Latest Post

असहाय संरक्षण केन्द्रका बालबालिका संगै जन्मदिन मनाउँदै__सबैलाई भोजनसेवा।

भरतपुर ३ निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका शुभचिन्तक अभिभावक ज्यु मेरो आदरणिय दाजु अाकास बरालि ज्यु र आदरणिय भाउजू रुपा बरालि ज्युको प्यारि छोरी एनि बरालि ज्युको जन्मदिनको सुअवसर पारि मन्जुश्रीमा संरक्षित दिदिबहिनीहरु र छोराछोरीहरुसंगै आफन्त,बुवा,आमा साथिहरु सहित आफ्नो जन्मदिन मनाउदै उनीहरुको भोजनको व्यवस्था स्वरूप नगद रु ५,५५०/-(पाच हजार पाचस पचास)सहयोग सप्रेम समर्पण गर्नुभएको छ।

यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।।हाम्री प्यारि छोरीको जन्मदिन आज लाखौं लाख आशिर्वाद दिन्छौं।सुर्य जस्तै तिम्रो किरण संसार भरि छाउन सकोस।।अध्यारोमा जुनको जस्तै उज्यालो दिप आउन सकोस फुल जस्तै रङ्ग आवोस सधै सधै खुसि आवोस छोरी तिमिलाइ जन्मदिनको शुभकामना सगन्ध छावस बास्ना आवस फुल जस्तै जताततै अटल अनि अम्बर रहनु यो धर्तिमा तिमी सधै।।छोरी तिमिलाइ जन्मदिनको शुभकामना मन्जुश्रीको शुभकामना शुभकामना।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
बसेनिबजार गोर्खालि टोल।।

मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सुअवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग।।

भरतपुर २ निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका अभिभावक शुभचिन्तक आदरणिय बद्रीनाथ वाग्ले ज्यु इन्द्रीरा वाग्ले मेेरो आदरणिय गुरु आदरणिय राजेन्द्र वाग्ले ज्यु दिनेश  कोइराला ज्युहरुले संयुक्त रुपमा मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग हस्तान्तरण सप्रेम समर्णपण गर्नु भयो हजुरहरुको यो सहयोग को कदर गर्नेछौं आगामिदिनमा पनि यस्तै सहयोग मायाको अपेक्षा गर्दछु हजुरहरुलाइ यहिछ हाम्रो मन्जुुश्रीको शुभकामना दुवो जस्तै फैलिरहोस सगरमाथा चुम्न सकोस मनको इच्छा चाहाना सबै पूरा हुन सकोस सुख अनि शान्ति होस घरपरिवारमा नाम प्रतिस्ठा बड्दै जावोस समाज देशेेै भरि।उमंग होस मनै भरि।।रङ्गावोस फुल सरि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा उहाँहरुले मन्जुश्रीमा संरक्षित दिदिबहिनीहरु र छोराछोरीहरुको लागि सहयोग सप्रेम समर्पण गर्नुभएको छ । यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा मन्जुश्री का अभिभावक शुभचिन्तक श्री बद्रीनाथ वाग्ले ज्यु श्री इन्द्रिरा वाग्ले ज्यु हाम्रो अभिभावक सहयोगिदाता राजेन्द्र वाग्ले ज्यु श्री दिनेश कोइराला ज्यु,श्री रविना वाग्ले ज्यु श्री रोलिना वाग्ले ज्यु लगायतको उपस्थिति रहेको थियो।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
बसेनिबजार ११,

🌹🌹२५औं विवाह वर्ष गाँठको अवसरमा खाना सेवा तथा अक्षय कोषमा सहयोग 🌹🌹
मिति २०७४-०१-१६गते

मेनरोड नारायणगढ निवासी समाजिक व्यक्तित्व आदरणीय श्री ईश्वर कुमार श्रेष्ठ ज्यु तथा सुमती श्रेष्ठ ज्युको आज परेको २५औं विवाह वर्ष गाँठको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खाना असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा अक्षय कोषमा रु २५,००० समेत सहयोग गर्नु भएको छ।उक्त अवसरमा श्री इशु श्रेष्ठ,रंजिता श्रेष्ठ  र मन्जुला श्रेष्ठ ज्युकाे पनि उपस्थिति रहेकाे थियाे।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(अाश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.