Latest Post

"तलबबाट कटाउनु" भनेर सेनिटरी प्याडहरु सहयोग गर्ने कष्मेटिक सपकी बहिनी मनमै बसिन् ।

समग्रमा आजको दिन उपलब्धिमुलुक रह्यो । परिवारको सदस्य र आफू स्वयमबाट बाढी प्रभावित क्षेत्रको लागि सहयोग रकम संकलनबाट दिन सुरु भयो । आरआरका विद्यार्थीहरुको सक्रियतामा आज राहत संकलनको लागि लगनखेलको मंगलबजारमा पुगेका थियौं । सहयोगी मन र हातहरुको ओइरो लागेको देख्दा आफुलाई नेपाली भएकोमा यति गर्व लाग्यो, कि के भनौं ? चामलको बोरामा एकदुई वटा बियाँ त जहाँ पनि भेटिन्छन् । तर मनकारी प्रवृतिले ती केहि शंकालु नजर र असहयोगी प्रवृतिलाई उछिन्यो । एउटै पसलबाट पनि उल्लेख्य संख्यामा लत्ताकपडा र जुत्ताहरु उपलब्ध गराइदिने व्यवसायी दाइदिदीको सेवा भावप्रति नतमस्तक भयौं । जसमध्यमा पसलका साहु बाले केहि दिन नखोज्दा पनि आफ्नो "तलबबाट कटाउनु" भनेर सेनिटरी प्याडहरु सहयोग गर्ने कष्मेटिक सपकी बहिनी मनमै बसिन् ।
"आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।" यी शब्दहरु आज साँच्चै सार्थक लागिरहेछ । देशमा यस्तो विपत्ति परिरहेको बेलामा आफुले केहि गर्न नसकेको आत्मग्लानी पनि केहि हदसम्म कम भएको छ आज ।
जसले जहाँबाट जति सकिन्छ सहयोग गर्न अनुरोध छ ।
जय_देश ।
जय_नेपाली_मन ।

- शुश्मा खड्का

हजुरआमाको पुण्यतिथीको अवसरमा विहानीको भोजनसेवा
मानवसेवा आश्रम काठमाडौ ।
३०,श्रावण २०७४,गंगवु सामाखुसी
...............................................

सामाखुशी निवासी आदरणीय सहयोगी,मानवताप्रेमी र परोपकारी मनका धनी दिदि सुधा थापाज्युको हजुरआमाको पुण्यतिथीको अवसरमा मानवसेवा आश्रम काठमाडौमा शोभा वढाइरहनु हुने आमाबुबाहरुको लागि विहनीको भोजनसेवा प्रदान गर्नु भएको छ । स्वार्गिय हजुरआमा टिकादेवी थापाको आत्माको चिरशान्ति र वैकुण्ठ वासको कामनाको साथै स्वार्गिय आत्मा प्रति भावपुर्ण श्रदाञ्जली अर्पण गर्दछौ ।

मानविय सेवामा हामीलाई थप सहजता बनाइदिनु हुने आदरणिय दिदि सुधा थापाज्यु लगायत भगवती कुवंर, सजना अधिकारी, सैजिल केसी र अन्सुमन न्यौपानेज्युहरुको गरिमामय उपस्थिती रहेको थियो । सम्पुर्ण सहयोगी मनहरु प्रति हार्दिक  अभार प्रकट गर्दै सदैव सुख, शान्ति, आनन्दले खान पुगोस् र खुशीले यसरी नै दान गर्न पुगोस् ।

थप जानकारीको लागि :
मानवसेवा आश्रम, काठमाडौ ०१४३५७५६३,९८०९१७०९५९

बाढीपिडितको लागि सहयोगको अपिल 

चितवन समाज यूएई 

हाम्रो देशमा विगत केहि दिन देखि परिरहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोमा परि धेरै जनधनको क्षति हुन गएको छ। यतिबेला हाम्रो तराई क्षेत्र तथा पुर्बी चितवन, माडी, जगतपुर आदि क्षेत्र डुबानमा छ देश डुबिरहेका बेला हाम्रो काधमा एउटा जिम्मेवारी आएको छ हामी विदेशमा बस्ने नेपालीहरु सहयोगका लागि जुट्नु पर्ने बेला आएको छ तपाई हाम्रो सानो सहयोगले बिपत्तिमा परिरहेका पिडितहरुलाई ठुलो राहत अनि साहस मिल्न सक्छ हामीले बिपतमा परेका हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गर्नका लागि हातेमालो गरेका छौ ! आउनुहोस हामी सबैमिली डुबिरहेको र चोट ग्रस्त भएका मन हरुमा मलम लगाऊ ! यस विपतको घडीमा सबैमा धैर्यधारण गर्ने शक्ति रहोस् भन्ने कामना गर्दै चितवन समाज युएइको तर्फ बाट यो विपतमा सहयोग जुटाउनका लागी युएई मा कार्यरत सम्पूर्ण नेपाली हरु मा हार्दिक अपिल गर्दछौ !


चितवन समाज यु ए ई का अध्यक्ष श्री गणेश न्यौपानेको अध्यक्षतामा बाढी पिडित राहात कोश स्थापना गरि यस बिपतको घड़ीमा मन देखिनै सहयोग गर्ने उदेस्यले चितवन घर भाइ हाल रोजगारी लागि यु ए ई हुनु भएका दाजु -भाइ , दिदी बहिनीहरुले तिजको दरखाने कार्य्रकमको पुरा रकम बाढी पिडितलाई सहयोग गर्दै र राहत संकलन कार्यमा हातेमालो गर्न गराऊँन सबै साथी हरुमा हार्दिक अनुरोध गर्दछौ ।

सम्पर्क : - 

१. गणेश न्यौपाने - शारजा 

०५५-३१४९९५८ 

२. पर्शुराम घिमिरे  =अल कोज 

०५०१४४२५२० 

३. जगत क्षेत्री  - रसदिया दुबई 

०५६६०७०१३२ 

४. मदन अधिकारी - बरदुबई 

०५५२२०४०९९

सहयोगि हरुको नामावलि :

१. मदन अधिकारी = १११ दिराम

२. गणेश न्यौपाने = १०१ दिराम

३. अस्मिता भुसाल = ५१ दिराम

४. केशव अधिकारी = ५१ दिराम

५. तुल प्रसाद अधिकारी = ५१ दिराम

६. रामु पौडेल = ५५ दिराम

७. रमेश सुबेदी / सिता सुबेदी = ५५ दिराम

८. राम चन्द्र न्यौपाने = ५१ दिराम 

९. निरु गुरुङ्ग = १०० दिराम

१०. बिन्दु गिरी = ५१ दिराम

११. सुबीन कुमाल = ५१ दिराम

१२. प्रबिन बि. क = ५५ दिराम

१३. अरुण बाबु सुबेदी = ५५ दिराम

१४. जगत क्षेत्री = ५५ दिराम

१५. रोशन न्यौपाने = ५१ दिराम

१६. थाम प्रसाद सुबेदी = ५१ दिराम 

१७.पदमा छेत्री / रमेश क्षितिज् = ७५ दिराम 

१८. पुष्पराज पहत्तो = ५५ दिराम

१९. सानुमाया = १०१ दिराम 

२०. सहारा बचत कोष = ३६० दिराम

२१. उमा कडेल = ११० दिराम

२२. कृष्ण रसयाली = ५१ दिराम 

२३. भानुभक्त पौडेल = १०० दिराम 

२४. दिपक पौडेल = ५१ दिराम 

२५. सुन्दर जंग कुवर = ५१ दिराम 

२६. दिनेश बि के = ५१ दिराम 

२७.  रामचन्द्र परियार = ५५ दिराम 

२८. प्रकाश पराजुली = १११ दिराम 

२९. गोपाल बराइली = ६५ दिराम

३०. कला पंगेनी = १११ दिराम  

३१. सरु गुरुङ = १५१ दिराम (निरु गुरुङ)



प्राथी 

गणेश न्यौपाने  

अध्यक्ष

चितवन समाज युएई

Contact Form

Name

Email *

Message *

Powered by Blogger.