Latest Post

🌹🌹खाजा सेवा🌹🎁

मिति २०७४/०१/२६ गते
यस अाश्रमका अध्यक्ष श्रीमती ममता शर्मा न्यौपाने तथा यस अाश्रमका संरक्षक,सि.एम.सि हस्पिटलका अध्यक्ष डा.हरिचन्द्र न्यौपाने ज्यु काे सुपुत्र/सुपुत्रि श्री अायुष न्याैपाने तथा श्री अमिषा न्याैपाने ज्यु द्वारा कुलदेवता पुजाकाे अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवनयापन गर्न
बिबस,अनाथ,अशक्त मानसिक सन्तुलन
गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको लागि खान बस्न ब्यवस्थाको साथै उपचार समेत गराउदै आएको यस चितवन मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई खाजा खुवाउनु भएको छ।असाहायहरुको साहार बनेको यस चितवन मानव सेवा आश्रमलाई गर्नु भएको सहयोग र सद्द्भाव प्रति  समस्त न्यौपाने परिवार प्रति आश्रम परिवार हार्दिक कृतज्ञता प्रकट गर्दै वहाहरुको सु:स्वास्थ्य,दिर्घायु, उत्तर उत्तर प्रगतिको कामना साथै वहाहरूकाे आयु आरोग्यको हार्दिक कामना गर्दछौं साथै अाश्रममा आश्रति बुवा आमाको र ईश्वरकाे आशीर्वाद यहाँलाई लागि रहने छ।उहाहरुको उज्वल भबिस्यको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम )

कतार बाट महेश श्रेष्ठ ज्युले सम्झनु भो मन्जुश्री असाहय संरक्षण केन्द्रलाई।।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका शुभचिन्तक आदरणीय
महेश श्रेष्ठ ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु११,२४७/-(एघार हजार दुइसय सत्चालीस)सप्रेम सहयोग गर्नु भएको छ।।

बार्हघरे निवासि हाल कतारलाइ आफ्नो कर्मथलो बनाइ बसिरनु भएका मनका धनी मनकारि महेश श्रेष्ठ ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रलाई नजिक बाट नियालि रहनुहुदो रहेछ।। सामाजिक संजाल बाट भएको हाम्रो भेट यो भेटमा मन्जुश्री असहाय संरक्षण केन्द्र बारे नियालि रहदा उहालाइ मन्जुश्री असहाय संरक्षण केन्द्र प्रतिको माया विश्वास सद्भावना जाग्यो र उहाले असहाय संरक्षण केन्द्रलाई सहयोग गर्ने भावना जाग्यो आज कतार देखि सम्झि मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत दिदीबहिनी छोराछोरीहरुका लागि नगद सहयोग गर्नु भो मेरो आदरणिय महेश ज्यु हजुरको यो सहयोगको कदर गर्नेछु।।।

कतारमा पसिना संग पैसा साटेर नेपालमा अफ्ट्यारोमा परेका हरुलाई सेवा गर्न सहयोगी हात बढाइरहनु भएका मित्रको यो परोपकारि भावना देख्दा मनमा खुसि हुन्छ मन नै भावुक भइदिन्छ अाफु माथि एति माया विश्वास भएकोमा। उहाले दिदिबहिनी र छोराछोरीको उज्जवल भविष्यका लागी नगद ११ हजार दुई सय सत्चालीस रुपैया आर्थीक सहयोग गर्नुभएको छ जुन मन्जुश्री असाहय संरक्षण केन्द्र ले प्राप्त गरीसकेको छ यति अभाव र अफ्यारो परिस्थितीमा हजुरले गर्नुभएको सहयोग नगद एघार हजार भएतापनी ११ लाख बरावरको महत्व राखेको छ हामीलाई उर्जा मिलेको छ अझै आगामी दिनहरुमा पनी सहयोग गर्दै जानेछु म पनी मन्जुश्रीको नजिक छु मेरो घर नजिकै छ भन्ने हजुरको महान बाणिले हामी अत्यन्तै पुलकित भएका छौ।हजुरको महान आत्मालाई खै कुन शव्दमार्फत नमन गरौ हजुरलाई सधै सेवा गर्न पुगीरहेको होस हजुरको कतार बसाई अत्यन्तै सहज र सफल होस अव छिटटै हजुरको मातृभुमीको आगमन हुने र मन्जुुश्रीमा छिट्टै स्वागत गर्न पाइनेमा हामि बिस्वस्त छौ।।

आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी महेश ज्यु संघ। मन्जुश्री असहाय संरक्षण केन्द्रको अभिभावक बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओैस।।

यो महत्वपूर्ण सहयोगको लागि यहाँलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

जन्मदिनमा आश्रममा सेवा लिइरहेका आमाबुबाहरुको लागि एकदिनभरीको भोजनसेवा गराउनुहुने आदरणीय परोपकारी व्यक्तित्व तथा साहास उर्जा लि.का अध्यक्ष श्री हिमप्रसाद पाठकज्यूप्रती सादर नमन् ।

तन स्वस्थ्य होस्, मन स्वस्थ होस्, स्वस्थ रहोस भावना, जन्मदिनको यहाँलाई लाखौं लाख शुभ भावना ।

भोजसेवा तथा अन्य थप जानकारीको लागि :
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.