Latest Post

मुक्तक

रातो चोली बुट्टे साडी लाउने रहर छ आमा
साथी संगी भेला गरी गाउने रहर छ आमा
सात समुन्द्र पारी छु आसुंको पोखरीमा
तिजको दर खान आउने रहर छ आमा

रेखा पन्त,गोर्खा हाल इजरायल

तिजको गजल
(सादा जीबन उच्च विचार)

गजल लेखिका, रेखा पन्त

सारी संगै चोली लाउनु तीजमा दिदीबैनी
पर्दैन भो सुन देखाउनु तीजमा दिदीबैनी

बर्ष भरी गुम्सिएको मनको पिर व्यथा
फुकाएर गीतमा  गाउनु तीजमा दिदीबैनी

संगी साथी भेला गरी कम्मर भांची भांची
नाच्नु अनि नचाउनु तीजमा दिदीबैनी

आँसु संग पैसा साट्दै स्वामी प्रबासमा
दिलमा उनै सजाउनु तीजमा दिदीबैनी

आलु तामा बोडी अनि करेलीको अचार
अनदीको दर पकाउनु तीजमा दिदीबैनी

सारा सृष्टी जम्छ जब नारी तिम्ले चाहे
जे जस्तो छ रमाउनु, तीजमा दिदीबैनी

रेखा पन्त
( गोर्खा )
हाल इजरायल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.