Latest Post

किन पलायन हुँदैछन् नारायण श्रेष्ठ र प्रेम बानियाँहरु
गोर्खा रेडियो लाइभ सुन्नुहोस । www.gurkharadio.com

-नरेन्द्र बस्नेत,लन्डन,

नेपालीमा एउटा भनाइ छ ” बुढी त मरी मरी काल पल्क्यो भन्ने डर” हो वास्तवमा हिजो नारायण श्रेष्ठ पलायन भए आज प्रेम बानियाँ अनि भोलि रविन्द्र मिश्र, विद्या चापागाईं भुषण दाहाल, दिलभूषण पाठकहरु पनि पलायन हुन् के बेर ? मानिसको जीवनमा परिस्थिति अनुरुप विभिन्न चरणहरु आउने गर्दछन र ति चरणहरुका आ-आफ्नै मूल्य र मान्यताहरु हुने गर्दछन । शुरुमा स्थान चाहिन्छ त्यसपछि इज्जत,मान,प्रतिष्ठा अनि आर्थिक सम्पन्नता । हुन त् भन्ने गरिन्छ इज्जत र प्रतिष्ठाको अगाडी धन सम्पति नगन्य हुन्छ, हुन् सक्ला मूल्य र मान्यताका अगाडी नगन्य होला तर आफ्नो घर परिवार र समाजका अगाडी एकदिन महशुस हुन्छ कि अब भने इज्जत, मान ,सम्मान र प्रतिष्ठाले मात्र नहुदो रहेछ भनेर, अनि त्यसपछि बाध्य भएर रहरले हैन करले नचाहँदा नचाहँदै त्यसको विकल्प खोज्न बाध्य हुनुपर्दछ । यहाँ नारायण श्रेष्ठ र प्रेम बानियाको मात्र कुरा गरिएको हैन , थुप्रै नारायण श्रेष्ठ अनि प्रेम बानियाँहरुको बारेमा भन्न खोजिएको हो , बरु अहिलेको ताजा प्रसङ्ग पत्रकारिता क्षेत्रको मात्र प्रसङ्ग कोट्याउन खोजेको भने पक्कै हो । हुन् सक्छ उनीहरु पलायन नभई आफूलाई अझ प्रखर र धुरन्धार बनाउने अभिलाषाहरु लिएर शैक्षिक योग्यता हाँसिल गर्ने उद्देश्यले पनि गएका हुन सक्छन, तर स्वदेशको तुलनामा त्यहाँ पाइने बिभिन्न सुख सुबिधा र सम्पन्नताले गर्दा पक्कै पनि मन दोधार पर्न सक्छ । हो उनीहरुले नेपालको लागि वर्षौंसम्म थुप्रै योगदानहरु दिएका छन् । आफ्नो खुबी र प्रस्तुति देखाएर थुप्रै दर्शक स्रोताहरु बटुलेका छन् उनीहरुले, आफूले पाउने माया, ममता र हौसलामा कुनै कमि थिएन होला । तर त्यसको प्रतिफलमा उनीहरुले देशबाट केहि पाए कि पाएनन् त ? सायद मलाई लाग्छ यदि यो प्रश्नको सहि उत्तर आउने र पाउने हो भने पक्कै पनि देशमा अहिले कैयौं नारायण श्रेष्ठ र प्रेम बानियाँहरुको कमि हुने थिएन । यहाँ त खाई नखाई अनि अरुसंग गुहार मागेर आफ्नो प्रतिभाको प्रदर्शन गरेर देशको इज्जत बढाउनुपरेको छ । विदेशी मुलुकले चिन्न सक्छ तर आफ्नो देशले चिन्न सक्दैन । यहाँ सरकारद्वारा प्रतिभाशाली व्यक्तित्वहरुको कुनै लेखाजोखा हुदैन बरु हुन्छ त केवल व्यक्ति र समाजबाट । यहाँ देशको लागि केहि गर्छु भन्नेहरुका लागि भन्दा देशका लागि केहि गर्नु पर्दैन भन्नेहरुले बढी अवसर पाउने गर्दछन जुन कुरा प्राय सबै क्षेत्रमा लागू हुने गर्दछ । यहाँ देशको लागि मर्नेहरु हैन देशलाई मार्न खोज्नेहरु शहिद बन्ने गर्छन । तसर्थ जबसम्म सरकारले रास्ट्रिय प्रतिभाको सम्मान गर्दैन र दुरदर्शिता अपनाउदैन तबसम्म राष्ट्रिय स्वाभिमानले मात्र व्यक्तिगत सम्मानलाई जोगाउन पकै गाह्रो पर्नेछ । जबसम्म देश र सरकारले कुनैपनि क्षेत्रका महान व्यक्तित्व र प्रतिभाशील व्यक्तित्वको सम्मान गर्न सक्तैनन तबसम्म यस्ता थुप्रै प्रतिभाहरु चामलसंग पिठो साटे झैं साट्न बाध्य हुनुपर्ने छ । राम्रालाई हैन हाम्रालाई अनि बुद्धिलाई हैन बललाई मात्र प्रश्रय दिदैं जाने हो भने भ्रष्टाचार, लुटपिट र आन्दोलन जस्ता कार्यहरुको लागि नेपाल पक्कै पनि सक्षम बन्दै जानेछ । चाहे जुनसुकै क्षेत्रबाट किन नहोस देश र जनताको लागि कसैले केहि गरेको छ भने उसलाई सरकारबाट हौसला, प्रेरणा, सहयोग र सुविधा प्रदान गर्न सक्नुपर्दछ । त्यत्ति मात्र हैन उसलाई त्यस सम्बन्धि अझ बढी तालिम र विकासको अवसर प्रदान गर्न सक्नुपर्छ । थुप्रै सामाजिक कार्य गर्ने हरु छन्, सडकमा फालिएका बालबालिका देखि लम्पसार परेका बुढाबुढीहरुलाई टिपेर लगेर उनीहरुको स्याहार सुशार गर्ने थुप्रै समाजसेवीहरु व्यक्तिगत पहलमा अघि बढिरहेका छन् । उनीहरुको वास्तविकता पहिचान गरि आवश्यक सरसल्लाह तथा सुझाव दिन सकेमा सरकारका नजरमा नपरेका थुप्रै बेवारिसे जीवनहरुले मानवियताको महशुस गर्न पाउनेछन । यदि सरकारले बेलैमा यसतर्फ आवश्यक कदम नचाल्ने हो भने अशिक्षित र सोझासाझा जनता नेताहरुको भाषणमा आल्मल्लिरहने छन् भने शिक्षित र टाठाबाठाहरु दैनिक रुपमा पलायन हुनु शिवाय कुनै बिकल्प रहने छैन ।

साभार :- www.gurkharadio.com बाट
https://www.facebook.com/gorkharadio/
गोर्खा अनलाईन रेडियो,बेलायत।



सादर निमन्त्रणा !  सादर निमन्त्रणा !! सादर निमन्त्रणा !!!

सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय तथा मानसिक असन्तुलनका सिकार भएका सहयोगापेक्षी मानवहरुको  सेवामा जुटेको यस मानवसेवा आश्रमले मानवसेवा आश्रम  काठमाडौं शाखामा तपशिलको मिति, स्थान र समयमा दशैं विशेष शुभकामना आदन प्रदान तथा डकुमेन्ट्री हेर्ने कार्यक्रम आयोजना गर्न लागेकोले मानवसेवा आश्रमका सम्पुर्ण शुभेच्कछुक, सहयोगी, अभिभावक, तथा सम्पुर्ण मानवीयताका पक्षधर परोपकारी माहानुभाहरुको गरीमामय उपस्थितीको लागि सादर निमन्त्रणा गर्दछौं ।

कार्यक्रम हुने स्थान : मानवसेवा आश्रम, काठमाडौं, गोङ्गबु आवाश क्षेत्र, आवास मार्ग–५, स्वीमीङ्ग पुलबाट एक घर उत्तर
समय : दिनको ०३ः ३० बजे
मिति : २०७३/०६/२१ गते शुक्रकार
थप जानकारीको लागि :
मानवसेवा आश्रम : शाखा कार्यालय, काठमाडौं, नेपाल
सम्पर्क : ०१४३५७५६३, ९८५१११२४७०, ९८४५१६१५१५१, ९८४९०९६०७५

प्रबास को भुमी मा सबै  थोक छन।साहित्य,कला ,गला हरु प्रबासी भुमी मै गुन्जिरहेका छन।त्यस्तै लेखक तथा समाचार दाता लक्ष्मण रसाइली का प्रबास बाट पाँच गजल यस्ता रहेका छन।प्रबासी भुमी मा पीडित प्रबासीका सारथि रसाइली साहित्य तिर पनि कलम चलाउदै छन ।
प्रदेशी को रैबारे रसाइली का पाँच गजलहरु                   
        
                 जीवन साथि
   मायाले पिरोल्यो प्रियसि बन्छ्यौ कि,
मनमनै मन पराय हिर्दयकी रानी बन्छ्यौ कि।
मलाई नै माया गर लाखौ जुनि सम्म,
मेरो नयन को नानी बन्छ्यौ कि।
सब थोकको बहुमुल्य चाहियो मलाई ,
माया नै मायाको खानी बन्छ्यौ कि।
मायाको महल बनाई बस्ने रहर,
सजावट को जिन्दगी बन्छ्यौ कि।
तिम्रो त्यो कोमल नजर अरुलाइ नभयर,
मेरो जीवन संगीनि बन्छ्यौ कि।।
                     लक्ष्मण रसाइली :समर्पन:
               गजल
              त्यो माया
शरद रितुमा झरिजाने पलम कस्तो हो,
ढुङ्गा भन्दा सार्हो तिम्रो मन कस्तो हो।
माया के हो,प्रेम के हो,धोका के हो,
दुश्मनी मा परिनत हुने यो संसार कस्तो हो।
हरेक कुर गरि मिलन चौतारिमा,
हसायर रुवाउने तिम्रो माथ कस्तो हो।
एकै क्षण मात्र रमितामा भुलायर,
धोका दिने पापिनी माथ कस्तो हो।
यो एल:आर संग नाता जोडी नभयर,
पराइ संग रमाउने साथ कस्तो हो।
             गजल
         ✋ तिम्रो धोका
तिमी भन्दा अझै सुन्दरी पाउछु मैले,
पाउ भय जुत्ताहरु हजार लाउछु मैले।
जिन्दगी मा नसोचेकै युद्द हुदा पनि,
खुसी रहि अझै हजार गित गाउछु मैले,
तिमी संगका पलहरु लाई थन्काएर,
पहाड देखि मधेश सम्म हजार पाइला धाउछु मैले।
तिमिले नचाहेको  मेरो मुटु थियो,
जिन्दगिको सरगम यात्रा टल्काउनु छ मैले।
          गजल
            माया पिरति
सुनको गन्ध मा फलामको को के काम  होला,
माया पिरतिको सामु धोकेबाजको के काम होला।
त्यसैले हिराको बास्ना मा सुनको गन्ध सुहाउछ,
तर रुनेका सामु खुशिको के काम होला,
झक्मकियको फुलमा भमरा भन्भनाउछ,
मिलन सामु धोकेबाजको के काम होला।
मायाका ब्यापारि संग फस्ने हरु,
पैसा र स्वार्थको के काम होला।
           माया पिरती को सामु धोकेबाजको के काम होला
       प्रेम को खोजि
तिर्खा लाग्यो सार्है पानीको खोजिमा छु,
आजभोली म त नाना को खोजिमा छु।
सदैब दुख कै महशुस  मा हराउने,
एकदिन एश आरामको खोजिमा छु।
यो रमाइलो जिन्दगी को बगैचा मा,
मिठो बास्ना दिने फुल को खोजिमा छु।
     निष्टुरि का याद मा सपनाहरू कोरकार गरि,
चिट्ठी बनाय,खाम को खोजिमा छु।
         लक्ष्मण रसाइली "समर्पण "प्रदेशी को रैबारे।
            बि:एड प्रथम बर्ष
               जाजरकोट
            हाल:कतार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.