सामुदायिक बिद्यालयमा नयाँ भर्नाको लागि प्रबेश परिक्षा

सामुदायिक बिद्यालयमा नयाँ भर्नाको लागि प्रबेश परिक्षा
- राजु चापागाईं अनन्त
सामुदायिक बिद्यालयमा भर्नाको लागि सुरुमा नै प्रबेश परिक्षा भन्दा अचम्म लाग्ने कुरा नौलो हुन छोडेको छ । नेपाल सरकारले प्रत्येक बर्ष बैशाखमा नयाँ भर्नाको लागि भर्ना अभियान सुरु गरेको हुन्छ र यहीअनुसार नै सबै बिद्यालयहरुले भर्ना अभियान गरेका हुन्छन् तर नवलपरासी जिल्लाको उत्कृष्ट बिद्यालय मध्यको देवचुली नगरपालिकामा अबस्थित भिमसेन माध्यमिक बिद्यालयमा भने शनिबार अभिभावक र बिधार्थीहरु सँगै बिहानै बिद्यालयमा प्रबेश परिक्षाका लागि आएका थिए । कक्षा ६ देखी १२ सम्म पढाई हुने यो बिद्यालयमा अहिले  १२४७ अध्ययनरत रहेका छन् र नयाँ आउने बिधार्थीहरुको हकमाभने एउटा न्युनतमआधारको लागिबि.स. २०६० सालबाट नै प्रबेश परिक्षा सञ्चालन गर्ने  गरेको कुरा बिधालयका प्रधानाध्यापक नरदेब न्यौपानेले बताउनुभयो ।जिल्लामै उत्कृष्ट नतिजा लगातार दिन सफल यस बिद्यालयले बिधार्थीहरुलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै ध्यानदिने र बिधार्थी ,शिक्षक र अभिभावकबिचको सम्बन्धलै नै यो अबस्थामा पुगेको कुुरा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सत्यनारायण भुषालले बताउनुभयो  । आजको प्रबेश परिक्षामा यस क्षेत्रका नीजि बिद्यालय र सामुदायिक बिद्यालयका  १२० जनाको उपस्थिती रहेको थियो ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.