काक्रो साँधेर अचार बनाउने सजिलो तरिका। रिता गौतम
काक्रो साँधेर अचार बनाउने सजिलो तरिका।
आहा! मैयाँ कि दिदी हाम्री बैनी रिता गौतमले त दशैंको लागि हामिलाई एक बट्टा साँधेको काक्रोको अचार बनायर बनायर पठाउनुभयछ। कत्ती टेस्टी। धेरै धन्यबाद रिता बैनी।
बनाउने तरिका
छिप्पियको काक्रोको बिया सहित कमलो भाग फालेर काटेर 2-3 घन्टा घाममा सुकाउने , तेस्पछि जिरा धनियाँको धुलो,टिमुरको धुलो,सर्स्युंको धुलो,नुन,लामो गरेर दुई टुक्रापारेको हरियो खुर्सानि राख्ने, तोरिको तेलमा मेथी पढ्कायर बेसार हाल्ने र निकालेर सबै एकैठाउँमा मोल्ने,र बट्टामा राखेर घाममा राख्ने, एक हप्ता पछि मज्जाको अचार बन्छ अनि निकालेर सेलरोटी सँग टेस्टी अचारको स्वाद लिने
तस्बीर तथा जानकारी : रिता गौतम (मेरिबास्सै/खासखुस मैयाँकी दिदि) कृतिपुर
भिडियो लिंक https://youtu.be/o2rN6eIj7pM