Latest Post

परदेशिएकी चेलि
पश्चिम नेपाल को विकट गाउँ मा जन्मिएकी अनुजा लाई रोग भोक र शोक को कुरा गर्नै पर्दैन १२ हन्डर खाएर हुर्किएकी उ उच्च शिक्षा को लागि सबैको सबैको आशा तथा भरोसा को केन्द्र राजधानी प्रवेश नितान्तै नौलो र आशाको केन्द्र बनेको छ ।
बिबशता ले उसलाई एउटा सिधा नारी बनाएको छ अझ भनु निमुखा बनाएको छ हजारौं ठाँउ धाउदा धाउदा जागीर को मेसो मिलिरहेको छैन उसलाई अब त्यही विकट पहाड घर नै न्यानो लाग्न थाल्यो घर फर्कने लगभग तयारी गरि फेरि सोची गाउँ को दुख अनि स साना भाइ बहिनी कमजोर आर्थिक अबस्था फेरि मन लाई बाधी अनि संघर्स गर्ने बिचार गरि बाधेको पोको फेरि खोलि अनि फेरि उहीँ दौडधुप मा लागि जागिर कौ शिलशिला राजधानी पनि त्यति मनकारी कहाँ छ् र ? यहाँ जागिर पाउन फलामको चिउरा चपाउनु  सरी नै हुन्छ सोस फोर्स आफ्नो मान्छे हुनुपर्यो योग्यताको त कुरै छैन दिक्क दिक्धारीएकि अनुजा ले अन्तत परदेश जाने सोच बनाइ र मेनपावर मार्फत उ खाडीमा लागि सुरुमै घरेलु कामदार को रूपमा रहेकि अनुजा लाई त्यति सहज भने थिएन भाषिक समस्या देखि अन्य धेरै समस्या तर घर को दयनीय आर्थिक अभाव को अगाडि यी सबै उनको लागि नगन्य नै थियो घर मालिक ईमानदार नै थियो समयमै तलब हरु दिन्थ्यो ।यो हजारौं को हकमा एकजना लाई मिल्छ त्यो मानेमा अनुजा भाग्यमानी नै थिइन समय बित्दै गयो समय संगै अनुजा को दिनाचार्य मा पनि परिवर्तन आउदै गयो ।समय सङै बढदै गएको अनुजा को इच्छा एक स्वभाबिक पनि थियो अति मिलनसार अरुको बिश्वास छिटो नै गर्ने अनुजा लाई पनि एक जना ले माया दर्शायो कहिल्यै कसैको माया को अनुभुती गर्न नपाएकी अनुजा लाई उसको माया ले निकै प्रभाव पार्यो ।बिस्तारै उ बिना बाच्नै नसक्ने भइ ।यसैबीच मा उनिहरु बिचमा मायाको बिजारोपण समेत भइसकेको रहेछ जब यो कुरा उनलेे त्यो केटा समक्ष भनिन तब त्यसै दिन देखि उ गायब भयो उसले आफ्ना नम्बर हरु सबै बदलिदियो अनुजा को जिबन बाट यति टाढा भइदियो कि सायद अनुजा ले अब उसलाई कहिल्यै भेट्न् नै सक्दिन्न ।यति रोइन कराइ तर त्यसको कुनै अर्थ नै थिएन गल्ती अनुजा को पनि थियो उनी गलत मा लागेको थाह पाएर घर मालिक ले उनलाइ रोजगारी बाट निकालेर घर पठाउने निधो गर्यो कति धेरै आशा भरोसा बोकेर आएकी अनुजा एउटा सानो गल्ती ले आज घर फर्कदै छिन ।उनलाई अब आफ्नो भन्दा पनि आफ्नो गर्भमा रहेको सन्तान को चिन्ता भयो ।समाज ले के भन्ला भोलि सन्तान हुर्कदै गएपछि त्यो सन्तान ले बाबा खोइ भन्दा के भन्नू यी आदि अनुत्तरित प्रश्न हरु मनै भरी छल्किरहेका थिए तर पनि निकै बिचार गरि उनी बच्चा जन्माउने निर्णयमा पुगिन यी सबै घटना हरु लाई नजीक बाट नियाली रहेको सङम सिमा दम्पती ले एकचोटि अनुजा लाई भेट गरि अब जन्मने सन्तान माग्ने कोसिस गर्ने बिचार गरे किनकी यी जोडी को बिबाह भएको २० बर्ष हुँदा पनि सन्तान भएको थिएन सरल र मिजासिला सङम शिला दम्पती ले अनुजा लाई भेट गरे र प्रस्ताव गरे अनुजा अकमक परिन उनी संग कुनै उत्तर नै थिएन दिउ आफ्नो सन्तान कसरी दिउ नदिउ म कुमारी आमा के गर्नु के नगर्नु भयो सङम ले भने जुन दिन बच्चा जन्मछ त्यहि दिन बाट आफुले जे जन्मेपनि सन्तान बनाएर पाल्ने बाचा गरे र कहिल्यै पनि अनुजाको बारेमा नबताउने सल्लाह पनि भयो र अनुजाको पुनःस्थापना को लागि सङम दम्पती ले केही पैसा पनि दिने भयो तर सबैकुरा सुनिरहेकी अनुजा सङ कुनै विकल्प पनि थिएन र उसले अन्तत आफ्नो सन्तान दिने पत्रमा हस्ताक्षर गरिन नभन्दै एकदिन छोरा जन्मियो त्यसै दिन अनुजा ले सन्तान को जिम्मा सङम दम्पती लाई लगाइन उनिहरु बाट प्राप्त पैसा एउटा गाउँ कै स्कुलमा लगानी गरिदिइन यति हुँदा पनि उनको आत्मा ले शान्ति दिएन उनी हरेक दिन त्यही शिशु लाई सम्झेर उनी रुदै दिन कटाउन थालिन र मनमा अति भए पछि अनेकौं बाहना बनाएर एकचोटि फेरि आफ्नो सन्तान हेर्न गइन उ शुक्लपक्षको चन्द्रमा जस्तो हुर्किरहेको थियो धेरै पर बाट नियालिन फेरि सोचिन अब म आउदिन आए भने मेरो छोरा को भबिस्य नै अन्धकार हुन्छ भन्ने सोच्दै घर फर्कदै थिइन तर अपसोच सवारी दुर्घटना मा उनको निधन भयो उनी फेरि कहिल्यै नआउने बाटो गइन फेरि कहिल्यै नआउने बाटो गइन अब कहिल्यै छोरा लाई नभेटने गरि ।
प्रस्तुत कथा काल्पनिक कथा हो कसैको जीवन सग मेल खान गएमा संयोग मात्रै हुनेछ ।

लेखक :- गोबिन्द लामिछाने  अविरल ।
कथा :- परदेशिएकी चेलि

आयो है आयो ओय साइला ओइ साइली बजार मा मैले जानी न जानी शब्द लेख्ने प्रयास गरेको छु मेलिना राई र हरि थापा सर को दमदार आवाज हरि सर कै संगीत मा नेपाल कि चर्चित नाइका पृन्का कार्की र अहिले को चर्चित मोडल बिक्रम बुडाथोकी को ससक्त् अभिनय मा एक पटक हेरेर सल्हा सुझाब का साथै सियर गर्न न भुल्नु होला Bikram Budhathoki Hari Thapa ..


Contact Form

Name

Email *

Message *

Powered by Blogger.