Latest Post

पहिला पहिला "मुख समालेर बो" भन्ने चलन थियो | आजकल "फेसबुक समालेर बोल" भन्नु पर्ने बेला आएको छ |  फेसबुक मै २ \ ४ अक्षर बाङ्गो लेखेको आधारमा धामाधम पक्राउ परिरहेका छन् | लेखेर सोच्नु भन्दा सोचेर लेखौं | बाँकी जुकर्बर्ग को जो आदेश |
-  केदार घिमिरे "माग्ने बुडो"
https://m.facebook.com/story.php?story_fbid=1832813706733752&id=100000154200966

जन्मदिनको अवसरमा हुने फजुल खर्च विधालयको अक्षयकोषमा ।
खैरहनी न.पा.-८ पर्सा चितवन निवासी ग्लो साइन एकेडेमी स्कुलका प्रधानाध्यापक आदरणिय सहयोगी गुरू श्री टेकराज अधिकारीज्यूको जिवन संगिनी श्री तारा अधिकारीज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई ( अनुत्पादक ) अन्त्य गर्दै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू. १००५।-सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ ।
यस सामाजिक अभियानमा निरन्तर सहयोग प्रदान गर्दै आउनु हुने आदरणिय सहयोगी गुरू श्री टेकराज अधिकारीज्यूलाई सामाजिक संजाल फेसबुक मार्फत आज बिहान वहाँको जिवन संगिनी श्री तारा अधिकारी ज्यूलाई जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्नुहुदै आर्थिक अभावका कारण कुनै पनि वालवालिका शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने उदेश्यकासाथ खैरहनी मावीमा कक्षा ११ र १२ मा अध्यनगर्ने जेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूकोलागी निःशुल्क छात्रवृद्दी प्रदान गर्न एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा हाल सम्म ६२ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्नु हुदै जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्चलाई शैक्षिक क्षेत्रमा लगानी गर्ने परम्पराको बिकास भएकोमा खुसी ब्यक्त गर्दै जिवन संगिनी तारा अधिकारीको आज पर्न गएको जन्मदिनको अवसरमा सुख,शान्ति र समृद्दीको शुभकामना प्रदान गर्दै जन्मदिनको अवसरमा केही आर्थिक सहयोग प्रदान गर्ने अवसर प्राप्त भएकोमा अत्यन्तै खुसी हुदै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट आदरणिय सहयोगीमनकीधनी आदरणिय बैनी तारा अधिकारीज्यूलाई यस सामाजिक अभियानको रूपमा थालनी गरिएको अक्षयकोषमा आफ्नो जन्मदिनको अवसरमा ह्र्दयदेखी नै सहयोग प्रदान गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 

१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२

२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 

३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 

गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 


- मुरली प्रसाद गजुरेल 



स्व. माता श्री सत्यभामा के.सी.ज्यूको सम्मानमा मानवसेवा आश्रम काठमाडौंमा खाद्यन्न सहयोग गर्नुभएको छ । सामाखुशी काठमाडौं निवासी छोरी बैजिल के.सी.ज्यू, शैजिल के.सीज्यू एवं अष्ट्रेलिया  सिड्नीमा रहनुहुने आदरणीय छोरा प्रतिज क्षेत्रीज्यूले आमाको सम्मानमा रु. १२,००० ( अक्षरुपी बाह्र हजार) बराबरको खाद्यन्न सहयोग गर्नुभएको हो ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने सम्पुर्ण उदारमना परोपकारी छोराछोरीहरुको उत्तरोत्तर प्रगतीको लागि शुभभावना एवं स्व. माता सत्यभामा के.सी.ज्यूप्रती हार्दिक श्रद्धान्जली एवं बैकुण्ठ बासको लागि ईश्वरसँग प्रर्थना ।

मानवसेवा आश्रमले विभिन्न कारणहरुबाट सडककिनाराहरु एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोण एवं पारिपारी पुनर्मिलन गराउदै आइरहेको छ ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Contact Form

Name

Email *

Message *

Powered by Blogger.