Latest Post

तीन जना आमाहरुको उद्दार
मिति २०७४-०१-२३गते

लामो समय देखि नै नुवाकोट जिल्लाको विदुर नगरपालिकमा वेवारिसे अवस्थामा कष्टकर जीवन गुजारा गर्दै आउनु भएको मानसिक अवस्था ठिक नभएको,घर ठेगाना केही थाहा नभएको आमाहरुलाई महिला तथा बालबालिका कार्यलय नुवाकोट तथा छाता सस्था नुवाकोटको सहयोगमा लगभग ३५-५५ वर्षको गयत्री कोइराला,(२)उर्जा तामाङ र (३)लक्ष्मी मिजा नाम मात्र बताउने र अन्य कुनै पनि जानकारी गराउन नसक्ने अवस्थामा यस चितवन मानव सेवा आश्रम मा राख्न अनुरोध गरि आश्रमले उद्वार गरेको छ।यहासम्म ल्याई उद्वार गर्नु भएकोमा आश्रम परिवार उहाहरु प्रती आभार व्यक्त गर्दछौं 

हाल सम्म यस चितवन मानव सेवा अश्रामले ११२जना आमाबुवाहरुको उद्वार गरिसकेको छ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

मातापिताको ५५औं बिवाहबर्ष पुगेको उपलक्ष्यमा दृष्टिबिहिन परिवारको लागी रु २१,००० सहयोग।

गत माघ महिनामा आफ्ना मातापिताको  ५५ औ बिवाहबर्ष पुगेको  उपलक्ष्यमा उहाहरुका दुई छोराहरु गोबिन्द खत्री र कृष्ण खत्रीज्युले  सप्तरीका दृष्टिबिहिन परिवारको लागी रु २१,००० सहयोग पठाउनु भएको छ। उहाहरुलाई धेरै धेरै धन्यबाद । सधै यसरी नै दिन पुगोस खान पुगोस।।

- जिग्री पाँडे प्रतिस्ठान नेपाल
जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"


हाम्रो गौरब साली संस्था बाग्लुङ सेवा समाज बहराइन को तेस्रो सधारण सभा पछि हिजो शुक्रबार को दिन समिक्षा बैठक सम्पन्न गरियो संस्था का अध्यक्ष श्री अोम पुन मगर प्रमुख सल्लाहकार श्री जिबन रोका मगर र कार्य समिती का प्रतिनिधि ज्यु हरु को उपस्थितीमा अत्यन्तै सौर्न्दर्य बाताबरण मा सम्पन्न गरियो ।हाम्रो संस्था सुरु हुदा देखिनै बिभिन्न समस्या परि आर्थिक अभावले उपचार गर्न नसक्ने अवस्था भएको ब्यक्ती लाइ प्रकृतिक विनाश जस्ता बिनास्कारी प्रकोप बाट पीडित अबस्था लाइ मध्यनजर राख्दै हाम्रो सानो सहयोगले केहि परिबर्तन हुन्छ भने हामी गर्नुपर्छ भन्ने हेतु राख्दै समय समय मा सहयोग गर्दै आयका छौ ।यसै गरि बाग्लुङ जिल्ला क्षेत्र न ३ निसि गबिस वडा न ३ घर भयका खिमलाल जैसी उमेर २६ बर्ष यो उमेर मा मुटुको समस्या भै सल्यक्रिया गर्नु परेको हुदा केहि आर्थिक अभाब ले भनेको समय मा सल्यक्रिया गर्न असमर्थ  भयको कारणले हामीले हाम्रो संस्था का कोषाध्यक्ष श्री तेजेन्द्र बुढा को पहलमा उहाको कम्पनी मा केहि साथी हरु संग र हाम्रो सस्था बाग्लुङ  सेवा समाज बहराइन बाट केहि आर्थिक रकम संकलन गरि तेजेन्द्र बुढा ज्यु लाइ हस्तान्त्रण गरियो ।हाम्रो सबै को तर्फ देखी खिमलाल जैसी ज्यु को शिग्र स्वास्थ लाभको कामना गर्द छौ।
                            महासचिव प्रबिन खत्री
               ( बाग्लुङ सेवा समाज बहराइन परिवार)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.