Latest Post

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
तराईमा बाढी पिडितहरुका लागि त्रिभुवन विश्व बिध्यालय अंग्रेजी, केन्द्रिय विभाग किर्तीपुरमा एम.ए. २०७४ मा अध्ययन गरिरहनु भएका बिध्यार्थीहरुको एक समुहले २० हजार ९ सय ५ रुपैया सहयोग प्रदान गर्नुभएको छ । यस अभियानमा जोडिनुभएकोमा सम्पुर्ण सहयोगी बिध्यार्थीहरुर्लाइ हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।

धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बिभिन्न स्थानमा रहेका बाढी पिडितहरुलाई राहत वितरण गरिरहँदा बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरु के लाने भनेर अन्योलमा हुनुहुन्छ भने तत्काललाई आवश्यक देखिएको लत्ता कपडा, सिरक डस्का, लाउने लुगा, म्याट, तन्ना, ब्ल्याङकेट, टर्च लाईट, पिडितहरु बाहिर बसिरहेका हुनाले झोल अन्य खानेकुराका सामाग्रीहरु, सबैतिर डुवान भएकाले खानेपानी सुद्धिकरण गर्ने उपकरण तथा खानेपानी, लगायत अन्य अति आवश्यक सामाग्रीहरु जुक्ता चप्पल समेत सहयोग गर्न सक्नुहुनेछ । हामीमार्फत सहयोग दिन चाहने सहयोगीहरुले फाउण्डेशनको सम्पर्क नम्बर ०१ ४४८१६२२ मा सम्पर्क गर्नुहोला । आर्थिक सहयोग गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६०१०३३९२००२० वा रेमिट्यान्स मार्फत ललितपुरको ठेगानामा कुन्जना घिमिरेको नाममा पठाउन सक्नुहुनेछ । कृपया सहयोग पठाईसकेपछि आफ्नो जानकारी पनि उपलब्ध गराईदिनुहोला ।
हामी तपाईहरुले दिनुभएको राहत सामाग्री पिडितहरुमाझ छिटो भन्दा छिटो पुर्याउने छौं । यस बिपदमा परेका तराई बासी नेपालीहरुको उद्धारका लागि सबै जुटौं र सकेको सहयोग गरौं ।

- धुर्मुस सुन्तली फाउन्डेसन 

फुकुआेका नेपाल सोसाईटी द्धारा आयोजीत ''तिज विशेष कार्यक्रम २०१७'' का लागी हामी जापान आईपुगीसकेका छौ !! यसपाली को तिज हाम्रो लागी विशेष रहने छ , मनोरन्जन मात्र हैन नेपाल मा भर्खरै गएको वाढीपहिरो ले ज्यान गुमाउनु भएका र घरवार विहीन हुनु भएका पिडित परिवारलाई  राहत उपलब्ध गराउने उद्देश्य का साथ हरेक कार्यक्रम वाट उठेको रकम को केहि प्रतिशत र हाम्रो पारिश्रमिक बाट केहि प्रतिशत गरी राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौ !!!
यो दुखद परिस्थिति मा साथ दिनुहुन सम्पुर्ण जापानवासी आदरणीय दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु !

- गायक: रमेश राज भट्टराई

Dear all 🙏Thank you so much for your donation to floods and landslide victims of Nepal . This morning we have sent 15768/ Kroner to DHURMUS SUNTALI FOUNDATION who are actively working in infected area at moment  . Your contribution is highly valued . #Appreciated 💙
We also want to inform that It was a emergency operation. We did as much as we can. So for now we have CLOSE this campaign . Much love and regards from
Team Shiva  🙏
हामीले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने ? भन्ने नाराका साथ नेपालमा बाढी पिडितहरुका लागि तत्काल राहतका लागी स्वीडेनवासी हामीले आफ्नै पहलमा नेपाली र लोकल साथीहरुबाट ४८ घण्टा भित्र १५ हजार ७ सय  ६८ क्रोनर सहयोग संकलन गरेका थियौ। सो रक़मबाट नेपाली रुपया ५०५००/ दिपिका जमकटेलको रोहवरमा तत्काल सप्तरी जानका लागी विभीन्न सामाग्री जुटाउन हिजै पठाइ सक्यौ। बॉकी रक़म नेपॉली रुपया १४५०५८/अक्षरेपी एक लाख पैतालीस हज़ार अन्ठाउन्न मात्र 😁
आजैका दिन धुर्मुस सुन्तली फ़ाउन्डेशनको रेन्टान्स सेक्सन कुन्जना घिमीरेको नाममा जम्मा गराएको रसीद सहीतको फ़ोटो तल हेर्नु हुन जानकारी गराउदछौ ।
यस अभियानमा जोडिनुभएकोमा स्वीडेनवासी सहयोगी मनहरुमा अन्तर ह्रिदय देखी नै नमन  सहित सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं । अन्तत यहॉहरुले हामी प्रति गरेको विस्वासको क़दर गर्दै आगामी दिनहरूमा पनी यसरी नै साथ रहीरहोस भन्दै आभार व्यक्त गर्न चॉहान्छौ र अब बाड़ी पिडितका लागी चंदा संकलन कार्य बन्द गरीएको घोषणा पनी गर्दछौ। सबैको जयहोस 🙏
भक्ति अर्याल / अशोक बब खड़का / दीप शर्मा
राज कुमार पाठक ( ओमसन )

- शिव कुमार चम्लागाई

Contact Form

Name

Email *

Message *

Powered by Blogger.