईश्वरसँग प्रार्थना गर्दछौं ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.