Latest Post

हे शुद्ध चित्त , हे बुद्ध चित्त , हजुरको जय होस्   !

लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउने हेतु संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका सुशन तामांग , सुरेश प्रजा ,   सियोंन प्रजा तथा सितामाया प्रजालाई संयुक्त राज्य अमेरिकाको टेक्सासको  ड्यालस निवासी श्रद्धेय सुरेश पोख्रेल + अमर क्षेत्री लगायत उहाँहरुको परिवारले  अघिल्लो वर्ष देखिनै ४ जना बालबालिकाहरुलाई स्पोन्सर गर्दै आउनु भएकोमा उक्त अभियानलाई निरन्तरता दिंदै पुन: $२००० उपलब्ध गराउनु भएको छ ।
सँधै सत्कर्मद्वारा आफ्नो देश र समाजलाई योगदान पुर्याउनु हुने श्रद्धेय पोख्रेल तथा क्षेत्री परिवार प्रति हाम्रो उच्च सम्मान छ । हामीलाई विश्वास छ मानविय सेवामा समर्पित उहाँहरुको यो सहयोगले एक दिन देशले शिक्षित , परिस्कृत र सक्षम नागरिकहरु प्राप्त गर्ने छ भने कान्दा जस्ता देशका थुप्रै भूभागहरु रुपान्तरण हुँदै जानेछ , जसको प्रभाव समग्र राज्यमा देखिनेछ भन्ने विश्वास लिएका छौं ।
हामी  सबैको जय होस् ! 

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान , परिवार ।
http://www.laxmipratisthan.org/sponsor-a-child/

हे शुद्ध चित्त , हे बुद्ध चित्त , हजुरको जय होस् !

लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउने हेतुले संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका र " साथिका लागि साथी " कार्यक्रममा समावेस गरिएका मध्ये नर्सरी कक्षामा अध्ययनरत बिराज प्रजालाई संयुक्त राज्य अमेरिकाको टेक्सास स्थित ड्यालस निवासी श्रद्धेय अभानी कँडेल पाण्डेज्यूले आफ्ना छोरीहरु द्वय Sanatana + Ava Pandey को बाल  साथीको रुपमा स्वीकार गरी अभिभावकत्व प्रदान गर्दै उनलाई एक बर्षका लागि   उक्त छात्रावासमा खान , बस्न र पढ्नको लाग्ने रु ५०,०००. ०० उपलब्ध गराउनु भएको छ ।
सत्कर्मद्वारा आफ्नो देश र समाजलाई योगदान पुर्याउनु हुने श्रद्धेय पाण्डेज्यू प्रति हाम्रो उच्च सम्मान छ । हामीलाई विश्वास छ मानविय सेवामा समर्पित उहाँको यो सहयोगले विराजको रुपमा एक दिन देशले शिक्षाले परिष्कृत सक्षम व्यक्तित्व प्राप्त गर्ने छ । परिणामत: कान्दा जस्ता थुप्रै कन्दराहरु शुन्दर र समुन्नत हुँदै जानेछन् भन्ने विश्वासका साथ श्रद्धेय अभानीज्यू प्रति यो सहकर्यका लागि हार्दिक आभार व्यक्त गर्दछौं ।
हामी  सबै को जय होस् ! 

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ,परिवार ।

सुदुरपश्चिम् सेवा समाज को गौरा बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न

~मनिष बटाला दोहा कतार
शुक्रबार गल्फ प्याराडाइस होटेल मा सम्पन्न सुदुरपचिम सेवा समाज कतार को गौरा विशेष तथा दिश्रो बार्षिक उत्सब संस्थाका अध्यक्ष अमृत शाहिको सभापतित्व र नेपाली दूतावास का प्रथम सचिब  उत्तमराज जोशी ज्यु को प्रमुख अतिथ्यमा ६०० दर्शक र सयौ अतिथी को समु उपस्थित मा सम्म्पन्न भयो । दुताबास का दिर्तिय सचिव गायत्री पौडेल संस्थाका संरक्षक नरेन्द्र भाट ,एन आर एन अध्यक्ष  नवीन पोख्रेल,एन आर एन आइसिसी सद्स्य द्वय हंस राज ढकाल,बिनोद भट्टराई का साथ समाज सेबि बिमल सुवेदी ,सागर नेपाल,बिल गुरुङ ,चान्क पोख्रेल ज्यु बिषेस अतिथी हुनुहुन्थ्यो साथै विभिन्न विशिष्ट अतिथी हरु संघ स्स्थाका प्रमुख हरु अतिथी रहनु भय को सो कार्यक्रम मा गौरी माता को पुजा गरि दियो प्रज्वलन गरि प्रमुख अतिथी समापती बिशेश अतिथी ज्यु ले उदघाटन गर्नु भय को थियो विधि सम्बत तरिकाले गौरी मातालाइ घुमायर को कार्यक्रम मा दिपक बम ले स्वागत गित र बरिस्ठ उपाध्यक्ष सुरेन्द्र बिस्ट ज्यु ले स्वागत मन्तब्य राख्नु भयको थियो । कार्यक्रम संचालक प्रेम चलाउने ले शुभकामना मन्तब्य का साथ कार्यक्रम को उद्देश्य  बारे जानकारी गराउनु भयो यस्तै प्रथम उपाध्यक्ष परमाननद भट्ट ले गौरा पर्व को मौलिकता र धार्मिक सामाजिक र आर्थिक सांस्कृतिक पक्ष बारे स्पस्ट पारेको सो कार्यक्रम मा सुदुरपस्चिम का कलाकार हरु को बेजोड प्रस्तुती रहेको थियो। राम ब बोहरा र मुकेस पाल ले छलिया नाच प्रस्तुत गरेर सुदुर को वास्तविक मौलिकता को प्रदर्शन गरेका थिय।
रास्ट्रीय लोकदोहरी गायका देबिका केसि ले धामाकेदार प्रस्तुति दिदै दर्शक लाई उत्साह दिनु भयको सो कार्यक्रम मा जापान बाट आउनु भयका डेउडा गायक दिलेन्द्र जोशिले उपस्थित दर्शक लाई सुदुरपस्चिम मै भय को झल्को दिनु भयको सो कार्यक्रम मा नेपाल बाट आउनु भयकी लोक गित गायिका अनिता चलाउने ले आफ्नो सुरिलो स्वर बाट दर्शक लाई संगित को धुन मा सबैलाइ मन्त्र मुग्ध गरेकी थिइन । यसरी नेपाल बाट आयका रकपप गायक बादल थापाले दर्शक लाई धेरै मनोरंजन दियको सो कार्यक्रम का प्रमुख आकर्षक रहेका टंक तिमिल्सिना ले दर्शक लाई नचाउदै सो कार्यक्रम को माहोल लाई परिबर्तन गरेका थिय दर्शक लाई नचाउन सिपालु गायक तिमिल्सिना कतार मा बसेका  युबाहरु को ढुकढुकी नै बन्न सफल भय।
यसरी दोहाका चिर परिचित गायक रेशम परियार ,सरद पाण्ड्ये , (सुप का स्थानिय कलाकार को नाम लेख्नु) हरु ले पनि धामाकेदार प्रस्तुती दिनु भयको सो कार्यक्रम मा एन आर एन अध्यक्ष नवीन पोख्रेल ,महिला समाज कि अध्यक्ष सुस्मिता भुषाल ,पाल्पाली समाज का अध्यक्ष ईश्वर काफ्ले संस्थाका संरक्षक नरेन्द्र भाट र प्रमुख अतिथी ज्यु ले शुभकामना मन्ब्य दिदै सुप को संस्कृति को खुब प्रशंसा गर्दै कार्यक्रम सभ्य र भब्य रुपमा सफल भय को घोषणा गर्नु भयको थियो।
संस्थाका सचिब गणेश तिरुवा ले सन्चालन गरेको सो कार्यक्रम सभापति अमृत शाही ले सबैलाइ धन्यवाद का साथ गौरा पर्व को निरंतरता र नेपाली स्स्कृती को जगेर्नाको लागि सुप समाज लागि सदैब लागि पर्ने बताउदै कार्यक्रम को समापन गर्नु भयको थियो।

आयोजक
सुप समाज परिवार कतार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.