Latest Post

आश्रममा आश्रय लिइरहनुभयकी ७५ बर्ष कि आमालाई छोरिले आँफैले रेख देख स्याहार संभार गर्ने गरि घर लैजानु भयो।

७५ बर्ष कि आमाको पारिवारिक पुन:र्मीलन--- सिन्धुपलाञ्चोक घर भएकी आमा  काइलीं तामाङ् आफ्नी छोरीको घर ल.पु.नख्खुडोलबाट हराउनु भईमानवसेवा आश्रम ललितपुरमा गत:बैशाष २० देखि आश्रय लिंदै आउनु भएको थियो। अल्जाईमरको समस्याबाट पिडित आमाको आफन्तजनको खोजी कार्य आश्रमले निरन्तर जारी राखे पश्चात्    छोरी निरमाया तामाङ् आश्रमको सम्पर्कमा आउनु भयो। आमा र छोरीको भेटले ल्याएको खुशी साटासाट पश्चाात् आफ्नी आमाको रेख देख स्याहार संभार आफैलें गर्ने गरि पुन: आफ्नै घर नख्खुडोल लैजानु भएको छ।

थप जानकारीको लागि फोन नं. ०१५२५१२६२/ ९८५५०७६००५

मानवसेवा अाश्रमको स्वास्थ्य सेवामा निरन्तर सहयोग ।
@Manavsewa Ashram Gorkha Branch

गोरखा, १३ जेठ २०७४ - मानवसेवा अाश्रम गोरखा शाखाको सुरवात समयदेखि नै लक्ष्मीनारायण तथा बालगोपालहरुको स्वास्थ्य उपचार तथा अौषधी सेवामा निरन्तर सहयोग गरिरहनुहुने श्री संगम मेडिसेल्स बसपार्क, गोरखा द्धारा अाश्रमको गरिमा १६ बालगोपालहरु, ४ लक्ष्मीनारायणहरु तथा अभियन्ता सेवकसेविकाहरुको अाश्रममा नै अाई Blood Grouping स्वास्थ्य परिक्षण/अौषधी नि:शुल्क उपलब्ध गराउनु भएको छ ।

अशक्त, अनाथ, अपाङ, असाहय एंव मानसिक संतुलन गुमाई सडकपेटी एंव सार्वजनिक स्थलहरूमा वेवारिसे भई कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरूको उद्दार, पालनपोषण, औषधीपचार एवं परिवारको खोजी गरि पारिवारिक पुन:मिलन गराउँदै २०८२ साल  ( अबको ८ वर्ष ) भित्र नेपालको धर्तिमा एक छाक खान नपाएर, एक सरो कपडा लगाउन नपाएर, नाथैनाथको देशमा कोहि पनि अनाथ भएर बस्न नपर्ने अवस्थाको निर्माण गर्ने संकल्पको साथ सेवामा समर्पित मानवसेवा आश्रमको स्वास्थ्य सेवामा पुर्याउनु भएको योगदान प्रति श्री संगम मेडिसेल्स सम्पूर्ण परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं।
................................................
मानवसेवा आश्रमको मुख्य कार्यालय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यालयहरूको बारेमा थप जानकारीको लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ०५६ - ५२५८९४, ९८५५०७६००३
काठमाडौंं , सामाखुशी : ०१-४३५७५६३,  ९८५५०७६००४
ललितपुर, हात्तीवन :०१-५२५१२६२,  ९८५५०७६००५
गोरखा, पाटेचौर : ०६४-४२०६९४,  ९८५५०७६००६
लमजुङ, बेसीशहर : ९८५५०७६००७
विरगंज, इन्डियन एम्बेसी पछाडि : ९८५५०७६००८
बाग्लुङ, बागलुङ बजार / पोखरा : ९८५५०७६००९

भरतपुर ११ निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका शुभचिन्तक अभिभावक ज्यु मेरो आदरणिय दाजु जीवन ढकाल ज्यु ले मन्जुश्रीमा संरक्षित दिदिबहिनीहरु र छोराछोरीहरुका लागि ३ बोरा चामल सहयोग सप्रेम समर्पण गर्नुभएको छ।।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ यश कामलाइ थप साथ दिन र काम लाई बिस्तार दिनको लागि हजुरले जुन सहयोग गर्नु भो हजुरको यो सहयोगको कदर गर्नेछु र आगामि दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु।।

यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।।
मन्जुश्री असाहय संरक्षण केन्द्र
भरतपुर, चितवन
९८५५०५३७८८/०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.