Latest Post

जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च कटौती गर्दै बिघधालयको अक्षयकोषमा ।
बुटवल -१५ निवासी आदरणिय सहयोगी बैनी श्री कुसुम शर्माज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा चितवनको खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा नगद रू. १०००।- सहयोग प्रदान गर्नु भएको छ ।
जन्मदिन पर्नु हुने बैनी कुसुम शर्माज्यूलाई सामाजिक संजाल  फेसबुक मार्फत जन्मदिनको अवसरमा शुभकामना प्रदान गर्ने क्रममा भएको कुरा कानीमा खुसी ब्यक्त गर्नु हुँदै खैरहनी मावीमा कक्षा ११ र १२ अध्यनगर्ने  बिधार्थीहरूकलागी छात्रवृत्ती प्रदान गर्न एक करोडको लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरिएको अक्षयकोषमा हाल सम्म ६२ लाख पुग्न सफल भएकोमा प्रशंसा गर्नु हुँदै यस अभियान लाई सार्थक बनाउन आफ्नो जन्मदिनको अवसरमा गर्ने फजुल खर्चलाई कटौती गर्दै केही आर्थिक सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा बुटवल देखी सहयोग प्रदान गर्नु हुने आदरणिय सहयोगी बैनी श्री कुसुम शर्माज्यूलाई जन्मदिनको उपलक्ष्यमा सुख,शान्ती र समृद्दीको शुभकामना ब्यक्त गर्दछौ ।

 संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 
गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 

- मुरली प्रसाद गजुरेल 


हे शुद्ध चित्त , हे बुद्ध चित्त तपाईंहरुको जय होस् !
सयुक्त राज्य अमेरिकाको बोस्टन बस्नुहुने श्रद्दिय शिव प्रकाश +जोती पौड्याल दम्पतीमा  हाम्रो हार्दिक सम्मान !  सदैव  लक्ष्मी प्रतिष्ठान प्रति हजुरहरुको अगाध मायाँ, यसका अभियानामा  साथ् ,सहयोग र सहकार्य भैरहदा  हामीलाई धेरै खुसि लागेको छ। यसररिनै  हामी बीच सहकार्य हुदैजाँदा  भविष्यमा कान्दा जस्तै थुप्रै कन्दराहरु रमणीय ठाउँमा परिवर्तन ल्याउन सकिने छ  भने हामीहरु बिचको  हातेमालो  एकदिन  देशलाईनै  समुन्नतिमा जैजान सहायक शिद्ध हुने छ। हजुरहरुबाट प्राप्त ( ५००+५०० अमेरिकी डलर )  सहयोगले चितवनको चुलीमा कष्टकर जीवन विताइरहेका अति सिमान्तकृत बालबालिकाहरुको शिक्षामा पहुँच गराइन संचालनमा ल्याएको कुमार बलराम स्मृति  छात्रावासमा बस्दै आएका बालबालिकाहरुकोलागी सहयोग पुगेको छ।  हामीलाई आत्मा बिश्वास बनेको छ कि , हाम्रा पवित्र  कर्महरुमा हजुरहरुको आशिर्वाद तरंगित छन र त्यहि आशिर्वादको किरणले  एकदिन कान्दामा आश्रित बालबालिकाहरु ज्यती बने  सारा देशलाई प्रकाशमय बनौन सफल हुनेछन।  हामी सबैको जय होस् !

अध्यक्ष
विष्णु गौतम
लक्ष्मी प्रतिष्ठान

हे शुद्ध चित्त , हे बुद्ध चित्त तपाईंहरुको जय होस् !
लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती १३ मा रहेका अति सिमान्तकृत गरीब चेपाङ बालबालिकाहरुका लागि संचालन गरिएको कुमार बलराम स्‍मृति छात्रावासमा बस्दै आएका विद्यार्थीहरुको पठनपाठनलाई दिगो बनाउन संचालित साथीका लागि साथी कार्यक्रममा समावेश गरिएका मध्ये कक्षा २ मा अध्ययनरत अब्राहम  प्रजालाई सयुक्त राज्य अमेरिकाको बोस्टन निवासी प्रशन्न +सुशिला संग्रौला दम्पतीले आफ्नी छोरा  आरोहन  को लागि साथी  (दाजु )को रुपमा स्वीकार  गर्दै  अभिभावकत्व ग्रहण गरी पहिलो  एक बर्षको लागि उक्त छात्रावासमा बस्न , खान र पढन लाग्ने खर्चआबस्यक रु ५१ ,००० / उपलब्ध गराउनु भएको छ।   एउटा गरिब परिवारमा जन्मिएका अब्राहम  लागि उक्त छात्रावासमा उपलब्ध हुने गुणस्तरीय शिक्षासंगै खाने र बस्ने व्यवस्थामा पुगेको सहयोगले अब्राहमको  रुपमा राष्ट्रले एउटा कर्णाधार प्राप्त गर्नेछ भने कान्दाली छोरा छोरी मार्फत राष्ट्रको  विशिष्ट पहिचान बन्ने छ  म विश्वस्त छु । यो मानविय अभियानमा सहयोग पुर्याउनु हुने सानोबाबु  आरोहन संग्रौला   लगायत उहाँका माता पिता  प्रति हामी हार्दिक सम्मान ब्यक्त गर्दछौं ।

अध्यक्ष
विष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ।
http://www.laxmipratisthan.org/sponsor-a-child/

Contact Form

Name

Email *

Message *

Powered by Blogger.