Latest Post

शुभ जन्मोत्सवको अवसरमा एकदिन भरिको खाना सेवा🌹🌹

मिति:२०७४-०२-०१गते

भरतपुर-४ निवासि आदरणीय श्री विक्रम अधिकारी  ज्यु तथा विनिता अधिकारी ज्युको सुपुत्री श्री अभिलाशा अधिकारी ज्यु र आहाना अधिकारी ज्युको  आज परेको शुभ जन्मोत्सवको सु:अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ। उक्त अवसरमा हजुरबुवाआमा आदरणीय श्री देवी भक्त अधिकारी, बिष्णु माया अधिकारी तथा कृषि मन्त्रालयका सह-सचीव आदरणीय श्री लक्ष्मण प्रसाद पौडेल ज्यु,देवु पौडेल र कन्चन ढकाल ज्युको पनि उपस्थिति रहेको थियो।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै आज जन्मदिन पर्ने अभिलाशा अधिकारी ज्यु र आहाना अधिकारी ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

चौरासीको पावन अवसरमा मानवसेवा आश्रम - गोरखाको  सेवा कार्यलाई रू. ५०,०००।- ( पचास हजार ) स - प्रेम अर्पण!
सम्पर्क फोन : ०६४ -४२०६९४,९८५५०७६००६,९८५५०७६००१
.................................................
काठमाडौं, बत्तिसपुतली निवासी  परोपकारी एंव मानवीय भावनाले ओतप्रोत आदरणीय बुबा कवी केशरी बस्नेतज्यू र आमा शान्ता बस्नेतज्यूले आफ्नो चौरासीको पावन अवसरमा  मानवसेवा आश्रम - गोरखा शाखाको गरिमा बढाई रहनु भएका बालगोपालहरूको सेवा कार्यलाई थप सरल र सहज बनाउन सहयोग पुर्याउने अभिष्ट राखी रू.५०,०००।- ( पचास हजार ) स - प्रेम अर्पण गर्नु भएको छ।

सेवा का लागि अर्पण भएको  योगदान  रकम मानवसेवा आश्रमका संरक्षक आदरणीय आमा रसना टण्डनज्यूले आश्रमलाई स-प्रेम हस्तान्तरण गर्नुभएको मानवसेवा आश्रमको  सचिव एंव चितवन जिल्ला संयोजक  रूपा के.सीज्यू ले जानकारी दिनु भएको छ।
मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने उदारमना श्री कवी केशरी बस्नेतज्यू र शान्ता बस्नेत ज्यू लाई धेरैधेरै साधुवाद एंव  सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको हार्दीक मंगलमय शुभ - भावना !
............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।)
- धन्यवाद!

🌹🌹खाना सेवा🌹🌹
मिति:-२०७४/०२/१ गते

भरतपुर:-१ निवासि यस सस्थांको स्थापन काल देखि नै प्रत्येक महिनाको १ गते खाना सेवा तथा मासिक सेवा गर्नु हुने सामाजिक व्यक्तित्व तथा युवा व्यवसायी समाजसेवी आदरणीय श्री राजेन्द्र बानियाँ ज्यु द्वारा स्वर्गीय बुवाआमा श्री फाैद बहादुर बानिया तथा धन कुमारि बानिया ज्युकाे सम्झनामा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा गर्नुभएको छ।उहाले गर्नु भएको सहयोग र सद्दाभ प्रती सम्पुर्ण अश्राम परिवार विशेष धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं।साथै उहाकाे सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.