Latest Post

अशक्त तथा गरिब ताईस्या नाना र माया नानूको घर बनाउन  बिकास योन्जन तामाग ज्यु बाट ६,०००/- सहयोग||


"सानो छाप्रो पनि बाढीले बगाईदिए पछि सडकमा जिउन बाध्य शारिरीक र मानसिक रुपमा असक्त ताईस्या स्याँगतन को परिवारलाई नायिका सुकुमाया मोक्तान ले घर बनाईदिने भयकी छिन।"
---==-=================-==---

[४० बर्षीय ताईस्या स्याँगतन लालभिटी सर्लाहीवासी हुन् । वहॉं शारिरीक र मानसिक रुपमा असक्त हुनु हुन्छ । वहॉंको जन्म एउटा गरीब परिवारमा बुबा स्वर्गीय. जीत बहादुर स्याँगतन र अामा स्वर्गीय सुकुमाया वाईवाको कोखमा भएको थियो । वहॉँ परिवारमा जेठी छोरी हुन र एक बहिनी पनि छ । सानो छदा नै उनको आमा-बुबाको पनि मिरतु हुन गयो अनि उनीहरु बसिरहेको सानो छाप्रो पनि बाढीले बगाई दियो। हुनेको जाईताई, नहुनेको कही न कही भनेको जस्तो भयो। उमेर बढदै जाने क्रममा बहिनीको विवाह भयो र दिदी ताईस्यालाई एकलै छाडेर गईन । मानसिक रूपमा पनि अलि असक्त रहेकी ताईस्या सडकमा जिउन बाध्य भईन। सडकमा नै जिवीको पार्जन गरी बाचिरहेकी ताईस्यालाई पनि यो स्वार्थी समाजका नरपिचासहरूले शान्ति संग बाच्न दिएनन। आखिर ३० बर्षाको उमेरमा कोही अपरिचित व्यक्ति बाट ऊनी बलत्क्रित हुन पुगिन र गर्भवती भईन। अहिले उनको एक ९ बर्षीय छोरी माया घिसिगं साथमा छिन।सुने अनुसार ताईस्या र उनकी छोरी लाई त्यही गाऊको एक जना घिसिगं थरको मान्छेले नाम दिएर देखभालको ज़िम्मा दिएकोरहेछ, तर पछि त्यो मान्छेले पनि ऊनीहरुलाई छोडी गएछ्न। घर नहुनाको कारणले आमा र ९ बर्षकी छोरी माया दुवै असुरक्षित छन।आसपासका मान्छेहरूबाट जानकारी पाए अनुसार ताईस्या सहयोग गरी दिनुस् न भनी भीख माग्थिन् तर कोही पनि यस यौन शोशनमा परेको महिलालाई दया र सहयोग गर्न तयार छैनन। आजको दिन सम्म आईपुग्दा त्यो ठाऊमा ताईस्या मात्र हैन ऊनको ९ बर्षको छोरी माया पनि सुरक्षित छैनन। गाऊँमा सुने अनुसार आज पनि ताईस्यालाई गिद्दे नजर लगाऊने मान्छेहरुको कमी छैन, हरेक रात ऊनको चिच्याहाट सुनिन्छ रे तर ऊनको सहयोग मा मध्य रातमा कोही हुदैनन। अबको दिनमा ताईस्या जस्तै ऊनको छोरीको पनि हालत नहोला भन्न सकिन्न। जब मैले पहिलो पटक यस्तो कहाली लाग्दो कुरा सुने र देखे म आफैलाई अपठेरो र दुख लाग्यो । यस्तो मानसिक रुपमा पनि अलिक बिरामी  र शारिरीक अवस्था ठिक नभएको महिला माथि अमानवीय अन्याय र यौन शोशण भएकोमा यो उनको गल्ती थिएन । मलाई उनको ९ बर्षे छोरी र आमा प्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुवैको जीवन सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्यो । दुवै आमा छोरीले अरूले जस्तै समाजमा सुरक्षित साथ  बॉंच्ने हैसियत र अधिकार राख्दछ भन्ने लागेकोले मैले सहयोग संकलन गरी सानो छाप्रो छाना हाली दिने निर्णय लिएँ जहॉं आमा छोरी सुरक्षित साथ बाँच्न पाउने छ । मैले अन्यत्र पनि बस्ने सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेकी थिएँ तर ताईस्या आमा छोरीले त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् । वहॉंहरूको ईच्छा विपरीत जान म पनि सकिन र त्यही सानो कटेरो हाली दिने सोच बनाएँ जहॉं आमा छोरी बस्न र रमाउन सकुन् । तर म एकलैले यो सहयोग गर्न सक्दिन र मलाई जरूर सहयोगी हातहरूको आवश्क छ । बेसाहरा र असहाय गरीब दिन दुखीको सेवा गर्नु नै मानवीय महान धर्म हो। ताईस्या र ऊनको छोरीको उचित आधारभूत आवश्यकता गास, बास, कपासको ब्यबस्था गरि दिनु एकदम ज़रूरी छ। मलाई विस्वास छ यहॉंहरूले यी असाहय अामा छोरीको लागि मनको पोको खोल्नु हुने नै छ । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने नै छु । धन्यवाद।]
सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क:- ९८४१३७०९५३ // 9841370953
(जानकारि : नायिका सुकुमाया मोक्तानकै फेसबुक बाट)

मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३

"जन्मदिनको अवसरमा बिहानको भोजनसेवा @ मानवसेवा आश्रम ।"
भरतपुर-२ अमर मार्ग निवासी परोपकारी मनका धनी आदरणीय सुर्य बहादुर तिवारीज्युले आफ्नो जन्मदिनको खुसियालीको पावन अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण (आमाबुवाहरुलाई)बिहानको भोजनसेवा स-प्रेम अर्पण गर्नु भएको थियो ।उक्त पबित्र कार्यमा श्रीमती तारा तिवारीज्यु,छोरी समिक्षा तिवारीज्यु र बहिनी सबिता श्रेष्ठज्युको पनि गरिमामय उपस्थिति रहेको थियो ।आदरणीय सुर्य बहादुर तिवारीज्यिलाई मानवसेवा आश्रम परिवारको तर्फबाट जन्मदिनको लाखौं लाख शुभभावना  व्यक्त गर्दै हजुरको सु स्वस्थ्य,दीर्घयु  एवम उत्तरोत्तर प्रगतिको प्राथना गर्दै हजुरलाई सदैव सुखले खान पुगोस् र खुशीले खान पुगोस ।
धन्यवाद ।

शरिरिक रुपमा अशक्त तथा बेबारिसे अवस्थामा सडक जीवन बिताउदै आउनु भएको बिश्व नाथ मानव बुवालाई यस चितवन मानव सेवा आश्रमले उद्दार गरि
अकस्मात स्वास्थमा खराबी भई CMC अस्पतालको General medical ward मा उपचार गरिदै,

CMC अस्पतालले निरन्तर गर्दै आएको सम्पुर्ण नि:शुल्क सेवा उपचार प्रती साथै निरन्तर नि:शुल्क औषधि सेवा गर्नु हुने CMC फार्मेसी प्रती आश्रम परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं साथै बुवाको
सु:स्वास्थ,दीर्घयुको कामना गर्दछौं।

चितवन मानव सेवा आश्रम

 (नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९


Contact Form

Name

Email *

Message *

Powered by Blogger.