उपचारको लागि खर्च नभए पछि हस्पिटलबाट निकालीदियो,सक्दो सहयोग गरौं:+६०११३६५१७४८
मानिसको अनिश्चित कालिन जिन्दगीमा कतिपय कुराहरु कुनै योजना प्लान बिना नै आफुले सोचेको भन्दा ठिक उल्टो भैदिन्छ यो कसैले टार्न सक्दैनन् चाहेर नचाहेर पनि विवशतावस भोक्नै पर्ने हुन्छ तपाईं हाम्रो जिन्दगीमा सबैजनाले ।
त्यस्तै घटना रसुवाको आईतराम तामाङको जीवनमा पनि घटेको छ र उहाँले भोक्दै पनि छन् हालसालै । गरिबीको कारण आफ्नो परिवारीक आर्थिक स्थितिलाई बलियो वनाउनको लागि विगत केही बर्षादेखि मलेसियामा कार्यरत आईतराम तामाङ ड्युटी जाने क्रममा सडक दुर्घटना हुँदा उहाँको एउटै खुट्टा दुई ठाउँमा भाँचिएको र हाल मलेसियामै रहेको तर उहाँ काम गर्ने कम्पनीले कुनै उपचार खर्च नदिएकोले अहिले धेरै समस्यामा परिरहेको पिडा आज मैले प्रत्यक्षा उहाँको मुख बाटै सुने । उहाँलाई उपचारको लागि खर्च नभए पछि हस्पिटलबाट पनि निकाली दिएको र अहिले झन् खुट्टाको घाउ गनाउन थालेको पीडा पनि उहाँले सुनाउनु भयो । उहाँको दुख पीडाले मेरो मुटु नै चिसो भइदियो र मैले यो पिडाको भाव तपाईंहरु सामु प्रस्ट्याउँने जमर्को गरेँ । यदि मानवताको नाताले तपाईं हामीले केही सर सहयोग जुटाउन सक्यौं भने आईतराम तामाङको पक्कै पनि खुट्टाको उपचार राम्रो हुन्थ्यो होला कि भन्ने मनमा सोच्दै तपाईंहरु लाई पनि जानकारी गरएकी छु ।तपाईं हामी सबैजना मिलेर उहाँको लागि सक्दो सहयोग गर्नको लागि पनि आग्रह गर्दछु । धन्यवाद !
साङ्मु थोकर तामाङ ,साइप्रस ।
बिरामिको सम्पर्क नम्बर +६०११३६५१७४८