Latest Post

बाँके प्रबासी सेवा समाज कतार बाट क्यान्सर  पीडित  लाई   रू ३१३६० सहयोग

नेपालगन्ज महानगर पालिका वार्ड न. १० हालको वार्ड न. ८ अन्तरगत पर्ने ब्रामाहकुमारी इस्वरिय बिश्व बिधालय राजयोग क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगन्जले बिगत २७ बर्ष देखि आध्यात्मिक मार्गमा सेवा गरि रहेको र उक्त सस्थामा बिगत 20 बर्ष देखि सम्मलित भइ सेवा गरि राख्नु भएकी ब्रामाह्कुमारी इन्दिरा सुबेदि हाल १ बर्ष देखि क्यान्सर रोग बाट पीडित भएको र निजको निरन्तर औसधि उपचार गरि राख्नु पर्ने भइ आर्थिक ब्यबस्थामा कठिनाइ भैरहेकाले क्यान्सर पीडित इन्दिरा सुवेदी लाई बाके प्रवासी सेवा समाज कतारले  उपचारार्थ पठाइएको सो रकम  रू  ३१३६० ( अक्षरुपि एकतिस हजार तीन सय साठी ) रुपैया सस्थाका बरिस्ठ  सल्लाहकार दुर्गा ब. खडका ज्यु  बाट  हस्तान्तरण गरियो उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दछौ ।

बाँके प्रवासी सेवा समाज कतार

हे शुद्ध चित्त , हे बुद्ध चित्त , हजुरको जय होस्   !

लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउने हेतु संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका सुशन तामांग , सुरेश प्रजा ,   सियोंन प्रजा तथा सितामाया प्रजालाई संयुक्त राज्य अमेरिकाको टेक्सासको  ड्यालस निवासी श्रद्धेय सुरेश पोख्रेल + अमर क्षेत्री लगायत उहाँहरुको परिवारले  अघिल्लो वर्ष देखिनै ४ जना बालबालिकाहरुलाई स्पोन्सर गर्दै आउनु भएकोमा उक्त अभियानलाई निरन्तरता दिंदै पुन: $२००० उपलब्ध गराउनु भएको छ ।
सँधै सत्कर्मद्वारा आफ्नो देश र समाजलाई योगदान पुर्याउनु हुने श्रद्धेय पोख्रेल तथा क्षेत्री परिवार प्रति हाम्रो उच्च सम्मान छ । हामीलाई विश्वास छ मानविय सेवामा समर्पित उहाँहरुको यो सहयोगले एक दिन देशले शिक्षित , परिस्कृत र सक्षम नागरिकहरु प्राप्त गर्ने छ भने कान्दा जस्ता देशका थुप्रै भूभागहरु रुपान्तरण हुँदै जानेछ , जसको प्रभाव समग्र राज्यमा देखिनेछ भन्ने विश्वास लिएका छौं ।
हामी  सबैको जय होस् ! 

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान , परिवार ।
http://www.laxmipratisthan.org/sponsor-a-child/

हे शुद्ध चित्त , हे बुद्ध चित्त , हजुरको जय होस् !

लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउने हेतुले संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका र " साथिका लागि साथी " कार्यक्रममा समावेस गरिएका मध्ये नर्सरी कक्षामा अध्ययनरत बिराज प्रजालाई संयुक्त राज्य अमेरिकाको टेक्सास स्थित ड्यालस निवासी श्रद्धेय अभानी कँडेल पाण्डेज्यूले आफ्ना छोरीहरु द्वय Sanatana + Ava Pandey को बाल  साथीको रुपमा स्वीकार गरी अभिभावकत्व प्रदान गर्दै उनलाई एक बर्षका लागि   उक्त छात्रावासमा खान , बस्न र पढ्नको लाग्ने रु ५०,०००. ०० उपलब्ध गराउनु भएको छ ।
सत्कर्मद्वारा आफ्नो देश र समाजलाई योगदान पुर्याउनु हुने श्रद्धेय पाण्डेज्यू प्रति हाम्रो उच्च सम्मान छ । हामीलाई विश्वास छ मानविय सेवामा समर्पित उहाँको यो सहयोगले विराजको रुपमा एक दिन देशले शिक्षाले परिष्कृत सक्षम व्यक्तित्व प्राप्त गर्ने छ । परिणामत: कान्दा जस्ता थुप्रै कन्दराहरु शुन्दर र समुन्नत हुँदै जानेछन् भन्ने विश्वासका साथ श्रद्धेय अभानीज्यू प्रति यो सहकर्यका लागि हार्दिक आभार व्यक्त गर्दछौं ।
हामी  सबै को जय होस् ! 

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ,परिवार ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.