Latest Post

वैबाहिक वार्षिक उत्सवको सुअवसरमा खाद्यान्न अर्पण--------------------------
२२ असार- मानवसेवा आश्रम ललितपुर--- समाजसेवी उदारमनका धनी पति पत्नीद्वय श्री दिपक कार्की र श्री शोभा घिमिरेज्यूको आज परेको वैबाहिक वार्षिक उत्सवको सुअवसरमा अत्यावश्यक खाद्यान्न अर्पण गर्नु भयो। वहाँहरूलाई  सफल तथा सुखद् दाम्पत्य जीवनको लागि हार्दिक शुभेच्छा अर्पण गर्दछौं। छैठौ वैबाहिक वार्षिक उत्सवको मनाउने क्रममा सम्पन्न महत्वपूर्ण कार्यक्रमको सुअवसरका केही झलकहरू

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

नेपाल आउँदै पिच्छे म आफुले गर्न सक्ने धेरथोर सहयोगहरु गरिरहन्छु । यसपाली कता जानुपर्ला भनी सोचिरहेको थिएँ त्यसलाई मेरा आदरणीय काकाले पूरा गरिदिनु भयो । लगभग ३५ जनाजति अनाथ बालबालिकाहरु रहेको न्यु चिल्ड्रेन होममा सानो सहयोग पुर्याउन मद्दत गर्नुहुने Young Nepal  का साथीहरुलाई धेरै धेरै धन्यवाद ।

- पुरु जोशी

"द्वादशीकाे अवसर पारि मानवसेवा अाश्रमलाई सहयोग.................!!"
बेशिसहर-७सहजी निवासी अादरणीय मैयाँ बस्नेत ज्युले मानवसेवा अाश्रम व्यवस्थापनकाे लागि थप सरल र सहज बनाउने उद्रूेश्यले मानवसेवा अाश्रमलाई नगद रु १५५०(एक हजार पाँच सय पाँच रुपैयाँ) र मुठ्ठीदान चामल स-प्रेम याेगदान गर्नुभएको छ। सहयाेगी उदारमना मनकाे धनी अादरणीय मैयाँ बस्नेत ज्युलाई सदैव खुशि खुशिकाे साथ जिउना,खान पुगाेस् दिन पुगाेस्।
      धेरै धेरै धन्यवाद
अव्यवस्थित सडकमानवमुक्त एवं मानवीयताकाे राष्ट्र(country of Humanity)नेपाल निर्माणका प्रमुख अभीष्टकाे साथ खुल्ला अाकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश,शारिरीक तथा मानसिकरुपमा अशक्त तथा सहयाेगापेक्षी मानवहरुकाे उद्वार उपचार,पालनपोषण तथा पारिवारिक पुनर्मिलान गराउने उद्वेश्यले संचालित मानवसेवा अाश्रम थप जानकारीकाे लागि 066-521359,9855076007

Contact Form

Name

Email *

Message *

Powered by Blogger.