Latest Post

अष्ट्रेलियामा हुने छोरीको जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च बिधालयको अक्षयकोषमा ।
खैरहनी न.पा.-८ पर्सा चितवन निवासी आदरणिय सहयोगी श्री काशीनाथ पौडेल एंवम् श्री कुमारी पौडेलज्यूको अष्ट्रेलियाको सिड्नी बस्ने छोरी सोनी पौडेलज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा सुख,शान्ति र समृद्दीको शुभकामना प्रदान गर्नु हुँदै जन्मदिनको अवसरमा
गरिने फजुल खर्च अर्थात अनुत्पादक खर्चलाई कटौती गर्दै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू.१,००५।-सहयोग प्रदान गर्नु भएको छ ।
यस अभियानलाई निरन्तर सहयोग प्रदान गर्नु हुने आदरणिय सहयोगी मित्र श्री काशीनाथ पौडेलज्यूलाई अष्ट्रेलियाको सिड्नीमा हुने छोरीको जन्मदिनको अवसरमा शुभकामना  प्रदान गर्ने क्रममा ब्यक्त गर्नु हुँदै खैरहनी मावीमा जेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूकलागी निःशुल्क पठनपाठन गर्न एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा ६२ लाख पुग्न सफल भएकोमा बधाई साथै शुभकामना प्रदान गर्दै छोरी सोनी पौडेलको जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्चलाई कटौती गर्दै सुख शान्ति र समृद्दीको शुभकामना प्रदान गर्दै बिधालयको अक्षयकोषमा केही आर्थिक सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसीब्यक्त गर्दै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट वहाँका सहयोगी परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा अष्ट्रेलिया देखी आफ्नो जन्मदिनको अवसरमा ह्रदयदेखी सहयोग प्रदान गर्नु हुने सहयोगीमनकीधनी श्री सोनी पौडेलज्यूलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।-
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ ।
गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ ।

- मुरली प्रसाद गजुरेल

जन्मदिनको अवसरमा हुने फजुल खर्च विधालयको अक्षयकोषमा ।
खैरहनी न.पा.-१३ गौवा, चितवन निवासी हाल खैरहनी न.पा.-८ पर्सा अवस्थित पर्सा रिल्याक्सिड० सेन्टर का संचालक आदरणिय सहयोगी मित्र श्री सुनिल कुँवरज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई ( अनुत्पादक ) कटौती गर्दै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू. १५००।-सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ ।
आदरणिय सहयोगी मित्र श्री सुनिल कुँवर ज्यूलाई आज बिहान सामाजिक संजाल फेसबुक मार्फत जन्मदिनको अवसरमा शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्दै , आर्थिक अभावका कारण कुनै पनि वालवालिका शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने उदेश्यकासाथ खैरहनी मावीमा कक्षा ११ र १२ मा अध्यनगर्ने जेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूकोलागी निःशुल्क छात्रवृद्दी प्रदान गर्न एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा हाल सम्म ६२ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्नु हुदै जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्चलाई शैक्षिक क्षेत्रमा लगानी गर्ने परम्पराको बिकास भएकोमा प्रशंसा गर्नु हुँदै आज आफ्नो जन्मदिनको अवसरमा केही आर्थिक सहयोग गर्ने अवसर प्राप्त भएकोमा अत्यन्तै खुसी हुदै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट आदरणिय सहयोगी मित्र श्री सुनिल कुँवरज्यूलाई यस सामाजिक अभियानमा आफ्नो जन्मदिनको अवसरमा ह्र्दयदेखी नै सहयोग प्रदान गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 
गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 

- मुरली प्रसाद गजुरेल 

"एक मनोरोगी महिलाको उद्धार @ मानवसेवा आश्रम ललितपुर-९८५५०७६००५ ।"
ललितपुर जाउलाखेलमा मनोरोगी भई अत्यन्त कस्टकर जीवनयापन गर्न वाध्य आफ्नो नाम सुशिला बताउने अन्दाजी ३५ वर्सिय मनोरोगी आमालाई आश्रमका अभिभावक आदरणिय श्री श्याम थापाज्युको सहयोगमा उद्दार गरी आश्रम ल्याइएको छ । उद्दार कार्यमा साथ र सहयोग पुर्‍याउनुहुने आदरणिय अभिभावकज्युमा सादर नमन  ।
समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलनको सेवामा २०६९ भाद्र १३ गते मकवानपुर हेटौंडामा मानवसेवा आश्रमको स्थापना भई चितवन - भरतपुर, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, पर्सा - विरगंजमा मानवसेवा आश्रमको सेवा संचालन भईरहेको सादर जानकारी गराउन पाउँदा हर्ष लागेको छ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.