Latest Post

जन्मदिनमा आश्रममा भोजनसेवा, सादुवाद आदरणीय पारोपकारी माता रमा पौडेल अर्यालज्यूलाई, जन्मदिनको लाखौ लाख शुभभावना छोरा संजय अर्यालज्यूलाई
१४, श्रावण २०७४, मानवसेवा आश्रम काठमाडौं....

किर्तिपुर काठमाडौं निवासी मानवसेवा आश्रम काठमाडौंको सुरुवात देखि नै तन, मन, धनको त्रिवेणीबाट सहयोग गर्दै आईरहनुहुने मानवसेवा आश्रमका अभिभावक आदरणीय माता रमा पौडेल अर्यालज्यू एवं पिता शिव अर्यालज्यूले छोरा संजय अर्यालज्यूको जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रम काठमाडौंका गरिमा लक्ष्मीनारायण एवं वालगोगालज्यूहरुकोलागि भोजनसेवा गराउनुभएको छ ।

मानवीय सेवाको कार्यमा अविच्छिन्न साथ, सहयोग र प्रेम बषाईरहनुहुने परोपकारी मातापिताज्यूमा सादर नमन् एवं छोरा संजय अर्यालज्यूप्रती  जन्मदिनको लाखौ लाख शुभकामना ।

तन स्वस्थ होस्, मन स्वस्थ होस्, स्वस्थ रहोस भावना, जन्मदिनको शुभ अवसरमा लाखौ लाख शुभकामना ।

भरतपुर - ३ चितवनमा निर्माण हुन गईरहेको भवननिर्माणको सेवाको लागि सयपत्री मेडिकल कन्सर्न परिवारको तर्फबाट रू. ३५,१११।- स - प्रेम अर्पण !
........................................................
समाजमा विभिन्न परिस्थितिले लाचार र  विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलनको सेवामा जुट्दै आईरहेको मानवसेवा आश्रमको चितवन शाखाको भरतपुर - ३ नारायणगढमा निर्माण हुन गईरहेको भवननिर्माणको सेवाको लागि सयपत्री मेडिकल कन्सर्न परिवारको तर्फबाट परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय जनकराज पौडले रू. ३५,१११।- ( पैतिस हजार एक सय एघार ) स - प्रेम अर्पण गर्नु भएको छ।
यूनिक साकोसले  निर्माणहुन गईरहेको भवननिर्माणको सेवा कार्यलाई विउ पूँजीको रूपमा रू. ५०,१११।- स-प्रेम हस्तान्तरण गर्ने कार्यक्रममा आफ्नो प्रेम रकम अर्पण गर्नु भएको हो।
मानवीय सेवाको कार्यमा सहयोगी हात बढाउनु हुने उदारमना जनकराज पौडेलज्यू एंव सयपत्री मेडिकल कन्सर्न परिवारलाई धेरैधेरै साधुवाद एंव सुख, शान्ति, प्रगती, सु - स्वास्थ, दिर्घायूको हार्दीक मंगलमय शु - भावना !
मानवसेवा आश्रम, चितवन शाखाको बारेमा थप जानकारीको लागि : ०५६ - ५२५८९४,९८५५०७६००३,९८५५०८१८९९,९८५५०७६००१ )

कावासोतीका थापा १४ दिनदेखि वेपत्ता,खोजी गरिदिन परिवारको आग्रह
ज्ञानु पंगेनी, नवलपरासी , १४ साउन
नवलपरासीको कावाासेती नगरपालिका २ भाट्टोलाका ४५ वर्षका लक्षुमण थापा १४ दिनअगिदेखि वेपत्ता भएका छन ।
उनको परिवारले उनलाई खोजी गरिदिन पत्रकार , प्रहरी , नागरिक समाजलाई आग्रह गरेको छ । यहि साउन १ गते काठमाण्डौबाट नवलपरासीतर्फ फर्कदै गर्दा चितवनको मुग्लिनसम्म सम्पर्कमा रहेका उनी एक्का सम्पर्क विहिन बनेको उनककी श्रीमती रुचिका थापाले बताईन ।   आमाको अप्रेसनका लागि  असार २९ गते काठमाण्डौ गएका थिए । घरबाट राम्रैसंग निस्किएका र साउन १ गते साझ ७ बजेसम्म फोन  सम्पर्कमा रहेका उनी वेपत्ता भएपछि परिवार चिन्तामा परेको छ ।  उनी पुस्तक पसल संचालन र हकरको काम गर्दै आएका थिए ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.