Latest Post

नमस्कार,
बाढी पिडीतहरूको लागी म मेरो ब्यक्तीगत रूपमा रू. ५१,०००( एकाउन्न हजार) सहयोग गर्ने घोषणा गर्दै, स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई पनि सहयोगका लागी अपिल गर्न चॉहन्छु।र उक्त रकम कुनै एक भरपर्दो  संस्थाको खातामा जम्मा           गरीदिनेछु। र त्यसको जानकारी पनि यसैगरी दिनेछु। एक नेपाली हुनुको नॉताले मनले सकेको सहयोग गरौं। फेसबुकको कम्पिटीसनमा पहीलो हुन तिर न लागौं र अरूलाई गाली पनि न गरौं। मनै देखी गरीयको समाजसेवालाई अरूको ऑखाले न देखे पनि भगवानका ऑखाले अवस्य देख्नेछन।
- कलाकार जितु नेपाल "मुन्द्रे"

https://www.facebook.com/jitu.nepal.9

सिभ शक्ति इन्टरप्राईजेज बाट मन्जुश्रीलाई खाद्यान्न सहयोग।।

दुम्किबास २ निवासि आदरणिय दाजु यमबहादुर गुरुङ ज्यु दुम्किवास देखि एक हप्ता अगाडि मन्जुश्रीको बारे बुझ्न आउनु भको थियो दाजु खुसि हुनुभएको थियो र म केही सहयोग गर्छु भन्दै बिधा हुनुभएको आज मन्जुश्रीमा एक्कासि दाजुलाइ देखे। दाजुले आफै मन्जुश्रीको पीडा बुझि भान्छामा खाद्यन्नको अभावले आत्तिएको बेला मन्जुश्री असहाय संरक्षण केन्द्रको आवश्यकतालाइ नियाल्दै आज अति आवश्यक पर्ने खाद्यन्न सामाग्री दाल चामल चाउचाउ चिसो मिठाइ चिजबलहरु हस्तान्तरण गर्नु भयो  साच्चै भगवानकै स्वरुप बनेर आउनुभयो यमबहादुर दाजु।

हजुरको साथ ले हामीलाई अझै जोस जागर मिलेको छ
यति अभाव र अफ्यारो परिस्थितीमा हजुरले गर्नुभएको सहयोग ले हामीलाई उर्जा मिलेको छ अझै आगामी दिनहरुमा पनी सहयोग गर्दै जानेछु अफ्ट्यारो पर्दा मलाई सम्झनुहोला है म पनी मन्जुश्रीको नजिक छु भन्ने हजुरको महान बाणिले हामी अत्यन्तै पुलकित भएका छौ।हजुरको महान आत्मालाई खै कुन शव्दमार्फत नमन गरौ हजुरलाई सधै सेवा गर्न पुगीरहेको होस हजुरको शिभ शक्ति इन्टरप्राइचेज अत्यन्तै सहज र सफल होस।।

आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दाजुलाइ। हाम्रा यस्तो कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओैस शिभ शक्ति इन्टेप्राइचेजको।।

यो सुअवसर जुटाईदिनु भो आदरणीय दाजु यमबहादुर गुरुङ ज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।
मन्जुश्री असहाय संरक्षण केन्द्र।।
यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

नेपालको तराई मा अहिले आएको प्राकृतिक विपत्ति वाडी वाट प्रभावित क्षेत्रमा तत्काल खाने कुरा ,लत्ता कपड़ा र औषधी उपचार गर्न नेपाल जर्नी ले स्थापना गरेको दैवी प्रकोप उद्दार कोषमा रक़म सकलन गर्ने क्रम मा प्रेम थापा ज्यको तर्फ वाट २० डलर सहयोग प्राप्त भएको छ वहा लाई  सस्था को तर्फ वाट हार्दिक धन्यवाद !!!

Nepal Journey (नेपाल जर्नी)  
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168 
Visit our website : 
http:/www.nepaljourney.org

Contact Form

Name

Email *

Message *

Powered by Blogger.