Latest Post

"यो भगवान कहाँ लुकेको होला है,चाडै मलाई दुख बाट मुक्ती दिये हुने!" मन रुवाउने यो वाक्य कान्ति बाल हस्पिटल मा सुतिरहेकी यी सानी नानुको हो।यी नानुको पीडा हटाउन साथ दिनुहुन्छ???????

#Please #Help

बिगत केही महिना देखि यो नानू शेरोन मगर कान्ति बाल अस्पताल मा ब्लड क्यान्सर रोग ले छ्ट्पटाइ रहेकी छिन्,डाक्टर ले उपचार नेपाल मा सम्भव छैन इन्डिया लैजानु सकेसम्म चाडो भनेका छन् र त्यहाँ को खर्च ५० लाख भा.रु लाग्छ bone marrow नै फेर्नु पर्ने भयेको छ,नानू को घर को स्थिति नाजुक छ र आमा बुवा ले हार मानेर बस्नु भयेको छ,
रुनु हुन्छ बस्नु हुन्छ..
#नानी ले नि भन्छ -यो भगवान कहाँ लुकेको होला है,चाडै मलाई दुख बाट मुक्ती दिये हुने ! यो सुन्दा मुटु नै काम्छ,कति पीडा होला त नानू लाई !
आज भेट्न जादा झन् स्थिति नाजुक हुँदै गैराको छ,
येति धेरै साथी हरु हुनु हुन्छ येहा तर पनि यो नानी को लागि हामी केही गर्न सक्दैनम,यो नानु लाई बचाउन सकिँदैन भने हामिले आफुलाइ धिक्कारे हुन्छ,दुख मा पर्दा हुदैनम हामी साथमा भने के को मानवता?सबै जना को साथ चाहिएको छ।
नानू लाई बचाउने कि छोडीदिने हाम्रो जिम्मामा छ ।

को को हुनु हुन्छ साथ दिने आउनुस हात बढाउनुस् !
सकिँदैन र मिलेर नानू लाई नया जीवन दिन?

बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क गर्नुहोस : प्रतिक अधिकारी: 9816173002                              Team Bloodpal का Head of Financial Department 

सोनिया गहतराज ज्युद्वारा मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित छोराछोरीहरुलाई मिष्ठान्न भोजन

आज कमलनगर निवासी परोपकारी मनकी धनी सोनिया गहत्राज ज्युले समयको सदुपयोग गरि यस मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित छोराछोरीहरुलाई मिष्ठान्न भोजन को व्यवस्था मिलाई रमाइलो गरिदिनु भयो आफ्नो रुचि अनुसारका मिठा परिकार पाउदा छोराछोरीहरु र दिदिबहिनीहरु औधी खुसी भए छोराछोरीहरु र दिदिबहिनीहरुलाइ खुसी दिने हजुरलाई ईश्वरले सधै खुसी बनाउनुभएको होस । हजुरलाई नया बसन्तले सफल्ताको मार्गमा डो¥याओस परिवारमा सुखशान्ति समृद्धि तथा तपाईलाई सधै सेवा गर्न पुगीरहोस भनी कामना गर्दछौ । संस्थाको तर्फबाट हजुरलाइ मुरि मुरि धन्यवाद टक्राउदछोै।

मन्जुश्री असहाय संरक्षण केन्द्र
बसेनिबजार गोर्खालि टोल।९८५५०५३७८८

सेवा नै धर्म हो भन्ने भनाईलाई आत्मसात गर्दै
सिन्धुपाल्चोक चौतारा सागाँचोकगढि नगरपालिका वडा न १४ डडुवा मा बस्नु हुने रहरमान तामाङज्युले
  बिनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउनुभएका पुजनिय आमा संजीमाया तामाड़ र आदरणीय भाउजु माया तामाड़को मृतआत्माको शान्तिको कामना गर्दै साथै आउन लागेको आफ्नो २२औ जन्मदिनको अबसर पारेर सम्तरी जिल्लाको गम्हारिया स्थित बिपन्न १७ जनाको दृष्टिबिहिन मण्डल परिबारका लागि @जिग्री-पाँडे प्रतिष्ठानद्वारा निर्माण गरिरहेको ३ वटा अपाड़्गमैत्री पक्कि घर निर्माणका लागी रु २५,०००।-(पच्चिस हजार)सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको छ।
यो उहाको दोस्रो समाजसेवा हो,पहिलो समाजसेवा धुर्मुश-सुन्तली फाउण्डेशद्वारा निर्मित मुसहर बस्तीका लागि रु ५०,००० सहयोग गर्नुभएको थियो
#धेरै सम्झना तथा न्यानो माया आमाप्रति
#उहाले जीवनभर आमाको मृतआत्माको शान्तिका लागी समाजसेवा गरिरहने अठोट लिनु भएको छ!
उहालाई लाखौ लाख शुभकामना तथा उहाप्रती हामी सधै आभारी छौ

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.