Latest Post

अष्ट्रेलियाबाट जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च बिद्यालयको अक्षयकोषमा ।
रत्ननगर नगरपालिका -६ बछौली चितवन निवासी आदरणिय सहयोगी दाजु श्री लिलानाथ पाठक एंवम् श्री अनिता पाठकज्युको अष्ट्रेलियाको पर्थमा बस्नुहुने प्यारो छोरा बिपीन पाठकज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा सुख,शान्ति र समृद्दीको शुभकामना प्रदान गर्नु हुँदै जन्मदिनको अवसरमा
गरिने फजुल खर्च अर्थात अनुत्पादक खर्चलाई कटौती गर्दै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू.३,३३३।-सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ ।
आज बिहान अष्ट्रेलियाको पर्थमा हुनुहुने सहोयगी भाई श्री बिपीन पाठकज्यूलाई सामाजिक संजाल फेसबुक मार्फत जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको सुभकामना प्रदान गर्ने क्रममा ब्यक्त गर्नु हुँदै खैरहनी मावीमा जेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूकलागी निःशुल्क पठनपाठन गर्न एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा ६२ लाख पुग्न सफल भएकोमा बधाई साथै शुभकामना प्रदान गर्दै अष्ट्रेलिया देखी आफ्नो मातृभुमीलाई सम्झदै जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्चलाई कटौती गर्दै बिधालयको अक्षयकोषमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसीब्यक्त गर्दै उक्त सहयोग रकम वहाँको बुबा आमा श्री लिलानाथ पाठक एंवम् श्री अनिता पाठकज्यूले प्रदान गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट वहाँका सहयोगी परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा अष्ट्रेलिया देखी आफ्नो जन्मदिनको अवसरमा ह्रदयदेखी सहयोग प्रदान गर्नु हुने आदरणिय सहयोगी भाई  श्री बिपीन पाठकज्यूलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 

१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२

२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 

३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 

गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 


- मुरली प्रसाद गजुरेल 



छोरीहरुको उज्जवल भविष्यको कामना गर्दै भोजनसेवा
०८, श्रावण, २०७४, मानवसेवा आश्रम काठमाडौं
........................................
अमेरीका टेक्सास निवासी आदरणीय परोपकारी एवं मनकारी श्री सुदिपजंग पाडेज्यू, एवं सुलक्षणा सिंहज्यूले  आफ्ना छोरीहरुको उज्ज्वल भविष्यको कामना गर्दै आश्रममा भोजनसेवा गराउनुभएको छ ।

छोरीहरु दिनासा समरागी, आईलेजा सुभांगीनी एवं आइसानी एलिजा पाडेज्यूको उज्ज्वल भविष्यको कामना गर्दै भोजनसेवा गराउनु भएको हो ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी एवं मनकारी श्री सुदिप जंग पाडेज्यू एवं सुलक्षणा सिंहज्यूप्रति विशेष आभार । भोजनसेवा कार्यमा उपस्थित भई उत्सावर्दन गरिदिनुहुने आदरणीय मानवसेवा आश्रमका संरक्षक गुरुआमा रसना टण्डनज्यू लगाएत सम्पुर्णमा सादर नमन् ।

आश्रमबारे थप जानकारीको लागि :
०१४३५७५६३, ९८५५०७६००४

अमेरीका रहेकी छोरीको जन्मदिनमा मानवसेवा आश्रम काठमाडौंमा भोजनसेवा
परोपकारी पिता श्री प्रेम कुमार श्रेष्ठ एवं माता मिठु श्रेष्ठ थापाज्यूलाई विशेष आभार ।
११, श्रावण २०७४, मानवसेवा आश्रम काठमाडौं
..............................
अमेरीका निवासी छोरी करुण श्रेष्ठ  थापाज्यू एवं ज्वाई प्रकाश  थापाज्यूको उत्तरोत्तर प्रगतीको कामना गर्दे काठमाडौं २६, मित्रनगर  निवासी आदरणीय परोपकारी एवं मनकारी श्री प्रेम कुमार श्रेष्ठज्यू एवं माता मिठ्ठु माया श्रेष्ठज्यूले भोजनसेवा गराउनुभएको छ ।

भोजनसेवा कार्यक्रममा नेपाली होटल व्यवसायी संघका प्रथप उपाध्यक्ष श्री उमेश सुवेदीज्यू (दिपेन), दितिय उपाध्यक्ष श्री जितेन्द्र गिरीज्यू, महासचिव गडेश ढकालज्यू, मानवसेवा आश्रमका अभिभावक श्री सुवर्णलाल चित्रकारज्यू, दाई आश श्रेष्ठज्यू, बहिनी   शान्ता श्रेष्ठज्यू एवं भाई प्रविण श्रेष्ठज्यूलगाएकोउपस्थिती रहेको थियो ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने सम्पुर्ण परिवारजन एवं अमेरीकामा रहनुहुने आदरणीय परोपकारी करुणा श्रेष्ठज्यू एवं प्रकाश थापाज्यूप्रति विशेष आभार ।

सेवा सम्योजनमा महत्वपुर्ण भुमिका निर्भाह गरिदिनुहुने नेपाली होटल व्यवसायी संघ परिवारजनप्रती हार्दिक नमन् ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९



Contact Form

Name

Email *

Message *

Powered by Blogger.