Latest Post

यस बैचारिक संगठन प्रवासी नेपाली मंच बहराइन ले बिगतका बर्षहरु जस्तै यस बर्श पनि बडा दशैं ,शुभदिपावली तथा छट पर्बको अबसर पारेर आफ्नो धर्मसंस्कृती ,चाडपर्ब ,रितिरिवाज र परम्पराहरुलाइ स्मरण ,संरक्षण ,सम्बर्द्धनका  साथ जोगाउदै लाने उदेश्यका साथ बहराइनमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनिहरु माझ "तिहार बिशेष कार्यक्रम " देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हुदा बहराइन स्थापित सम्पुर्ण संघसंस्था ,संगठन,पत्रकार,कलाकार,ब्यबसायिक,बुद्धिजिबी तथा सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनिहरुमा जानकारी गराउदै उक्त दिन उपस्थित हुन  हार्दिक निमन्त्रणा गर्दछौ।धन्यवाद ।

आयोजक :
प्रबासी नेपाली मन्च बहराइन
स्थान : डेलमन ईन्टरनेशनल होटेल मनमा
समय : दिउँसो 2बजे देखी
मिति : 20 अक्टोबर 2017
प्रवेश शुल्क : मात्र 1 दिनार

बाढीपिडितको लागि मगर संघ मलेसियाको सहयोग !

नेपाल मगर संघको वैदेशिक शाखा मलेसियाले बाढी पिडितहरुलाई राहतसहयोगका संग्कलन गरि सम्बन्धित क्षेत्रमा पुर्याउनका लागि नेपाल मगर संघ केन्द्रीय कार्यालयको बैक खातामा रु. ८९,८७४.४४/- (उनानब्बे हजार आठ सय चाहत्वर रुपैया चौवालिस पैसा मात्र) रकम  आज (२०७४ अशोज १ गते) डिपोजिट गर्नुभएको हो । नेपाल मगर संघ मलेसियाको अध्यक्ष पुश्मिता ठाडामगर लगायत सम्पूर्ण मलेसिया निवासी सहयोगी मन भएका मानुभावहरुलाई नेपाल मगर संघ केन्द्रिय समिति आभार ब्यक्त गर्दछ।
---
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति काठमाडौँ

पोखरेली युवा साँस्कृतिक परिवार पोखराद्वारा आयोजित " समता काब्य सन्ध्या " यस वर्ष पच्चिसौं वर्षमा हिडिरहेको अवसरमा हामीले यो वर्षलाई रजत वर्षको  रुपमा मनाइरहेका छौं । समता काब्य सन्ध्याको अबको २९३औं श्रीङ्खलामा "समता काब्य सन्ध्या रजत वर्ष सम्मान-२०७४" बाट  साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्न लागिरहेका छौं। उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिकोलागि हार्दिक निमन्त्रणा  गर्दछौं।

समता काब्य सन्ध्या रजत वर्ष सम्मान -२०७४ बाट सम्मानित स्रष्टाहरु
तेजनाथ  घिमिरे
रमेशचन्द्र अधिकारी
लक्ष्मण थापा
रोशन शेरचन
सरस्वती श्रेष्ठ सरु
ईश्वरमणि अधिकारी
रमेशचन्द्र घिमिरे
शरण आँसु
डा बसन्त  गौतम
डा चैतन्य अधिकारी
भूपिन
राजकुमार बगर
जीवन सागर
सरस्वती प्रतीक्षा ।

कार्यक्रम हुने-
मिति - २०७४ असोज ७ गते शनिबार
समय दिउँसो ४ बजे
स्थान - पोखरा उधोग वाणिज्य सँघ , अमृत कक्ष गैह्रापाटन पोखरा ।

- दिपक समिप

Contact Form

Name

Email *

Message *

Powered by Blogger.