Latest Post

Canada Aberta बस्नुहुने योगेश बजगाँईज्युले
दृष्टिबिहिन परिवारको घर निर्माण सहयोगार्थ रु ७,५५१ सहयोग रकम हामिलाई पठाउनु भएको छ। उहालाई धेरै धेरै धन्यबाद अनि कार्यसफलताको  शुभकामना!!

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको पठन-पाठनको लागि आर्थिक श्रोत जुटाउने उद्धेश्यले “लालीगुराँस फाउन्डेसन चितवन नेपालद्वारा एम्बुलेन्स सेवा संचालन अभियानलाई रु ५०००  (पाँच हजार ) सहयोग गर्नुहुने बुर्तिबांग म्युजिक प्रा.लि.का प्रबन्ध निर्देसक श्री मोहन सेर्पाली ज्यु लाई  हार्दिक धन्यवाद ब्यक्त गर्दछौ  !!!

लालीगुराँस फाउन्डेसन परिवार

हर उत्सवमा साहारालाइ साथ ।
भरतपुर ५ तोरिखेत निवासी सरिता गिरि मात्र होइन उहाको सिङ्गो परिवार नै परिवारमा हुने साना ठुला जुन सुकै उत्सवमा पनि साहारालाइ छुट्याउनु हुन्न त्यसैले पनि एकै परिवार भएको आवास हामिलाइ हुन्छ हालै पनि पारिवरिक उत्वसको अवसर पारी नानुहरुलाइ भोजनका लागि खाधन्न सामाग्री उपलब्ध गराउनु भएको मा सरिता दिज्यु प्रती आभारी छौ सो सामाग्री साहारा सम्म पुर्‍याएर सप्रेम अर्पण गर्नु भएको मा आदरणीय रितु गिरि दिज्यु प्रती आभारि छौ । हामी सधै हजुर हरुको माया साथ र सहयोगको भोको हुनेछौ जुन निरन्तर हजुरहरुबाट यो परिवार लाई मिलिरहोस यहि कामना गर्दछौ ।
साहाराको घर परिवार
भरतपुर ११ चितवन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.