Latest Post

" सेवा नै धर्म हो "।
जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च कटौती गर्दै विधालयको अक्षयकोषमा ।
पर्यटकिय नगरी चितवन सौराहा घर भै हाल बाँके राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत आदरणिय सहयोगीमनका धनी श्री लाल बहादुर भण्डारीज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा चितवन ,खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज नगद रू.२,००५।-सहयोग प्रदान गर्नु भएको छ ।
आज जन्मदिन पर्नु हुने आदरणीय सहयोगीमनका धनी एंवम् सामाजिक ब्यक्तित्व श्री लाल बहादुर भण्डारीज्यूलाई सामाजिक संजाल फ़ेसबुकको माध्यमबाट वहाँलाई जन्मदिनको अवसरमा शुभकामना प्रदान गर्ने क्रममा खुसीब्यक्त गर्नु हुँदै चितवनको खैरहनी मा.वि.मा आर्थीक अभावको कारण उच्च शिक्षा अध्यनगर्न कठिनाई पर्ने जेहेन्दार तथा असाह्यगरीबविधार्थीहरूकोलागी उच्च शिक्षा अध्यनगर्न " एक करोडको " लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरेको अक्षयकोषमा हाल सम्म ६२ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्दै जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै यस पुण्यकार्यमा सहयोग होस् भन्ने उदेश्यले आज बाँके देखी केही आर्थिक सहयोग प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरूमापनि यसरी नै आफ्ना परिवारजनहरूको जन्मदिनको अवसरमा यस सामाजिक अभियानको रूपमा थालनी गरिएको अक्षयकोषमा सहयोग गर्दै जाने बिचार ब्यक्त गर्नु भएको छ भने अक्षयकोषले लिएको आफ्नो लक्ष्य चाँडै पुराहोस् भन्ने शुभकामना समेत ब्यक्त गर्नुभएको छ ।
बिधालय तथा अक्षयकोषको सम्पुर्ण परिवार उहाँका सहयोगी परिवार प्रती  हार्दिक आभार ब्यक्त गर्नुकासाथै यस सामाजिक अभियानलाई आफ्नो शुभ जन्मदिन, अवसरमा ह्यदयका साथ सहयोग पर्दान गर्नुहुने आदरणिय सहयोगीमनकमनका धनी श्री लाल बहादुर भण्डारीज्यूलाई शुभ जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना,सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको कामना ब्यक्त गर्दछौं ।


संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 

१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२

२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 

३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 

गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 


- मुरली प्रसाद गजुरेल 


"जन्मदिनको खुशी @ मानवसेवा आश्रम ।"
................................................
गणेशचोक निवासी परोपकारी मनका धनी आदरणीय प्रमिला श्रेष्ठज्युको शुभ जन्मदिनको अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुको लागि खाद्यान्न सहयोग गर्नु भएको छ । उक्त कार्यमा आदरणीय शिशिर प्रधानज्युको पनि उपस्थिति रहेकोे थियो । हजुरहरुलाई  सदैब सुखले खान पुगोस र खुशीले दान गर्न पुगोस ।
धन्यवाद


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


अाश्रमकाे सेवा कार्यलाई सहज बनाउज खाद्यान्न स-प्रेम याेगदान।।    
मानवसेवा आश्रम मुख्य  कार्यालय हेटैंडा मकवानपुर   सम्पर्क नम्बर -०५७_५२७३९४ ,९८५५०७६००२       

                                                 हेटैंडा ९ निवासि पराेपकारी मनका धनी मानवसेवा अाश्रमका सुभेच्छुक अादरणिय बिष्णु प्रसाद बिडारी ज्यु ले अाश्रमकाे सेवा कार्यलाई थप सहज र सरल बनाउन अाटा१२ झाेला, चिनि, मिस्रि, घ्यु लगायतका सामग्री अाश्रममा अाई स-प्रेम याेगदान गर्नु भएकाे थियाे।     मानवता प्रेमि सम्पूर्ण  बिडारी परिवारलाई सधैं सुखले खान पुगाेस र अाफुभन्दा कम अवसर पाएका व्यक्तिहरुकाे सेवामा हासिखुसि दान गर्न पुगाेस।।।     सबैकाे मङ्गल हाेस,सबैकाे कल्याण हाेस,प्राणि मात्रकाे हित हाेस, विश्वकाे जय हाेस।।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.