Latest Post

मानवसेवा आश्रमको मुख्य कार्यलय, मकवानपुर - हेटौंडा।
परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत साथै नेपाल अाईडलको टप पन्ध्र मा पुगि  हेटौंडा र नेपालकै  गरिमा बन्न सफल   विद्या तिवारीज्यूले आफ्नो कलाको माध्यामबाट आर्जन गरेको धनबाट आफ्नो इच्छा कटौति गरि मानवसेवा आश्रमको सेवा कार्यलाई थप सरल र सहज बनाउन सहयोग पुर्याउने अभिष्ट राखी रू. २०००।- सेवा कार्यको लागि स - प्रेम अर्पण गर्नु भएको छ।   आफ्नो पूजनिय  बुवा श्याम तिवारीज्यूको साथमा आश्रम मै आई आफ्नो प्रेम रकम अर्पण गर्नु हुने उदारमना विद्या तिवारीज्यू एंव परिवारलाई धेरैधेरै साधुवाद एंव सुख, शान्ति, प्रगति, सु - स्वास्थ, दिर्घायूको हार्दीक मंगलमय शुभ - भावना !
........................................................
मानवसेवा आश्रम - मुख्य कार्यलय - मकवानपुर, हेटौंडाको बारेमा थप जानकारीको लागि : - ०५७ -५२७३९४,९८५५०७६००२,९८५५०७६००१

सहयोगको लागि धन्यबाद भाउजू

भेरी अस्पताल नेपालगन्जमा आर्थिक अभावको कारण मृत्युको दोसाधमा रहेका जाजरकोट सिउनका आकाश भण्डारीलाई  भाउजू ,सहयोगी मनका धनी ,भेरी खबर मिडिया को अध्यक्ष भाउजू नन्दा शाही 'के सि'ले बिरामी भण्डारीलाई अस्पताल मै पुगेर उपचार खर्च रु २०००/- रकम सहयोग गर्नु भएको छ।भाउजू प्रती हार्दिक आभार सहित धन्यवाद।
जाजरकोट सिउनका २१बर्षका आकाश मृत्युको मुखमा खेल्दै नेपालगन्जको एक अस्पतालमा,बाबू बल ब:द्वारा सहयोगको लागि अपिल।
जाजरकोट ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत २महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार २०बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने घर,खाने गास नभएका आकास भण्डारी बिगत दुई महिना देखि आर्थीक अभावको कारण उपचारमा समस्या भएको छ।र केही दिन अघि मात्र भण्डारीलाई नेपालगन्ज उपचारको लागि पुर्याइएको छ।नेपालगन्ज पुगेर पनि आर्थिक नभएकै कारण भण्डारी अहिले मृत्युको दोसाधमा रहेका छन।भण्डारीलाई जाजरकोटबाट नेपालगन्ज जाने ब्यबस्था,नेपालगन्ज अस्पतालमा चेक जाँचका साथै सम्पुर्ण ब्यबस्था जाजरकोटका पत्रकार सामाजिक अभियन्ता लक्ष्मण रसाइलीले गरेका छन।र अहिले नेपालगन्जमा विभिन्न चेक जाँच प्रयोगशालामा गर्दा पनि कुन रोग लागेको हो भनी पत्ता समेत लाग्न सकेको छैन। नेपालगन्जमा रहेका भण्डारीको रगत,दिशा,पिसाब,खकार सबै जाँच गर्दा समेत कुनै रोग पत्ता नलागेपछि उनलाइ सिटि स्क्यान गरिएको छ।तर पैसा नभएकै कारण अहिले उनको स्क्यान रिपोर्ट सम्म आउन सकेको छैन।नेपालगन्जमा मृत्युको दोसाध अनि बिचलित भण्डारीको साथमा उनको बुवा भएपनी न घरमा पैसा,न घर,न जमीन न कोहि आफन्त नै नभएको कारण भण्डारीको जीवन मृत्यु संग खेली रहेको छ।भण्डारीको सहयोग र साथको लागि जाजरकोटबाट पत्रकार ,सामाजिक अभियन्ता रसाइली  अहिले अस्पताल  मै पुगेका छन र सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल गरेका छन भने  त्यस्तै नेपालगन्जमा उपचाररत छोरा आकाशलाई बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
सहयोगको लागि:9868220879
- लक्ष्मण रसाईली समर्पण

" खुशीको अबसर "

" विराटनगरमा पहिलो चोटि संसारको सबैभन्दा तेजिलो दिमाग भई गिनिज बुक अफ वल्ड रेकर्डमा नाम राख्न सफल भएका ब्यक्ति श्री `अर्पण शर्मा ´ को २ दिने  कार्यशाला गोष्ठी  हुँदैछ । 
सिट सिमित छ,
कार्यक्रममा स्थान:- वीरेन्द्र सभागृह
समय:-२०७४/०४/२० शुक्रबार ( ३बजे) र २०७४/०४/२१ गते
शनिवार(१ बजे )
टिकट दर :- रु १०००
student को लागि (५०% छुट):- रु ५०० मात्र।
टिकट पाउने स्थान :-
१. ICS Institute, Puspalal Chowk
२.Dreams Cafe, SansarI maisthan
३.Yours Cafe, Roadseash
४. Kamala medical hall, Rajbanshi chowk(९८४२१५४७०६)
(जानकारी : सतिश गौतम बाट)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.