Latest Post

"मानवसेवा अाश्रमलाई प्रिन्टर स-प्रेम याेगदान....!!"

मिति २०७४ जेठ १८ गते बिहिवार
बेशिसहर-८ सेरावजार निवासी पराेपकारी मनका धनी हाल कतारमा कार्यरत अादरणीय राज रम्तेल ज्यु र अादरणीय साेमकुमारी रम्तेल ज्युले अाश्रममा अति अावश्यक प्रिन्टर सप्रेम याेगदान गर्नु भएको छ। नेपाल छुट्टीमा अाएकाे समयमा अाश्रम अवलोकनका क्रममा अति अावश्यकता महसुस गरि रु २२०००(बाईस हजार रुपैया)काे  एकथान प्रिन्टर सहयोग उपलव्ध गराउनु भएको छ। मानवीयताका धनी रम्तेल परिवारलाई हार्दिक अाभार अनि सप्रेम धन्यवाद । उहाँहरुलाई सधैंभरि यसरी नै सहयोग गरेरै खुशी खुशीले खाना र जिउन पुगोस् ।धेरै धेरै धन्यवाद....!!
थप जानकारीकाे लागि
   9855076007

A source of clean water is essential to helping people meet their most basic human needs. Make a tax-deductible gift now to help a in need. We are thankful to Babina Khadka for your contributions of $101

कृतज्ञता छौं, स–प्रेम भेटका लागि।

आदरणीय बविना खड्का हाल युलेसमा रहेर पानि प्रोजेक्टका लागि १०१ डलर सहयोग गरेर मानविय कार्यमा एक इट्टा थपिदिएर हामीलाई प्रेरणा दिनुभएकोमा आभार व्यक्त गर्न चाहन्छौ ।
फलेको बृक्ष सदैव झुकेको पाइन्छ । झुक्नेले नै सहजरुपमा सिक्न सक्छ । झुक्नु र सिक्नु जीवनका दुई पाटा हुन । सिक, टिक र विक भन्ने महामन्त्र बविनाजीको जीवनमा देख्न पाइन्छ ।तपैको जीवनमा सदैव अरुलाई सहयोग गरीरहन भावना जागृत भइरहोस । ईश्वरको कृपापात्र बनिरहनु होस । सहयोग को लागि धन्यबाद
संस्थापक अध्यक्ष
मौसमी श्रेष्ठ

विज्ञानको चरम विकाशले चन्द्रमा मा समेत समुन्द्रको खोजि भइरहेको अवस्थामा नवलपरासीको (मध्यबिन्दु नगरपालिका) मुकुन्दसेन गाविसमा विगत १७ बर्षदेखी पिउने पानीको समस्याले जीवन कष्टकर भइरहेको खवरले नेपाल जर्नि परीवारलाई मर्माहत तुल्याएको छ । पानि जस्तो सामान्य आधारभुत आवश्यकतालाई सरकारको बेखवरले एकपटक हामी सवैलाई झस्काएको भान भएको छ । एक गाग्रो पानिले एक हप्ता पुर्याउनु पर्ने अवस्थाको कल्पना समेत गर्न गाह्रो हुने गर्दछ । 
पानि जीवनको अनिवार्य आवश्यकतालाई परिपूर्ति गर्ने अभिष्ट लिएर हामी गैर आवासिय नेपालीहरुको सक्रियतामा सञ्चालन भइरहेको उदयमान सामाजिक संस्था नेपालजर्निले पानिको व्यवस्था मिलाउने पवित्र उद्धेश्यलाई सफल बनाउन पानि प्रोजेक्टका लागि पुर्याउनु भएको अतुलनिय सहयोग प्रति हामि आभार व्यक्त गर्दछौ । 

Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.

Nepal Journey (नेपाल जर्नी)  
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168 
Visit our website : 
http:/www.nepaljourney.org
सहयोग गर्नको लागि >> https://www.gofundme.com/clean-safe-reliable-water

अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको पठन-पाठनको लागि आर्थिक श्रोत जुटाउने उद्धेश्यले “लालीगुराँस फाउन्डेसन चितवन नेपालद्वारा एम्बुलेन्स सेवा संचालन अभियान" लाई रु ५०००  (पाँच हजार ) सहयोग गर्नुहुने श्री अमृत माझी ज्युलाई  हार्दिक धन्यवाद ब्यक्त गर्दछौ  !!!

लालीगुराँस फाउन्डेसन परिवार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.