Latest Post

Published on Oct 26, 2016

कान्दा भिडियो डकुमेन्ट्री .....

कान्दामा नेपाल जर्नी लाईब्रेरी निमार्ण भएपछी कान्देली चेपाङ्गहरु खुसीले गदगद....
चितवनको अति बिकट क्षेत्र लोथर गाबिसको वडा नम्वर ९ कान्दा गाउमा नेपाल जर्नी पुस्तकालय स्थापना भएको छ । चेपागंहरुको बसोबास रहेको सो क्षेत्रका बिद्याथीकालागी लक्षीत गरी नेपाल जर्नी अमेरीकाले लाईब्रेरी निमार्ण गरेको हो । नेपाल जर्नीको ३ लाख ५० हजार आर्थीक सहयोग र नेपाल लाईब्रेरी फाउण्डेसनकोे प्राबिधिक सहयोगमा स्थापित लाईब्रेरीको एन.आर.एन.ए.अन्तराष्ट्यिसमन्वय परिषदका सदस्य तथा डेनमार्कका लागी नेपाल पर्यटन बोडका मानार्थ जनप्रतिनिधी सोमनाथ सापकोटाले उद्धघाटन गर्नु भयो । लाईब्रेरी निमार्ण भएपछी स्थानिय कान्देश्वरी प्राबिमा अध्यानरत बिद्यार्थीहरुको शैक्षिक बिकासमा ठुलो सहयोग पुग्ने देखिएको छ।पुस्तकालय स्थापना पछी कान्देलीहरु निकै खुसी भएका छन् ।





Published on Oct 5, 2016
नेपाल जर्नी अमेरिकाको आर्थिक सहयोगमा रामेश्वर पुस्तकालय भरतपुर २ क्षेत्रपुर चितवनमा रामेश्वर बिद्युतिय पुस्तकालय स्थापना भएको छ । पुस्तकालयको गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष एवं नेपाल सरकारका सदभावना दुत डा. शेष घलेले उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाले नेपाल जर्नीले नेपालमा निकै महत्व पुर्ण काम गरेको बताउनु भयो । नेपाल जर्नी अमेरिकामा स्थापना भएर पनी त्यहाको ब्यस्त जिवन छिचोल्दै अध्यक्ष मौसमी श्रेष्ठ सहितका पदाधीकारीले नेपालको लागी गरेको योगदान बाट आफु निकै प्रभाबित भएको बताउदै उहाले नेपाल जर्नीको बिकासको अभियानमा सधै साथ दिन तयार रहेको बताउनु भयो ।
English NEWS को लागी तलको लिकंमा किलिक गर्नुहोस।
http://dcnepal.com/news/english_news....

Contact Form

Name

Email *

Message *

Powered by Blogger.