Latest Post

मातृभुमिका लागि पर्बत सेवा समाज नेपाल साखा ईजरायल

"बाध्यताले देखायो परदेशको बाटो
नभुलौं  कसैले जन्मेको माटो"

भन्ने नारालाई आत्मसाथ गरि रोजगारिको सिलसिलामा रहेका पर्बतेलिहरु मिलि गठन भयको गौरबशाली संस्था मातृभुमिका लागि पर्बत सेवा समाज नेपालले स्थापना काल देखिनै पर्बतमा मात्र नभई नेपालमा विभिन्न भागमा अशहाय गरिब तथा विभिन्न भैपरिआउने आपत बिपद साथै स्वास्थ्यको क्षेत्रमा धेरै मृगौला पिडित हरुलाई उपचारको लागि सहयोग , महिला हरुको लागि गाईनो शिबिर, लगायतका सहयोगका साथै विशेष गरि सेवा नै धर्म हो भन्ने नारालाई अगाढी बढायर गरिब असाहाय बालबालिकाको लागि संस्थाले विशेष अभियानका रुपमा शैक्षिक तथा खेलकुद सामाग्री बितरण गर्दै आयको कुरा हामी सबै माझ छर्लङ्ग छ, यसै गरि सहयोगको शिलशिला अगाढि बढाउँदै हाम्रो संस्था मातृभुमिको लागि पर्बत सेवा समाज ईजरायल शाखा बाट मल्लाज को दलित बस्तीमा रहेको समाज कल्याण आधारभुत स्कुलका १०४ जना बिद्यार्थी हरुलाई स्कुल ब्याग,कापिकलम , ह्वाईट बोर्ड बितरण गरियो।

सो कार्यक्रममा हामिलाई साथ दिनुहुने प्याप्सन पर्बत,होटेल बेन्जु लगायत स्कुलका प्र.अ. ओम सर , क्लब का पुर्ब अध्यक्ष लगायत मातृभुमिकालागी पर्बत सेवा समाज नेपाल शाखा ईजरायलका अध्यक्ष नरेन्द्र क्षेत्री लगायत सम्पुर्ण पदाधिकारी तथा कार्यसमितिका साथी हरुलाई सबैलाई धन्यबाद दिन चाहन्छौं।

मातृभुमिका लागि पर्बत सेवा समाज ईजरायल

अध्यक्ष : नरेन्द्र क्षेत्री 

महासचिव : ज्योती शर्मा 

 टाईपिङ: प्रभा पौडेल शर्मा 

१५० औं रक्तदान समारोह समिति को आयोजनामा नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेम सागर कर्माचार्यद्वारा २०७४ जेठ २४ गते हुने १५० औं पटकको रक्तदान कार्यक्रमको शुभअवसरमा सम्पूर्ण नेपाल स्वयंसेवी रक्तदाता समाजका सम्पूर्ण आजिवन सदस्य तथा स्वयंसेवी रक्तदाताहरु र शुभचिन्तकहरु उपश्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं !
स्थान :- सीटी स्क्वाएर ,बागबजार (पहिला मोडेल अस्पताल रहेको ठाउं )

श्रेष्ठ राधा
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज
३० वडा नगर समिति, काठमाडौ ।

आमाको पुण्यतिथीको अवसरमा मानवसेवा आश्रममा भोजनसेवा!!!
...............................
हेटौँडा- ४ निवासी परोपकारी मनको धनी आदरणीय यशोदा गौतमज्यूले आफ्नो आमाको पुण्यतिथीको अवसरमा मानवसेवा आश्रममा आई बेलुकाको भोजनसेवा गराउनु भएको छ। मानवीय सेवाको कार्यमा सहयोगी हात बढाउनुहुने आदरणीय दिदीलाई धेरै धेरै धन्यवाद एवम् स्वर्गिय आत्माको चीर शान्तिको लागि भगवानसँग प्रार्थना!!!

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Contact Form

Name

Email *

Message *

Powered by Blogger.